default_image

4 days ago

March 26, 2025

पिएम कप – अन्तिम खेल जित्दै एपिएफ तेस्रो

1468 views

0 Bookmark

काठमाडौं(हाम्रो खेलकुद) – एपिएफले तेस्रो स्थानमा प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको अन्त्य गरेको छ।

लोकेश बमको विष्फोटक इनिङकोमा लिगको आफ्नो अन्तिम खेलमा एपिएफ क्लबले कोशी प्रदेशलाई २ विकेटले हराएको छ।

अर्का दुई टोली नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबले पिएम कपको फाइनल खेल्ने पक्का हुँदा एपिएफ तेस्रो भएको छ। पुलिस र आर्मीबीच लिग कै खेल हुन बाँकी छ । त्यो खेलमा पराजित आर्मी दोस्रो स्थानमा रहनेछ।

पुलिसको १६ अंक छ भने आर्मी र एपिएफको समान १४ अंक छ । हेड टु हेडमा आर्मी अगाडि छ। एपिएफ गत वर्ष शीर्ष चारमा पर्न असफल भएको थियो।

२ सय ५५ रनको लक्ष्य एपिएफले ४४.४ ओभरमा ८ विकेट गुमाएर पूरा गर्यो । लोकेशले अविजित रहँदै ५४ बलमा समान ६ चौका र छक्कासहित सर्वाधिक ८४ रन जोडे।

१ सय ६४ रनमा ८ विकेट गुमाएर हार नजिक पुगेको एपिएफको जितमा नवौं विकेटका लागि इर्शाद अहमदसँग मिलेर लोकेशले ९४ रनको साझेदारी गर्दै खेलमा जित दिलाए ।

इर्शादले ४० बलमा नट आउट १६ रन जोडे । कप्तान रोहित पौडेलले ७३ बलमा ६ चौकाको सहयोगमा ६१ रन बनाए । सन्दीप जोरा २५ बलमा ४ चौकाको सहयोगमा ३० रन जोड्दै आउट भए ।

कोशीको लागि दिपेश कंडेल र फिर्दोश अन्सारीले समान ३ तथा भुपाल लुइटेल र ज्ञानेन्द्र श्रेष्ठले समान १ विकेट लिए ।

त्यसअघि भैरहवाको‌सिद्धार्थ क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको कोशी ५० ओभरमा सबै विकेट गुमाएर २ सय ५४ रन जोडेको थियो ।

टोलीका साकिब हकले ६३ बलमा ११ चौकाका साथ सर्वाधिक ६८ रन जोडे । कप्तान अंकित सुवेदी २३ बलमा ४ चौका र १ छक्काको सहयोगमा ३५ रन बनाए ।

सुजन थपलिया ५७ बलमा ३३, अइष भट्टराई ५७ बलमा ३४, ओपनर चिराग साह ४८ बलमा २४ रनमा आउट भए ।

एपिएफका लागि मौषम ढकाल र अभिषेक गौतमले समान ३, कप्तान रोहितले २, इर्शाद र अमरसिंह राउटेलाले समान १ विकेट लिए ।

कोशीले ९ खेलमा २ अंक मात्र जोडेर पुछारमा रहँदै पपिएम कपको अन्त्य गरेको छ ।

March 30, 2025

घरमै बलिङ मेसिन राखेर आफूलाई निखारेका किरण

भुपेन्द्र जि.सी गत वर्ष प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा राम्रो गर्न नसकेको भए सुदुरपश्चिम प्रदेशका ब्याटर किरण ठगुन्नाको क्रिकेट करिअर समाप्त हुने पक्का जस्तै थियो । प्रदेशले नै उनलाई यो अन्तिम अवसर भनेर काठमाडौं पठाएको थियो । तर उक्त प्रतियोगिताको २ वर्ष नबित्दै किरणले नेपाल ए हुँदै सिनियर राष्ट्रिय टोलीको बाटो बनाएका छन् । सुदूरपश्चिमबाट […]

March 29, 2025

गुजरातले मुम्बईलाई हरायो

एजेन्सी – गुजरात टाइटन्सले इण्डियन प्रिमियर लिग (आइपिएल) मा आज मुम्बई इण्डियन्सलाई ३६ रनले हराएको छ । १ सय ९७ रनको लक्ष्य पछ्याएको मुम्बईले २० ओभरमा ६ विकेट गुमाएर १ सय ६० रन मात्र बनाउन सक्यो । मुम्बईका लागि सूर्यकुमार यादवले २८ बलमा‌ ४ छक्का र १ चौकाका साथ सर्वाधिक ४८ रन जोडे । तेस्रो […]

March 29, 2025

गुजरातले मुम्बईलाई दियो बलियो लक्ष्य

एजेन्सी – गुजरात टाईटन्सले इण्डियन प्रिमियर लिग(आइपिएल) मा मुम्बई इण्डियन्सलाई जितका लागि बलियो लक्ष्य दिएको छ । मुम्बईले जितका लागि १ सय ९७ रनको बलियो लक्ष्य पाएको छ । घरेलु मैदान नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको गुजरातले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ९६ रनको योगफल तयार गर्यो […]

Success

Thank you for your time.