4 days ago
March 26, 2025
एजेन्सी – जिमी निशमको ५ विकेट लिएपछि घरेलु टोली न्युजिल्याण्डले पाकिस्तानलाई पाँचौ टि ट्वान्टी आईमा ८ विकेटले हराएको छ ।
योसँगै न्युजिल्याण्डले पाँच खेलको टि ट्वान्टी आई सिरिज ४-१ ले जितेको छ । आज १ सय २९ रनको सामान्य लक्ष्य न्युजिल्याण्डले १० ओभरमा २ विकेट गुमाएर पूरा गर्यो ।
न्युजिल्याण्डको जितमा ओपनर टिम साइफर्टले अविजित रहँदै ३८ बलमा १० छक्का र ६ चौकासहित सर्वाधिक ९७ रन जोडे । पहिलो विकेटका लागि साइफर्टले फिना एलेनसँग मिलेर ९३ रनको साझेदारी गरे ।
एलेन १२ बलमा ५ चौका र १ छक्काको सहयोगमा २७ रन बनाए । मार्क च्यापम्यान ३ रनमा आउट हुँदा ड्यारियल मिचेल २ रनमा नट आउट रहे । पाकिस्तानका लागि सफियान मुकुमले २ विकेट लिए ।
त्यसअघि विलिङ्गटनस्थित स्काई स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय २८ रनको योगफल बनाएको थियो ।
पाकिस्तानका लागि कप्तान सलमान आगाले सर्वाधिक ५१ रन जोडेका थिए । उनले ३९ बलमा ६ चौका र १ छक्का प्रहार गरेका थिए ।
शादब खान २८ तथा मोहम्मद हरिस ११ रनमा आउट भए । पाकिस्तानका अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
न्युजिल्याण्डका लागि निशमले ४ ओभरमा २२ रन खर्चिएर ५ विकेट लिएका थिए । ज्याकोब डफीले २ तथा इश सोडि र बेन सेर्यसले समान १ विकेट लिएका थिए ।
पहिलो, दोस्रो र चौथो खेल जित्दै न्युजिल्याण्डले १ खेल अगावै सिरिज जितेको थियो । पाकिस्तानले तेस्रो खेल जितेको थियो । दुई टोलीबीचको ३ खेलको ओडिआई सिरिज शनिवार सुरु हुनेछ ।
March 30, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग(आइपिएल) मा आज दुई खेल हुदैछ । आइतवारको पहिलो खेलमा दिल्ली क्यापिटल्स र सनराइजर्स हैदराबादबीच खेल हुदैछ । दिल्लीको दोस्रो घरेलु मैदान विशाखापटनममा नेपाली समय अनुसार आइतवार दिउँसो ३ः४५ मा सुरु हुदैछ । १ खेल मात्र खेलेको दिल्लीले पहिलो खेलमा लखनउ सुपर जायन्ट्सलाई पराजित गरेको थियो । दिल्लीले लखनउमाथि १ विकेटको […]
March 30, 2025
भुपेन्द्र जि.सी गत वर्ष प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा राम्रो गर्न नसकेको भए सुदुरपश्चिम प्रदेशका ब्याटर किरण ठगुन्नाको क्रिकेट करिअर समाप्त हुने पक्का जस्तै थियो । प्रदेशले नै उनलाई यो अन्तिम अवसर भनेर काठमाडौं पठाएको थियो । तर उक्त प्रतियोगिताको २ वर्ष नबित्दै किरणले नेपाल ए हुँदै सिनियर राष्ट्रिय टोलीको बाटो बनाएका छन् । सुदूरपश्चिमबाट […]
March 29, 2025
एजेन्सी – गुजरात टाइटन्सले इण्डियन प्रिमियर लिग (आइपिएल) मा आज मुम्बई इण्डियन्सलाई ३६ रनले हराएको छ । १ सय ९७ रनको लक्ष्य पछ्याएको मुम्बईले २० ओभरमा ६ विकेट गुमाएर १ सय ६० रन मात्र बनाउन सक्यो । मुम्बईका लागि सूर्यकुमार यादवले २८ बलमा ४ छक्का र १ चौकाका साथ सर्वाधिक ४८ रन जोडे । तेस्रो […]