default_image

4 weeks ago

March 26, 2025

पञ्जाबको विजयी सुरुवात

1169 views

0 Bookmark

एजेन्सी – पञ्जाब किंग्सले इण्डियन प्रिमियर लिग(आइपिएल) मा विजयी सुरुवात गरेको छ।

श्रेयस अय्यरको कप्तानी इनिङमा पञ्जाबले गुजरात टाइटन्सलाई ११ रनले हराउँदै सफल सुरुवात गरेको छ ।
२ सय ४४ रनको लक्ष्य पछ्याएको गुजरात ५ विकेटको नोक्सानीमा २ सय ३२ रन बनाउन सक्यो ।

टप अडरले सुरुवात राम्रो दिलाए पनि मध्यक्रमले त्यसलाई अघि बढाउन सकेन। साई सुदर्शन र कप्तान शुभमन गिलले पहिलो विकेटका लागि ६१ रनको साझेदारी गरे।

१४ बलमा २ चौका र ३ छक्कासहित ३३ रन बनाएर गिल पहिलो विकेटका रुपमा आउट भए । सुदर्शन र तेस्रो नम्बरमा ब्याटिङ गरेका जोस बटलरले अर्धशतक बनाए । उनीहरुले दोस्रो विकेटका लागि ८४ रनको साझेदारी गरे ।

सुदर्शनले ४१ बलमा ५ चौका र ६ छक्कासहित सर्वाधिक ७४ रन बनाए । बटलरले ३३ बलमा ४ चौका र २ छक्का साथ ५४ रन जोडे।

त्यपछि ब्याटिङमा‌ आएका सेर्फाने रुथरफोर्ड २८ बलमा ४ चौका र ३ छक्काको मद्दतमा ४६ रन बनाए।

अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्। पञ्जाबका अर्शदीप सिंहले २, मार्को जासेन र ग्लेन म्याक्सवेलले समान १ विकेट लिए।

त्यसअघि नरेन्द्र मोदी क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको पञ्जाबले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २ सय ४३ रनको विशाल योगफल तयार गर्यो ।

पञ्जाबका लागि कप्तान र खेलाडीको रुपमा डेब्यु खेल खेलिरहेका श्रेयसले सर्वाधिक ९७ रन जोडे । उनले ४२ बलको सामना गर्दै ५ चौका र ९ छक्का प्रहार गरे । आइपिएल इतिहासको आफ्नो पहिलो शतकबाट श्रेयस ३ रन टाढा चुके ।

पाँचौ विकेटका लागि श्रेयसले शंशाक सिंहसँग मिलेर नट आउट ८१ रनको साझेदारी गरे । शंशाक १६ बलमा ६ चौका र २ छक्काको सहयोगमा ४४ रनमा नट आउट रहे । मार्कस स्टोइनेस १५ बलमा १ चौका र २ छक्काको सहयोगमा २० रनमा आउट भए ।

यसै खेलमा आइपिएल डेब्यु गरेका पञ्जाबका ओपनर प्रियान्स आर्य २३ बलमा ७ चौका र २ छक्काको सहयोगमा ४७ रनमा आउट भए । ग्लेन म्याक्सवेल पहिलो बलमा नै आउट हुँदा अजमतुल्लाह उमरजाइले १६ रन जोडे ।

गुजरातका लागि साइ किशोरले ३ ,राशिद खान र काशिसो रबडाले समान १ विकेट लिए ।

April 20, 2025

मुम्बईले टस जित्यो

एजेन्सी – मुम्बई इण्डियन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा चेन्नई सुपर किङ्ससँगको खेलमा टस जितेको छ।मुम्बईले टस जितेर फिल्डिङ रोजेको छ। आइपिएलका दुई सफल टोलीको यस पटकको प्रदर्शन भने सन्तोषजनक छैन। ४ अंकसहित मुम्बई सातौं र चेन्नई नवौ स्थानमा छ।

April 20, 2025

आरसिबीसँग पन्जाबको हार

एजेन्सी – रोयल च्यालेन्जर्स बैंगलुरु (आरसिबी) लेइण्डियन प्रिमियर लिग (आइपिएल) मा आज पन्जाब किंग्सलाई ८ विकेटले हराएको छ। दुई दिन अघि पन्जाबले आरसिबीलाई‌ हराएको थियो। आज १ सय ५८ रनको लक्ष्य पछ्याएको आरसिबीले ७ बल बाँकी रहँदै ३ विकेट गुमाएर जित निकालेको छ।विराट कोहली र देवदत्त पडिकलले अर्धशतक बनाए ।कोहलीले नटआउट ७४ रनको योगदान गरे। देवदत्तले […]

April 20, 2025

आरसिबीलाई सामान्य लक्ष्य

एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा पन्जाब सुपर किंग्सले रोयल च्यालेन्जर्स बैंगलुरु (आरसिबी) लाई जितको लागि १ सय ५८ रनको चुनौति दिएको छ। रोयल च्यालेन्जर्सले टस जितेर पहिले फिल्डिङ रोज्यो। पहिले ब्याटिङ गरेको पन्जाबले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ५७ रनको योगफल बनायो। प्राभसिम्रन सिंहले सर्वाधिक ३३ रन बनाउँदा सशांक सिंहले अविजित […]

Success

Thank you for your time.