1 month ago
March 28, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा आज रोयल च्यालेन्जर्स बेंगलुरु र चेन्नई सुपर किंग्सबिच खेल हुँदैछ ।
चेन्नईको घरेलु मैदान एमए चिदम्बरम अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम चेपकमा खेल नेपाली समयअनुसार राति ७ः४५ बजे सुरु हुनेछ।हुदैछ । दुवै टोलीले जितबाट आइपिएलको सुरुवात गरेका थिए।
बेंगलुरुले कोलकाता नाइटराईडर्सलाई त चेन्नईले मुम्बई इण्डियन्सलाई हराएको थियो थियो । सन् २००८ मा भएको आइपिएलको पहिलो संस्करणमा बाहेक बेंगलरुले चेपकमा कुनै खेल जितेको छैन।
चेन्नई र बेंगलुरुबीच हालसम्म ३३ खेल भएको छ । जसमा २१ पटक चेन्नइ र ११ पटक बेंगलुरु विजयी भएको थियो । १ खेल विना नतिजा कै सकिएको थियो ।
चेपकमा बेंगलुरुले खेल जित्दा कप्तान राहुल द्रविड थिए । त्यो खेलमा राहुलले ३९ बलमा ४७ रनको इनिङ्स खेलेका थिए ।
बेंगलुरुका लागि अनिल कुम्बले ३, डेल स्टेनले २ र प्रवीण कुमारको उत्कृष्ट प्रदर्शनपछि चेन्नईलाई १४ रनले हराएको थियो ।
भारतीय क्रिकेट टोलीका पूर्व कप्तान महेन्द्र सिंह धोनी र विराट कोहलीले आज एकअर्काको सामना गर्दैछन्। आ आफ्नो टोलीलाई नेतृत्व समेत गरिसकेका धोनी चेन्नईका पनि सफल कप्तान हुन् । कोहलीले बेंगलुरुबाहेक अन्तबाट आइपिएल खेलका छैनन्।
April 30, 2025
भुपेन्द्र जि.सी. अष्ट्रेलियाका पूर्व क्रिकेटर स्टुअर्ट लको मुख्य प्रशिक्षणमा घरेलु टोली अमेरिकाले आईसीसी टी-२० विश्वकप २०२४ मा पाकिस्तानलाई सुपर ओभरमा स्तब्ध पार्दै विश्व क्रिकेटमै सनसनी मच्चायो । त्यसको केही दिन अघि ह्युस्टनमा अर्को टेस्ट राष्ट्र बंगलादेशलाई तीन खेलको सिरिजमा २-१ ले हराएको थियो । अप्रिलमा मुख्य प्रशिक्षक बनेका उनले छोटो समयमा सकारात्मक परिवर्तन ल्याएपछि अमेरिकाले […]
April 30, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा कोलकाता नाइट राइडर्सले दिल्ली क्यापिटल्सलाई १४ रनले हराउँदै चौथो जित हात पारेको छ। जितको लागि २ सय ५ रनको लक्ष्य पछाएको दिल्ली २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ९० रनमा समेटियो।फाफ डु प्लेसिसले सर्वाधिक ६२ रन बनाए। उनले ४५ बलमा ७ चौका र २ छकमका प्रहार गरे। […]
April 29, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा कोलकाता नाइट राइडर्सले दिल्ली क्यापिटल्सलाई जितको लागि २ सय ५ रनको लक्ष्य दिएको छ। अरुण जैटली स्टेडियममा दिल्लीले टस जितेर फिल्डिङ रोज्यो। कोलकाताले २० ओभरमा ९ विकेट गुमाउँदै २ सय ४ रन बनायो। कोलकाताले सन्तोषजनक सुरुवात गर्यो। पहिलो पावर प्लेमा १ विकेट गुमाउँदै ७९ रन जोड्यो। ओपनर रहमानुल्लाह […]