default_image

4 days ago

March 27, 2025

मधेशसँग हारे पनि बागमती चौथो हुन सफल

651 views

0 Bookmark

काठमाडौं(हाम्रो खेलकुद) – मधेश प्रदेशसँग पराजित भएपनि बागमती प्रदेश प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा चौथो हुन सफल‌ भएको छ ।

इशान पाण्डेको शतकका बाबजुद बिहार बागमती ४ विकेट पराजित भएको छ। हारको बाबजुद नेट रन रेटमा अघि रहेर बागमती शीर्ष चारमा पर्यो ।

२ सय ६० रनको लक्ष्य मधेशले ४६.१ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो । मधेशको जितमा नट आउट रहँदै कप्तान अनिल साहले सर्वाधिक ७० रन जोडे ।

प्लेयर अफ द म्याच भएका अनिलले ५३ बलको सामना गर्दै ७ चौका र २ छक्का प्रहार गरे । रुपेश सिंहले १७ बलमा ३ चौका र १ छक्काको सहयोगमा नट आउट २५ रन जोडे ।

ओपनर रोहन विकले ५० बलमा ३९, हरिशंकर साहले ३८ बलमा ३३, पवन सरार्फले ४१ बलमा ३१, शैलेन्द्र साहले ४२ बलमा १६ र दिपेश दासले २५ बलमा १९ रन जोडे ।

बागमतीका लागि सूर्य तामाङले २, रिजन ढकाल, गौतम केसी, विपिन आचार्य र इशान पाण्डेले समान १ विकेट लिए ।

त्यसअघि भैरहवाको सिद्धार्थ क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको बागमतीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ५९ रन बनाएको थियो ।

बागमतीका लागि ओपनर इशानले सर्वाधिक १ सय १४ रनको शतकीय इनिङ खेले । इशानले १ सय २७ बलमा १४ चौका प्रहार गरेका थिए । उनले पिएम कपमा आफ्नो पहिलो शतक पूरा गरे । पहिलो शतक इशानले १ सय १८ बलमा पूरा गरे ।

यो संस्करणको पिएम कपमा शतक प्रहार गर्ने इशान चौथो ब्याटर हुन् । यसअघि सुदूरपश्चिमका किरण ठगुन्नाले २, आर्मीका तृत राज दास र गण्डकीका अर्जुन कुमालले समान १ शतक प्रहार गरेका थिए ।

बागमतीका लागि पिएम कपमा शतक बनाउँने इशान तेस्रो खेलाडी हुन् । यसअघि ज्ञानेन्द्र मल्ल र आशुतोष घिरैयाले शतक बनाएका थिए ।

टोलीका रिजन ढकाल र विवेक राना मगर समान ३० रनमा आउट भए । शुभ कंसाकार २० रनमा आउट हुँदा विपिन आचार्य १९ बलमा २७ रन जोडे ।

मधेशले धेरै गलत फिल्डिङ गर्दा बागमतीले बलियो योगफल तयार गर्ने सफल भयो । मधेशका लागि हरिशंकर साह र पवन सरार्फ, कप्तान अनिल साहले समान २ तथा रुपेश सिंह र विशाल पटेलले समान १ विकेट लिए ।

विजयी मधेश ९ खेलमा ८ अंकका साथ सातौं स्थानमा रहेर प्रतियोगिता सकायो । समान खेल र अंक भए पनि नेट रनरेटमा बागमती अघि रह्रयो ।

शनिवार हुने फाइनलमा साविक विजेता नेपाल पुलिस क्लब र त्रिभुवन आर्मीले स्थान पक्का गरिसकेका छन् ।

March 31, 2025

राजस्थानको पहिलो जित

एजेन्सी – राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा पहिलो जित हात पारेको छ। चेन्नई सुपर किङ्सलाई ६ रनले हराउँदै राजस्थानले जित निकालेको हो। जितको लागि १ सय ८३ रनको लक्ष्य पछ्याएको चेन्नई २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ७६ रनमा समेटियो। ओपनर रचिन रविन्द्र रनको खाता नखोली आउट भए। दोस्रो विकेटका लागि राहुल […]

March 30, 2025

चेन्नईलाई राजस्थानको प्रतिस्पर्धात्मक लक्ष्य

एजेन्सी – नितिश रानाको आक्रामक अर्धशतकमा राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) आज चेन्नई सुपर किङ्स विरुद्ध ९ विकेटको नोक्सानीमा १ सय ८२ रन बनाएको छ । चेन्नईले टस जितेर राजस्थानलाई‌ ब्याटिङका लागि आमन्त्रण गरेको थियो। ओपनर यशस्वी जैसवाल (५ रन) लाई सस्तैमा गुमाएको राजस्थानलाई अर्का ओपनर सन्जु सामसनले र नितिनले दोस्रो विकेटका ८२ रनको […]

March 30, 2025

महिला विश्वकप छनोट- प्रारम्भिक टोलीको छनोट

काठमाडौं(हाम्रो खेलकुद) – महिला टि ट्वान्टी विश्व कपको एसिया छनोटका लागि २८ खेलाडीलाई प्रारम्भिक टोलीमा समावेश गरिएको छ । नेपाल क्रिकेट संघ(क्यान) ले आइतवार बन्द प्रशिक्षणमा सहभागी रहने २८ खेलाडीको नाम घोषणा भएको हो । एसिया छनोट मे मा थाइल्यान्डमा आयोजना हुनेछ । आइसिसी महिला टि ट्वान्टी विश्वकप एसिया छनोटका लागि नेपाली महिला राष्ट्रिय क्रिकेट […]

Success

Thank you for your time.