4 days ago
March 27, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग(आइपिएल) मा लखनउ सुपर जायन्ट्सले सनराइजर्स हैदराबादविरुद्ध टस जितेको छ ।
हैदराबादको घरेलु मैदान राजिब गान्धि क्रिकेट स्टेडियममा लखनउका कप्तान ऋषभ पन्तले टस जितेर बलिङ रोजेका हुन् ।
पहिलो खेलमा हैदराबादले राजस्थान रोयल्सलाई पराजित गरेको थियो ।
लखनउ सिजनको पहिलो जितको खोजीमा रहेको छ । पहिलो खेलमा लखनउ दिल्ली क्यापिटल्ससँग पराजित भएको थियो ।
लखनउले सिजनको पहिलो खेल कमजोर बलिङका कारण हारेको थियो । २ सय १० रनको लक्ष्य पछ्याउने क्रममा दिल्लीले ६ विकेटको क्षतिमा १ सय १३ रन बनाउँदा नतिजा लखनउको पक्षमा आउने अनुमान गरिएको थियो । तर, लखनउले कमजोर बलिङकै कारण यो खेल हार्न पुग्यो ।
लखनउसँग रवि बिश्नोई र शार्दुल ठाकुर मात्र अन्तर्राष्ट्रिय अनुभव भएका बलर थिए । तर, शार्दुलले सुरुमा २ विकेट लिएपनि दुई ओभर मात्र दिइयो । बिश्नोईले २ विकेट लिए पनि ५३ रन खर्चिन पुगे ।
उता, हैदराबादले भने घरमा हुने खेलमा परिवर्तन गर्ने छैन । राजस्थान रोयल्सविरुद्ध ट्राभिस हेड र अभिषेक शर्माले उत्कृष्ट सुरुवात दिलाएका थिए । इशान किशनले ४७ बलमा अविजित १ सय ६ रन बनाए ।
शीर्ष ६ खेलाडीमध्ये प्रत्येकको स्ट्राइक रेट २ सय वा सोभन्दा बढी थियो । यसले गर्दा हैदराबादले आइपिएलको सर्वाधिक योगफलको आफ्नै रेकर्डभन्दा एक रन कम बनाएका थियो।
March 31, 2025
एजेन्सी – राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा पहिलो जित हात पारेको छ। चेन्नई सुपर किङ्सलाई ६ रनले हराउँदै राजस्थानले जित निकालेको हो। जितको लागि १ सय ८३ रनको लक्ष्य पछ्याएको चेन्नई २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ७६ रनमा समेटियो। ओपनर रचिन रविन्द्र रनको खाता नखोली आउट भए। दोस्रो विकेटका लागि राहुल […]
March 30, 2025
एजेन्सी – नितिश रानाको आक्रामक अर्धशतकमा राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) आज चेन्नई सुपर किङ्स विरुद्ध ९ विकेटको नोक्सानीमा १ सय ८२ रन बनाएको छ । चेन्नईले टस जितेर राजस्थानलाई ब्याटिङका लागि आमन्त्रण गरेको थियो। ओपनर यशस्वी जैसवाल (५ रन) लाई सस्तैमा गुमाएको राजस्थानलाई अर्का ओपनर सन्जु सामसनले र नितिनले दोस्रो विकेटका ८२ रनको […]
March 30, 2025
काठमाडौं(हाम्रो खेलकुद) – महिला टि ट्वान्टी विश्व कपको एसिया छनोटका लागि २८ खेलाडीलाई प्रारम्भिक टोलीमा समावेश गरिएको छ । नेपाल क्रिकेट संघ(क्यान) ले आइतवार बन्द प्रशिक्षणमा सहभागी रहने २८ खेलाडीको नाम घोषणा भएको हो । एसिया छनोट मे मा थाइल्यान्डमा आयोजना हुनेछ । आइसिसी महिला टि ट्वान्टी विश्वकप एसिया छनोटका लागि नेपाली महिला राष्ट्रिय क्रिकेट […]