10 hours ago
March 25, 2025
काठमाडौं(हाम्रो खेलकुद) – ललितनारायण राजवंशीको कीर्तिमानी बलिङमा नेपाल पुलिस क्लबले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार आठौं जित हासिल गरेको छ ।
पुलिसले मंगलवार कर्णाली प्रदेशलाई ४४ रनले पराजित गर्यो । १ सय ४८ रनको लक्ष्य पछ्याएको कर्णाली २४ ओभरमा १ सय ३ रनमा समेटियो ।
कर्णालीका लागि ओपनर रविन्द्र जंग शाहीले ३२ बलमा ७ चौथो र २ छक्कासहित सर्वाधिक ४९ रन जोडे । मध्यक्रमका ब्याटर अर्जुन घर्तीले ४२ बलमा ३ चौका र १ छक्काको सहयोगमा ३० रन बनाए । कर्णालीका ३ ब्याटरले रनको खाता नै खोल्न सकेनन् ।
कर्णालीको इनिङ धराशायी बनाउने क्रममा ललितले ९ ओभरमा ४१ रन खर्चिएका ललितले ६ विकेट लिए । यसका साथै ललित पिएम कपको इतिहासमा १ सय विकेट पूरा गर्ने पहिलो बलर बनेका छन् ।
सन् २०१७ बाट पिएम सुरु भएयता ललितले ४० इनिङमा यो सफलता प्राप्त गरेका हुन् । पिएम कपमा मंगलवार कर्णाली प्रदेशविरुद्ध १६औं ओभरको अन्तिम बलमा कप्तान दिवान पुनको विकेट लिंदै उनले सयौं विकेट पूरा गरेका हुन् ।
पिएम कपको इतिहासमा त्रिभुवन आर्मी क्लबका शाहब आलम ९९ विकेटका साथ दोस्रो स्थानमा छन् । सुदूरपश्चिम प्रदेशका शेर मल्ल ६९ विकेटका साथ तेस्रो स्थानमा छन् ।
ललित जारी पिएम कपमा पनि सर्वाधिक विकेट लिने खेलाडीको शीर्ष स्थानमा छन् । उनले ८ खेलमा ३६ विकेट लिइसकेका छन् । सुदूरपश्चिमका सागर ढकालको नाममा २ तथा करण केसीको नाममा १ विकेट रह्यो ।
त्यसअघि दाङ लमहीको देउखुरी क्रिकेट मैदानमा त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्ता पाएकाे पुलिसले ४८ ओभरमा अल आउट हुदै १ सय ४७ रन बनाएको थियो।
पुलिसका लागि अर्जुन साउद, दीलिप नाथ, सागर ढकाल बाहेक कुनै पनि ब्याटर चलेनन् । ओपनर अर्जुनले ६० बलमा ४ चौका र १ छक्काका साथ ३६ रन बनाए । ५९ बल खेलेका दीलिपले २ चौकासहित ३४ रन बनाए ।
सागर २८ बलमा १ चौकासहित २२ रनमा नटआउट रहे। श्रवण यादवले ११ रन बनाए भने अन्य कुनैपनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
अर्का ओपनर कुशल भुर्तेलले १ रन जोडे भने कप्तान दीपेन्द्र सिंह ऐरीले खाता खोल्न सकेनन् ।
कर्णालीका अनुज चनारा र दिवान पुनले किफायती बलिङ गरे। अनुजले १० ओभरमा २ मेडन राखेर २९ खर्चदै ४ विकेट लिए । दिवानले १० ओभरमा १ मेडनसहित २१ रन खर्चेर ३ विकेट लिए । दीनेश अधिकारी, दीपेन्द्र राउत र सुनिल धमलाले समान १ विकेट लिए ।
अपराजित पुलिस १६ अंकसहित फाइनलमा पुगेको छ । पुलिस लिग चरणको अन्तिम खेल बिहीवार १४ अंकसहित दोस्रो स्थानको त्रिभुवन आर्मी क्लबसँग खेल्नेछ।
८ खेलमा एपिएफ १२ अंकसहित तेस्रो स्थानमा छ। पुलिस फाइनल पुग्ने पहिलो टोली बनेको छ। आर्मी र एपिएफ मध्ये एक टोली फाइनलमा पुग्नेछ।
कर्णालीले ९ खेलमा ४ जित र ५ हार सहित पाँचौ स्थानमा रहेर पिएम कपको अन्त्य गरेको छ।
March 26, 2025
एजेन्सी – पञ्जाब किंग्सले इण्डियन प्रिमियर लिग(आइपिएल) मा विजयी सुरुवात गरेको छ। श्रेयस अय्यरको कप्तानी इनिङमा पञ्जाबले गुजरात टाइटन्सलाई ११ रनले हराउँदै सफल सुरुवात गरेको छ ।२ सय ४४ रनको लक्ष्य पछ्याएको गुजरात ५ विकेटको नोक्सानीमा २ सय ३२ रन बनाउन सक्यो । टप अडरले सुरुवात राम्रो दिलाए पनि मध्यक्रमले त्यसलाई अघि बढाउन सकेन। साई सुदर्शन […]
March 25, 2025
एजेन्सी – श्रेयस अय्यरको कप्तानी इनिङमा पञ्जाब किंग्सले इण्डियन प्रिमियर लिग(आइपिएल) मा गुजरात टाइटन्सविरुद्ध विशाल योगफल तयार गरेको छ । नरेन्द्र मोदी क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको पञ्जाबले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २ सय ४३ रनको विशाल योगफल तयार गर्यो । पञ्जाबका लागि कप्तान र खेलाडीको रुपमा डेब्यु खेल खेलिरहेका श्रेयसले […]
March 25, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग(आइपिएल) माआज पञ्जाब किंग्सविरुद्धको खेलमा गुजरात टाइटन्सले टस जितेको छ । गुजरातका कप्तान शुभमन गिलले टस जितेर फिल्डिङ रोजेका छन् । गुजरातको नरेन्द्र मोदी क्रिकेट स्टेडियममा हुने खेलमा पञ्जाबको कप्तानी श्रेयस अय्यरले गर्दैछन् । अय्यरको कप्तानीमा कोलकाता नाइट राइडर्स गत संस्करणमा च्याम्पियन भएको थियो । जारी आइपिएलको यो पाचौं खेल हो । […]