3 days ago
March 26, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग(आइपिएल) मा आज राजस्थान रोयल्स र कोलकाता नाइटराइडर्स खेल्दैछन् ।
राजस्थानको दोस्रो घरेलु मैदान गुवाहाटीमा नेपाली समय अनुसार राति ७ः४५ बजे खेल सुरु हुनेछ । गुवाहाटी सन् २०२३ देखि राजस्थानको लागि कहिलेकाहीं घरेलु मैदानको रुपमा प्रयोगमा आउने गरेको छ ।
गुवाहाटीको यो मैदान राजस्थानका कप्तान रहेका रियान परागको घरेलु मैदान समेत हो । एकअर्काको सामना गर्दा दुवै टोली पहिलो जितको खोजीमा हुनेछन् ।
आफ्नो पहिलो खेलमा कोलकाता रोयल च्यालेन्जर्स बेंगलुरुसँग र राजस्थान सनराइजर्स हैदराबादसँग पराजित भएको थियो ।
राजस्थानले गुवाहाटीमा यसअघि खेलेका ३ मध्ये २ खेलमा हार बेहोरेको छ । चौथो खेलमा भने वर्षाका कारण रद्द भएको थियो । आज हुने खेल केही फरक रहने छ । घरेलु मैदानमा परागले राजस्थानको कप्तानी गर्नेछन् ।
तर परागले सोच्नुपर्ने धेरै कुरा छ, अझ राजस्थानले सनराइजर्स हैदरावादविरुद्ध आइपिएलमा अहिलेसम्मकै उच्च स्कोर भन्दा १ कम रन खर्चिएको थियो । सन्जु स्यामसन, ध्रुव जुरेल र शिमरोन हेटमायरको लगायत खेलाडीको ब्याट चले पनि अरुको ब्याटिङ सुस्त नै रह्यो । राजस्थानका बलरहरुको प्रदर्शन पनि निराशाजनक थियो।
राजस्थान पछिल्लो तीन सिजन मध्ये दुईमा समान टिम ब्यालेन्सको साथ प्लेअफमा पुगेको थियो ।
डिफेन्डिङ च्याम्पियन कोलकातासँग धेरै राम्रा अलराउण्डरको बाहुल्यता छ । बेंगलुरुविरुद्ध सिजनको पहिलो खेलमा हार बेहोरेपनि सन् २०२४ को लयबाट कोलकाताले फेरि भेट्टाउन सक्छ।
नितिश राणा २०१८ देखि २०२४ सम्म कोलकाताको महत्वपूर्ण हिस्सा थिए । नितिशले कोलकाताका लागि २ हजार १ सय ९९ रन बनाएका छन् । टोलीको उपकप्तान भएपछि उनी कोलकाताको सिनियर खेलाडी रहेका थिए ।
कोलकाताले गत सिजनको उपाधिपछि रिटेन गरेका ६ खेलाडीको सुचीमा नितिश अटाउन सकेनन् । र, राजस्थानले मेगा अक्सनमा ४.२० करोड भारुमा उनलाई टोलीमा अनुबन्ध गरेको थियो ।
राजस्थानको प्लेईङ-११ मा हसारंगा फर्कने सम्भावना
औंलाको शल्यक्रियापछि निको भएका स्यामसन फेरि राजस्थानका भावशाली खेलाडी बन्ने भएका छन् । जोफ्रा आर्चरले हैदराबादविरुद्ध ७६ रन खर्चेर विकेट लिन नसकेपनि उनलाई टिमबाट बाहिर राख्ने सम्भावना कम छ ।
तर, योर्कर बलिङ क्षमताका लागि आकाश माधवाललाई टोलीमा भित्र्याउने सम्भावना छ । महेश थिक्सेनाको ठाउँ हसारंगाले लिने सम्भावना छ ।
कोलकाताले उही प्लेइङ-११ का साथ उत्रने सम्भावना
कोलकाताका कप्तान अजिक्या राहाणेले शनिवारको हारपछि अनुभवहीन भए पनि आफ्नो तीव्र गतिको बलिङ युनिटलाई विश्वास गर्ने बताएका छन् ।
स्पेन्सर जोनसनको सम्भावित विकल्प एनरिच नोर्टजे हुनसक्छन् । तर, कोलकाताको प्लेइङ-११ यस खेलमा परिवर्तित नगर्ने सम्भावना छ ।
March 29, 2025
काठमाडौं(हाम्रो खेलकुद) – हङकङमा आयोजना हुने चार देश सम्मिलित टि ट्वान्टी आई सिरिजको बन्द प्रशिक्षणका लागि २० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाईएको छ । नेपाल क्रिकेट संघ(क्यान) ले रोहित पौडेलको कप्तानीमा २० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको हो । हङकङमा आगामी चैत २७ बाट नेपाल, कतार, कुवेत र घरेलु टोली सम्मिलित खेल हुदैछ । क्यानका अनुसार सन्दीप […]
March 29, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग(आइपिएल) २०२५ मा मुम्बई इण्डियन्सले गुजरात टाइटन्सविरुद्ध टस जितेको छ । गुजरातको घरेलु मैदान नरेन्द्र मोदी क्रिकेट स्टेडियममा मुम्बईमा कप्तान हार्दिक पाण्ड्याले टस जितेर बलिङ रोजेका हुन् । सुरुवाती खेलमा पराजित दुवै टोली आज पहिलो जितको खोजीमा रहेका छन् । आफ्नो पहिलो खेलमा गुजरात पञ्जाब किंग्ससँग र मुम्बई चेन्नई सुपर किंग्ससँग […]
March 29, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबका बलर ललितनारायण राजवंशीले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा २ वटा मोटरसाइकल जितेका छन् । शनिवार सकिएको पिएम कपमा पुलिसलाई च्याम्पियन बनाउन उत्कृष्ट प्रदर्शन गरेका ललितले २ वटा मोटरसाइकल जितेका हुन् । ललित प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी तथा उत्कृष्ट बलर चुनिएका थिए। ललितले पिएम कपको १० खेलमा ४१ […]