default_image

10 hours ago

March 25, 2025

नेपाली युवा टोलीसँग दिल्लीको हार

1104 views

0 Bookmark

काठमाडौं(हाम्रो खेलकुद) – नेपाली यु-१९ क्रिकेट टोलीले भारतको दिल्ली यु १९ लाई पहिलो ५० ओभरको अभ्यास खेलमा पराजित गरेको छ ।

विरगन्जमा मंगलवार भएको ३ खेलको सिरिजको पहिलो खेलमा दिल्ली यु-१९ विरुद्ध नेपालले ५ विकेटको जित हात पारेको हो ।

९६ रनको सामान्य लक्ष्य नेपालले ३१ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । नेपालको जितमा अमर मिश्रले३९ बलमा ४ चौका र १ छक्कासहित सर्वाधिक २७ रन जोडे ।

रोशन विश्वकर्मा १४ बलमा १ चौका र ३ छक्काको सहयोगमा नट आउट २५ रन बनाए । सिब्रिन श्रेष्ठ १७ र कप्तान नरेन भट्ट १८ रनमा आउट भए ।

दिल्लीका लागि अमन चौधरीले २, कृति कौशिक, शुभम दुवे र रौनक वागिलाले समान १ विकेट लिए ।

त्यसअघि पर्सामा रहेको टिबी साह क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको दिल्ली २३.३ ओभरमा ९५ रनको योगफलमा समेटिएको थियो ।

दिल्लीका लागि ओपनर सार्थक पलले २९ बलमा ४ चौका र १ छक्काका साथ २९ रन जोडे । ४९ रन बनाउँदा कुनै विकेट नगुमाएको दिल्लीले थप ४६ रन जोड्दा १० विकेट गुमाएको थियो ।

शन्तनु यादव र आदित्य भण्डारी समान १३, अतुल्य पाण्ड्य ११ र प्रनभ पन्त १० रनमा आउट भए । दिल्लीका अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

यु-१९ विश्वकपको एसिया छनोटको तयारीमा रहेको नेपालले दोस्रो अभ्यास खेल बिहीवार खेल्नेछ ।

March 26, 2025

पञ्जाबको विजयी सुरुवात

एजेन्सी – पञ्जाब किंग्सले इण्डियन प्रिमियर लिग(आइपिएल) मा विजयी सुरुवात गरेको छ। श्रेयस अय्यरको कप्तानी इनिङमा पञ्जाबले गुजरात टाइटन्सलाई ११ रनले हराउँदै सफल सुरुवात गरेको छ ।२ सय ४४ रनको लक्ष्य पछ्याएको गुजरात ५ विकेटको नोक्सानीमा २ सय ३२ रन बनाउन सक्यो । टप अडरले सुरुवात राम्रो दिलाए पनि मध्यक्रमले त्यसलाई अघि बढाउन सकेन। साई सुदर्शन […]

March 25, 2025

श्रेयसको कप्तानी इनिङमा पञ्जाबको विशाल योगफल

एजेन्सी – श्रेयस अय्यरको कप्तानी इनिङमा पञ्जाब किंग्सले इण्डियन प्रिमियर लिग(आइपिएल) मा गुजरात टाइटन्सविरुद्ध विशाल योगफल तयार गरेको छ । नरेन्द्र मोदी क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको पञ्जाबले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २ सय ४३ रनको विशाल योगफल तयार गर्यो । पञ्जाबका लागि कप्तान र खेलाडीको रुपमा डेब्यु खेल खेलिरहेका श्रेयसले […]

March 25, 2025

गुजरातले टस जित्यो

एजेन्सी – इण्डियन प्रिमियर लिग(आइपिएल) माआज पञ्जाब किंग्सविरुद्धको खेलमा गुजरात टाइटन्सले टस जितेको छ । गुजरातका‌ कप्तान शुभमन गिलले टस जितेर फिल्डिङ रोजेका छन् । गुजरातको नरेन्द्र मोदी क्रिकेट स्टेडियममा हुने खेलमा पञ्जाबको कप्तानी श्रेयस अय्यरले गर्दैछन् । अय्यरको कप्तानीमा कोलकाता नाइट राइडर्स गत संस्करणमा च्याम्पियन भएको थियो । जारी आइपिएलको यो पाचौं खेल हो । […]

Success

Thank you for your time.