default_image

4 days ago

March 27, 2025

इशानको शतकमा बागमतीको बलियो योगफल

467 views

0 Bookmark

काठमाडौं(हाम्रो खेलकुद) – इशान पाण्डेको शतक सहयोगमा प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले मधेश प्रदेशविरुद्ध बलियो योगफल तयार गरेको छ ।

भैरहवामा जारी खेलमा बागमतीले मधेशविरुद्ध २ सय ५९ रनको बलियो योगफल बनाउँन सफल भयो । सिद्धार्थ क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको बागमतीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ५९ रन बनायो ।

बागमतीका लागि ओपनर इशानले सर्वाधिक १ सय १४ रनको शतकीय इनिङ खेले । इशानले १ सय २७ बलमा १४ चौका प्रहार गरे । उनले पिएम कपको इतिहासमा पहिलो शतक पूरा गरेका हुन् । पहिलो शतक इशानले १ सय १८ बलमा पूरा गरे ।

यो संस्करणको पिएम कपमा शतक प्रहार गर्ने चौथो ब्याटर हुन् । यसअघि सुदूरपश्चिमका किरण ठगुन्नाले २, आर्मीका तृत राज दास र गण्डकीका अर्जुन कुमालले समान १ शतक प्रहार गरेका थिए ।

बागमतीका लागि पिएम कपमा शतक बनाउँने इशान तेस्रो खेलाडी हुन् । यसअघि ज्ञानेन्द्र मल्ल र आशुतोष घिरैयाले पिएम कपमा शतक बनाएका थिए । रिजन ढकाल र विवेक राना मगर समान ३० रनमा आउट भए ।

शुभ कंसाकार २० रनमा आउट हुँदा विपिन आचार्य १९ बलमा २७ रन जोडे । मधेशले धेरै गलत फिल्डीङ गर्दा बागमतीले बलियो योगफल तयार गर्ने सफल भयो । मधेशका लागि हरिशंकर साह र पवन सरार्फ, कप्तान अनिल साहले समान २ तथा रुपेश सिंह र विशाल पटेलले समान १ विकेट लिए ।

बागमती र मधेशको यो खेलले शीर्ष ४ मा प्रवेश गर्ने अर्को टोलीको टुंगो लाग्नेछ । बागमतीले मधेशलाई सामान्य अन्तरमा हराए वा पराजित भएमा पनि शीर्ष ४ को यात्रा पक्का गर्ने छ । भने, मधेशले शीर्ष ४ मा स्थान पक्का गर्न बागमतीमाथि फराकिलो जित आवश्यक रहेको छ ।

शनिवार हुने फाइनलमा साविक विजेता नेपाल पुलिस क्लब र त्रिभुवन आर्मीले स्थान पक्का गरिसकेका छन् ।

March 31, 2025

राजस्थानको पहिलो जित

एजेन्सी – राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा पहिलो जित हात पारेको छ। चेन्नई सुपर किङ्सलाई ६ रनले हराउँदै राजस्थानले जित निकालेको हो। जितको लागि १ सय ८३ रनको लक्ष्य पछ्याएको चेन्नई २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ७६ रनमा समेटियो। ओपनर रचिन रविन्द्र रनको खाता नखोली आउट भए। दोस्रो विकेटका लागि राहुल […]

March 30, 2025

चेन्नईलाई राजस्थानको प्रतिस्पर्धात्मक लक्ष्य

एजेन्सी – नितिश रानाको आक्रामक अर्धशतकमा राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) आज चेन्नई सुपर किङ्स विरुद्ध ९ विकेटको नोक्सानीमा १ सय ८२ रन बनाएको छ । चेन्नईले टस जितेर राजस्थानलाई‌ ब्याटिङका लागि आमन्त्रण गरेको थियो। ओपनर यशस्वी जैसवाल (५ रन) लाई सस्तैमा गुमाएको राजस्थानलाई अर्का ओपनर सन्जु सामसनले र नितिनले दोस्रो विकेटका ८२ रनको […]

March 30, 2025

महिला विश्वकप छनोट- प्रारम्भिक टोलीको छनोट

काठमाडौं(हाम्रो खेलकुद) – महिला टि ट्वान्टी विश्व कपको एसिया छनोटका लागि २८ खेलाडीलाई प्रारम्भिक टोलीमा समावेश गरिएको छ । नेपाल क्रिकेट संघ(क्यान) ले आइतवार बन्द प्रशिक्षणमा सहभागी रहने २८ खेलाडीको नाम घोषणा भएको हो । एसिया छनोट मे मा थाइल्यान्डमा आयोजना हुनेछ । आइसिसी महिला टि ट्वान्टी विश्वकप एसिया छनोटका लागि नेपाली महिला राष्ट्रिय क्रिकेट […]

Success

Thank you for your time.