default_image

9 hours ago

March 25, 2025

विशालको ६ विकेटमा मधेशको जित

350 views

0 Bookmark

काठमाडौं(हाम्रो खेलकुद) – विशाल पटेलले ६ विकेट लिएपछि मधेश प्रदेशले प्रधानमन्त्री(पिएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशविरुद्ध ४४ रनलाई पराजित गरेको छ ।

१ सय ३ रनको सामान्य लक्ष्य पछ्याएको सुदूरपश्चिम २९ ओभरमा ५८ रनमा अलआउट भयो ।

सुदूरपश्चिमका लागि तल्लोक्रमका ब्याटर हेमन्त धामीले ३३ बलमा सर्वाधिक १९ रन जोडे । अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । टोलीका ५ ब्याटरले रनको खाता नै खोल्न सकेनन् ।

सुदूरपश्चिमलाई सस्तैमा समेट्न विशालले ५ ओभरमा १७ रन खर्चिएर ६ विकेट लिए । प्रदिप पासवानले ३ र रुपेश सिंहले १ विकेट लिए ।

त्यसअघि भैरहवाको एक्स्ट्राटेक ओभल क्रिकेट मैदानमा त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको मधेश प्रदेशले ४२.३ ओभरमा सबै विकेट गुमाएर १ सय २ रन बनायो ।

मधेशका लागि प्रदीप पासवानले नटआउट २३, पवन सर्राफले १९, दीपेश दास र रुपेश सिंहले‌ समान १२ रन बाहेक कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । कप्तान अनिल शाह रनको खाता नखोल्दै आउट भए ।

सुदूरपश्चिमका हेमन्त धामी र शेर मल्लले मधेशको ब्याटिङ लाइनलाई ध्वस्त पारे । शेरले १० ओभरमा ६ मेडनसहित ५ रन दिएर ४ विकेट लिए। हेमन्तले ५.३ ओभरमा १ मेडन‌ राखेर ११ रन खर्चदै ४ विकेट झारे। नारायण जोशी र विकास अग्रीले समान १ विकेट लिए।

जितसँगै मधेशले शीर्ष ४ को सम्भावना कायमै राखेको छ । मधेशको ८ खेलबाट ६ अंक भएको छ । सुदूरपश्चिमले ९ खेलमा ६ हारका साथ पिएम कपको यात्रा टुंगिएको छ।

March 26, 2025

पञ्जाबको विजयी सुरुवात

एजेन्सी – पञ्जाब किंग्सले इण्डियन प्रिमियर लिग(आइपिएल) मा विजयी सुरुवात गरेको छ। श्रेयस अय्यरको कप्तानी इनिङमा पञ्जाबले गुजरात टाइटन्सलाई ११ रनले हराउँदै सफल सुरुवात गरेको छ ।२ सय ४४ रनको लक्ष्य पछ्याएको गुजरात ५ विकेटको नोक्सानीमा २ सय ३२ रन बनाउन सक्यो । टप अडरले सुरुवात राम्रो दिलाए पनि मध्यक्रमले त्यसलाई अघि बढाउन सकेन। साई सुदर्शन […]

March 25, 2025

श्रेयसको कप्तानी इनिङमा पञ्जाबको विशाल योगफल

एजेन्सी – श्रेयस अय्यरको कप्तानी इनिङमा पञ्जाब किंग्सले इण्डियन प्रिमियर लिग(आइपिएल) मा गुजरात टाइटन्सविरुद्ध विशाल योगफल तयार गरेको छ । नरेन्द्र मोदी क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको पञ्जाबले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २ सय ४३ रनको विशाल योगफल तयार गर्यो । पञ्जाबका लागि कप्तान र खेलाडीको रुपमा डेब्यु खेल खेलिरहेका श्रेयसले […]

March 25, 2025

गुजरातले टस जित्यो

एजेन्सी – इण्डियन प्रिमियर लिग(आइपिएल) माआज पञ्जाब किंग्सविरुद्धको खेलमा गुजरात टाइटन्सले टस जितेको छ । गुजरातका‌ कप्तान शुभमन गिलले टस जितेर फिल्डिङ रोजेका छन् । गुजरातको नरेन्द्र मोदी क्रिकेट स्टेडियममा हुने खेलमा पञ्जाबको कप्तानी श्रेयस अय्यरले गर्दैछन् । अय्यरको कप्तानीमा कोलकाता नाइट राइडर्स गत संस्करणमा च्याम्पियन भएको थियो । जारी आइपिएलको यो पाचौं खेल हो । […]

Success

Thank you for your time.