default_image

4 days ago

March 27, 2025

लखनउको कमजोर बलिङको फाइदा लिने लक्ष्यमा हैदराबाद

893 views

0 Bookmark

एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा आज लखनउ सुपर जायन्ट्स र सनराइजर्स हैदराबादबीच खेल हुदैछ ।

हैदराबादको घरेलु मैदान राजिव गान्धि क्रिकेट स्टेडियममा हुने खेल नेपाली समय अनुसार राति ७ः४५ बजे सुरु हुनेछ । पहिलो खेलमा हैदराबादले राजस्थान रोयल्सलाई पराजित गरेको थियो ।

लखनउ सिजनको पहिलो जितको खोजीमा रहेको छ । पहिलो खेलमा लखनउ दिल्ली क्यापिटल्ससँग पराजित भएको थियो ।

लखनउले सिजनको पहिलो खेल कमजोर बलिङका कारण हारेको थियो । २ सय १० रनको लक्ष्य पछ्याउने क्रममा दिल्लीले ६ विकेटको क्षतिमा १ सय १३ रन बनाउँदा नतिजा लखनउको पक्षमा आउने अनुमान गरिएको थियो । तर, लखनउले कमजोर बलिङकै कारण यो खेल हार्न पुग्यो ।

लखनउसँग रवि बिश्नोई र शार्दुल ठाकुर मात्र अन्तर्राष्ट्रिय अनुभव भएका बलर थिए । तर, शार्दुलले सुरुमा २ विकेट लिएपनि दुई ओभर मात्र दिइयो । बिश्नोईले २ विकेट लिए पनि ५३ रन खर्चिन पुगे ।

उता, हैदराबादले भने घरमा हुने खेलमा परिवर्तन गर्ने छैन । राजस्थान रोयल्सविरुद्ध ट्राभिस हेड र अभिषेक शर्माले उत्कृष्ट सुरुवात दिलाएका थिए । इशान किशनले ४७ बलमा अविजित १ सय ६ रन बनाए ।

शीर्ष ६ खेलाडीमध्ये प्रत्येकको स्ट्राइक रेट २ सय वा सोभन्दा बढी थियो । यसले गर्दा हैदराबादले आइपिएलको सर्वाधिक योगफलको आफ्नै रेकर्डभन्दा एक रन कम बनाएका थियो।

हैदराबाद र राजस्थानबीचको उक्त खेल उच्च स्कोरिंग खेल थियो । हेदराबादका बलरहरूले पनि धेरै रन खर्चिएका थिए । हर्षल पटेलबाहेक हैदराबादका सबै तीव्र गतिका बलरले १० भन्दा बढीको इकोनोमीमा रन खर्चेका थिए ।

हैदराबादले आफ्नो बलिङमा सुधार गर्ने लक्ष्य राख्नेछ ।

पूर्व टोलीविरुद्ध खेल्दै मारक्रम

एसए २० मा सनराइजर्स इस्टर्न केपको कप्तानी गरेका एडेन मारक्रम सन् २०२२ देखि २०२४ सम्म सनराइजर्स हैदराबादका सदस्य थिए । उनले हैदराबादका लागि ३६ इनिङ्स खेल्दै १३१.०१ को स्ट्राइक रेटमा ८ सय ४९ रन बनाएका थिए ।

लखनऊको सम्भावित-११ – एडेन मार्कराम, मिचेल मार्श, निकोलस पूरन, ऋषभ पन्त (कप्तान / विकेटकीपर) आयुष बदोनी, डेविड मिलर, शाहबाज अहमद, शार्दुल ठाकुर, रवि बिश्नोई, आवेश खान, दिगवेश राठी, मनीमारन सिद्धार्थ।

हैदराबादले लाइन-अपको साथ फेरबदलको गर्ने सम्भावना छैन ।

सनराइजर्स हैदराबाद सम्भावित-११ – ट्रेविस हेड, अभिषेक शर्मा, इशान किशन, नितीश कुमार रेड्डी, हेनरिक क्लासेन, अनिकेत वर्मा, अभिनव मनोहर, प्याट कमिंस (कप्तान), सिमरजीत सिंह, हर्षल पटेल, मोहम्मद शमी, एडम जाम्पा।

March 31, 2025

राजस्थानको पहिलो जित

एजेन्सी – राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा पहिलो जित हात पारेको छ। चेन्नई सुपर किङ्सलाई ६ रनले हराउँदै राजस्थानले जित निकालेको हो। जितको लागि १ सय ८३ रनको लक्ष्य पछ्याएको चेन्नई २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ७६ रनमा समेटियो। ओपनर रचिन रविन्द्र रनको खाता नखोली आउट भए। दोस्रो विकेटका लागि राहुल […]

March 30, 2025

चेन्नईलाई राजस्थानको प्रतिस्पर्धात्मक लक्ष्य

एजेन्सी – नितिश रानाको आक्रामक अर्धशतकमा राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) आज चेन्नई सुपर किङ्स विरुद्ध ९ विकेटको नोक्सानीमा १ सय ८२ रन बनाएको छ । चेन्नईले टस जितेर राजस्थानलाई‌ ब्याटिङका लागि आमन्त्रण गरेको थियो। ओपनर यशस्वी जैसवाल (५ रन) लाई सस्तैमा गुमाएको राजस्थानलाई अर्का ओपनर सन्जु सामसनले र नितिनले दोस्रो विकेटका ८२ रनको […]

March 30, 2025

महिला विश्वकप छनोट- प्रारम्भिक टोलीको छनोट

काठमाडौं(हाम्रो खेलकुद) – महिला टि ट्वान्टी विश्व कपको एसिया छनोटका लागि २८ खेलाडीलाई प्रारम्भिक टोलीमा समावेश गरिएको छ । नेपाल क्रिकेट संघ(क्यान) ले आइतवार बन्द प्रशिक्षणमा सहभागी रहने २८ खेलाडीको नाम घोषणा भएको हो । एसिया छनोट मे मा थाइल्यान्डमा आयोजना हुनेछ । आइसिसी महिला टि ट्वान्टी विश्वकप एसिया छनोटका लागि नेपाली महिला राष्ट्रिय क्रिकेट […]

Success

Thank you for your time.