3 days ago
March 28, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान)ले अष्ट्रेलियन प्रशिक्षक स्टुआर्ट ललाई दुई वर्षका लागि नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकको रूपमा नियुक्त गरेको छ ।
संघको शुक्रबार भैरहवामा बसेको केन्द्रीय कार्यसमिति बैठकले प्रशिक्षक नियुक्तिको निर्णय गरेको हो । मार्चको अन्त्यदेखि सम्झौता लागु हुनेछ । तर के कति रकममा अनुबन्ध गराइएको विषयलाई सार्वजनिक नगरिने क्यानका प्रवक्ता छुम्बी लामाले बताए । उनी एक देखि डेढ साता्ा नेपाल आइपुग्ने पनि लामाले जानकारी दिए ।
ल अष्ट्रेलियाका पूर्व क्रिकेटर हुन् । खेल जीवनमा उत्कृष्ट ब्याट्सम्यानका रूपमा पहिचान उनले बनाएका थिए । सन् १९६८ अक्टोबर १८ मा ब्रिस्बेनमा जन्मेका लले घरेलु क्रिकेटमा क्विन्सल्याण्डबाट खेलेका थिए । उनले अष्ट्रेलियाको राष्ट्रिय टिमबाट सन् १९९५ मा एक टेस्ट खेल खेलेका थिए ।
सन् १९९४ देखि १९९९ सम्म ५४ एकदिवसीय खेल खेलेको अनुभव पनि छ । उनले अष्ट्रेलियाली घरेलु क्रिकेटमा क्विन्सल्याण्डको सफलतामा ठूलो योगदान दिएका थिए । स्टुआर्टले इङ्ल्याण्डको काउन्टी क्रिकेट पनि खेलेका थिए ।
खेल जीवनपछि प्रशिक्षकको भूमिकामा प्रवेश गरेका उनले टेष्ट राष्ट्र बङ्गलादेशको टिमको मुख्य प्रशिक्षकको जिम्मेवारी सन् २०११ देखि २०१२ सम्म निभाएका थिए । त्यसपछि उनले वेस्ट इन्डिज, अफगानिस्तान, श्रीलङ्का जस्ता क्रिकेटका ठुला राष्ट्रको लागि प्रशिक्षक तथा ब्याटिङ सल्लाहकारको भूमिकामा समेत काम गरेका थिए । युवा खेलाडीलाई दक्ष बनाउने क्षमताका कारण उनी एक सफल प्रशिक्षकका रूपमा चिनिन्छन् ।
फाल्गुण १८ गते पूर्व प्रशिक्षक मोन्टी देसाईको सम्झौता नविकरण नगरेपछि मुख्य प्रशिक्षकको स्थान खाली रहेको थियो । क्यानले प्रशिक्षकको लागि खुल्ला गरेको आव्हानमा ७० प्रशिक्षकले आवेदन दिएको क्यानले जनाएको थियो । जसमध्ये सर्ट लिस्टमा १० जना रहेका थिए ।
आईसिसी विश्व कप लिग -२ मा नेपाल निकै कठिन अवस्थामा रहेको छ । स्टुआर्टलाई सुरूवातमा नै ठुलो चुनौती रहनेछ ।
March 31, 2025
एजेन्सी – मुम्बई इण्डियन्सले इण्डियन प्रिमियर लिग (आइपिएल) २०२५ मा पहिलो जित हासिल गरेको छ । मुम्बईले सोमवार कोलकता नाइट राइडर्सलाई ८ विकेटले हराएको छ । १ सय १७ रनको लक्ष्य मुम्बईले १२.५ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो । मुम्बईको जितमा ओपनर रायन रिकल्टनले ४१ बलमा ४ चौका र ५ छक्काको सहयोगमा सर्वाधिक ६२ […]
March 31, 2025
एजेन्सी – मुम्बई इण्डियन्सको घातक बलिङले कोलकाता नाइटराइटर्स इण्डियन प्रिमियर लिग(आइपिएल) मा सस्तैमा समेटिएको छ । मुम्बईको घरेलु मैदानमा जारी खेलमा कोलकाता १ सय १६ रनमा समेटिएको हो । वान्खडेमा टस हारेर ब्याटिङको निम्तो पाएको कोलकाता १६.२ ओभरमा १ सय १६ रन बनाउँदै अल आउट भयो । कोलकाताका लागि अंगकृष्ण रघुवंशीले १६ बलमा ३ चौका […]
March 31, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग(आइपिएल) मा आज मुम्बई इण्डियन्स र कोलकाता नाइट राइडर्स खेल्दैछन् । मुम्बईको घरेलु मैदान वान्खडे अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा खेल नेपाली समय अनुसार राति ७ः४५ बजे सुरु हुनेछ। दुवै टोलीको यो तेस्रो खेल हो । कोलकाता २ खेलमा १ जित र १ हारका साथ अंक तालिकाको छैंटौं स्थानमा छ । रोयल च्यालेन्जर्स […]