4 days ago
March 27, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाल यु-१९ टोलीले ५० ओभरको अभ्यास सिरिजमा दिल्लीको टोलीलाई मध्यम लक्ष्य दिएको छ ।
पर्सामा जारी खेलमा नेपालको युवा टोलीले दिल्लीको यु-१९ टोलीलाई १ सय ९३ रनको लक्ष्य दिएको छ । विरगंजस्थित टिबी साह क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपाल यु-१९ ले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर १ सय ९२ रन जोड्न सफल भयो ।
नेपाली युवा टोलीका लागि अभिषेक तिवारीले सर्वाधिक ६० रन जोडे । उनले ८२ बलको सामना गर्दै ५ चौका र ३ छक्का प्रहार गरे । सातौं विकेटका लागि कप्तान नरेन भट्टसँग मिलेर अभिषेकले ९९ रनको साझेदारी गरे । कप्तान नरेन १ सय २५ बलमा ६ चौकाको सहयोगमा ५२ रनमा आउट भए ।
अशोक धामी १९ बलमा १ चौका र २ छक्काको सहयोगमा १९ रनमा आउट भए । ओपनर सोहेल कुवँर ११ रनमा आउट हुँदा नेपाली युवा टोलीका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउँन सकेनन् ।
दिल्ली यु-१९ का लागि शुभम दुवेले ३ तथा आदित्य भण्डारी, अमन चौधरी र रोनक वागिलाले समान २ विकेट लिए । पहिलो अभ्यास खेल ५ विकेटले जितेर नेपाली युवा टोलीले ३ खेलको ५० ओभरको अभ्यास सिरिजमा १-० को अग्रता बनाएको छ ।
March 31, 2025
एजेन्सी – राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा पहिलो जित हात पारेको छ। चेन्नई सुपर किङ्सलाई ६ रनले हराउँदै राजस्थानले जित निकालेको हो। जितको लागि १ सय ८३ रनको लक्ष्य पछ्याएको चेन्नई २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ७६ रनमा समेटियो। ओपनर रचिन रविन्द्र रनको खाता नखोली आउट भए। दोस्रो विकेटका लागि राहुल […]
March 30, 2025
एजेन्सी – नितिश रानाको आक्रामक अर्धशतकमा राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) आज चेन्नई सुपर किङ्स विरुद्ध ९ विकेटको नोक्सानीमा १ सय ८२ रन बनाएको छ । चेन्नईले टस जितेर राजस्थानलाई ब्याटिङका लागि आमन्त्रण गरेको थियो। ओपनर यशस्वी जैसवाल (५ रन) लाई सस्तैमा गुमाएको राजस्थानलाई अर्का ओपनर सन्जु सामसनले र नितिनले दोस्रो विकेटका ८२ रनको […]
March 30, 2025
काठमाडौं(हाम्रो खेलकुद) – महिला टि ट्वान्टी विश्व कपको एसिया छनोटका लागि २८ खेलाडीलाई प्रारम्भिक टोलीमा समावेश गरिएको छ । नेपाल क्रिकेट संघ(क्यान) ले आइतवार बन्द प्रशिक्षणमा सहभागी रहने २८ खेलाडीको नाम घोषणा भएको हो । एसिया छनोट मे मा थाइल्यान्डमा आयोजना हुनेछ । आइसिसी महिला टि ट्वान्टी विश्वकप एसिया छनोटका लागि नेपाली महिला राष्ट्रिय क्रिकेट […]