3 days ago
March 28, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग(आइपिएल) मा चेन्नई सुपर किंग्सले रोयल च्यालेन्जर्स बेंगलुरुविरुद्ध टस जितेको छ ।
घरेलु मैदान एमए चितम्बरम अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा चेन्नईका कप्तान ऋतुराज गायकवाडले टस जितेर बलिङ रोजेका हुन् ।
दुवै टोलीले जितबाट आइपिएलको सुरुवात गरेका थिए।बेंगलुरुले कोलकाता नाइटराईडर्सलाई र चेन्नईले मुम्बई इण्डियन्सलाई हराएको थियो ।
सन् २००८ मा भएको आइपिएलको पहिलो संस्करणमा बाहेक बेंगलरुले चेपकमा कुनै खेल जितेको छैन।
चेन्नई र बेंगलुरुबीच हालसम्म ३३ खेल भएको छ । जसमा २१ पटक चेन्नइ र ११ पटक बेंगलुरु विजयी भएको थियो । १ खेल विना नतिजा कै सकिएको थियो ।
March 31, 2025
एजेन्सी – मुम्बई इण्डियन्सले इण्डियन प्रिमियर लिग (आइपिएल) २०२५ मा पहिलो जित हासिल गरेको छ । मुम्बईले सोमवार कोलकता नाइट राइडर्सलाई ८ विकेटले हराएको छ । १ सय १७ रनको लक्ष्य मुम्बईले १२.५ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो । मुम्बईको जितमा ओपनर रायन रिकल्टनले ४१ बलमा ४ चौका र ५ छक्काको सहयोगमा सर्वाधिक ६२ […]
March 31, 2025
एजेन्सी – मुम्बई इण्डियन्सको घातक बलिङले कोलकाता नाइटराइटर्स इण्डियन प्रिमियर लिग(आइपिएल) मा सस्तैमा समेटिएको छ । मुम्बईको घरेलु मैदानमा जारी खेलमा कोलकाता १ सय १६ रनमा समेटिएको हो । वान्खडेमा टस हारेर ब्याटिङको निम्तो पाएको कोलकाता १६.२ ओभरमा १ सय १६ रन बनाउँदै अल आउट भयो । कोलकाताका लागि अंगकृष्ण रघुवंशीले १६ बलमा ३ चौका […]
March 31, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग(आइपिएल) मा आज मुम्बई इण्डियन्स र कोलकाता नाइट राइडर्स खेल्दैछन् । मुम्बईको घरेलु मैदान वान्खडे अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा खेल नेपाली समय अनुसार राति ७ः४५ बजे सुरु हुनेछ। दुवै टोलीको यो तेस्रो खेल हो । कोलकाता २ खेलमा १ जित र १ हारका साथ अंक तालिकाको छैंटौं स्थानमा छ । रोयल च्यालेन्जर्स […]