default_image

4 days ago

March 27, 2025

आर्मीका स्पिनर चम्कदा पुलिसको मध्यम योगफल

1065 views

0 Bookmark

काठमाडौं(हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबका स्पिन बलरहरु चम्कदा प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लब मध्यम योगफलमा समेटिएको छ ।

जारी विभागीय डर्बी खेलमा आर्मीविरुद्ध पुलिस १ सय ४८ रनमा नै अल आउट भएको हो । एक्स्ट्रा टेक ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको पुलिस ४१.४ ओभरमा १ सय ४८ रनमा अल आउट भएको हो ।

पुलिसका लागि कप्तान दीपेन्द्र सिंह ऐरीले विष्फोटक अर्धशतकीय इनिङ खेले पनि अन्य ब्याटर चल्न नसक्दा कम योगफलमा नै समेटियो । कप्तान ऐरीले ३७ बलमा ३ चौका र २ छक्काको सहयोगमा ५० रन जोडे ।

आरिफ शेख ५२ बलमा २२, गुल्शन झा २७ बलमा १७ तथा अर्जुन साउद ३५ बलमा १३ रन जोड्दै आउट भए । सागर ढकाल २७ बलमा १६ रनमा अविजित रहे । पुलिसको ब्याटिङ धराशाही बनाउँन आर्मीका लागि १० नै विकेट स्पिनरले लिए ।

शाहब आलमले १० ओभरमा ३१ रन खर्चिएर ४ विकेट लिए । शाहबले पिएम कपको इतिहासमा १ सय विकेट पूरा गरेका छन् । उनी अगाडी पुलिसका ललितनारायण राजवंशीले १ सय विकेट पूरा गरेका थिए । शाहबले ४७ इनिङमा १ सय विकेट पूरा गरेका हुन् ।

सन् २०१७ बाट सुरु पिएम कपमा शाहब निरन्तर त्रिभुवन आर्मी क्लबमा रहेका छन् । यस संस्करणमा पनि शाहब २८ विकेटका साथ सर्वाधिक विकेटकर्ताको दोस्रो स्थानमा छन् । पहिलो स्थानमा रहेका ललितको ३६ विकेट रहेको छ ।

नरेन साउदले ३ तथा भीम सार्की र कुशल मल्लले समान १ विकेट लिए ।

शनिवार हुने पिएम कपको फाइनलमा स्थान पक्का गरिसकेका पुलिस र आर्मीको यस खेलले लिग चरणको शीर्ष र दोस्रो हुने टोली छुट्याउने छ ।

March 31, 2025

राजस्थानको पहिलो जित

एजेन्सी – राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा पहिलो जित हात पारेको छ। चेन्नई सुपर किङ्सलाई ६ रनले हराउँदै राजस्थानले जित निकालेको हो। जितको लागि १ सय ८३ रनको लक्ष्य पछ्याएको चेन्नई २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ७६ रनमा समेटियो। ओपनर रचिन रविन्द्र रनको खाता नखोली आउट भए। दोस्रो विकेटका लागि राहुल […]

March 30, 2025

चेन्नईलाई राजस्थानको प्रतिस्पर्धात्मक लक्ष्य

एजेन्सी – नितिश रानाको आक्रामक अर्धशतकमा राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) आज चेन्नई सुपर किङ्स विरुद्ध ९ विकेटको नोक्सानीमा १ सय ८२ रन बनाएको छ । चेन्नईले टस जितेर राजस्थानलाई‌ ब्याटिङका लागि आमन्त्रण गरेको थियो। ओपनर यशस्वी जैसवाल (५ रन) लाई सस्तैमा गुमाएको राजस्थानलाई अर्का ओपनर सन्जु सामसनले र नितिनले दोस्रो विकेटका ८२ रनको […]

March 30, 2025

महिला विश्वकप छनोट- प्रारम्भिक टोलीको छनोट

काठमाडौं(हाम्रो खेलकुद) – महिला टि ट्वान्टी विश्व कपको एसिया छनोटका लागि २८ खेलाडीलाई प्रारम्भिक टोलीमा समावेश गरिएको छ । नेपाल क्रिकेट संघ(क्यान) ले आइतवार बन्द प्रशिक्षणमा सहभागी रहने २८ खेलाडीको नाम घोषणा भएको हो । एसिया छनोट मे मा थाइल्यान्डमा आयोजना हुनेछ । आइसिसी महिला टि ट्वान्टी विश्वकप एसिया छनोटका लागि नेपाली महिला राष्ट्रिय क्रिकेट […]

Success

Thank you for your time.