default_image

4 days ago

March 25, 2025

ललित पिएम कपमा १ सय विकेट पूरा गर्ने पहिलो खेलाडी

993 views

0 Bookmark

काठमाडौं(हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबका सफल बलर ललित नारायण राजवंशीले प्रधानमन्त्री (पिएम) कपमा १ सय विकेट पूरा गर्ने पहिलो बलर बनेका छन् ।

सन् २०१७ बाट पिएम सुरु भएयता ललितले ४० इनिङमा यो सफलता प्राप्त गरेका हुन् । पिएम कपमा मंगलवार कर्णाली प्रदेशविरुद्धको खेलमा कप्तान दिवान पुनको विकेट लिंदै उनले सयौं विकेट पूरा गरेका हुन् ।

पिएम कपको इतिहासमा त्रिभुवन आर्मी क्लबका शाहब आलम ९९ विकेटका साथ दोस्रो स्थानममा छन् । सुदूरपश्चिम प्रदेशका शेर मल्ल ६९ विकेटका साथ तेस्रो स्थानमा छन् ।

ललित जारी पिएम कपको सर्वाधिक विकेट लिने खेलाडीको शीर्ष स्थानमा छन् । उनले ८ खेलमा ३३ विकेट लिइसकेका छन् ।

March 28, 2025

चेन्नई घरमा बेंगलुरुसँग पराजित

एजेन्सी – रोयल च्यालेन्जर्स बेंगलुरुले इण्डियन प्रिमियर लिग (आइपिएल) मा चेन्नई सुपर किंग्सलाई उसकै मैदानमा पराजित गरेको छ । चेपकमा बेंगलुरुले चेन्नईलाई १७ वर्ष पछि ५० रनले हराएको हो । सन् २००८ को पहिलो संस्करणमा बेंगलुरुले चेन्नईलाई हराएको थियो । त्यसछिको यो नै पहिलो जित हो । १ सय ९७ रनको लक्ष्य पछ्याएको चेन्नईले निर्धारित […]

March 28, 2025

भारतका झा महिला क्रिकेट टिमका कन्सल्टेन्ट प्रशिक्षक

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) ले महिला विश्वकप क्रिकेट एशिया क्वालिफायरको लागि भारतीय मनिष झालाई कन्सल्टेन्ट प्रशिक्षक नियुक्त गरेको छ । भैरहवामा आज बसेको केन्द्रीय कार्यसमितिको बैठकले यो निर्णय गरेको हो । झा पूर्व भारतीय क्रिकेटर तथा अनुभवी प्रशिक्षक हुन् । दायाँ हाते ब्याट्सम्यान तथा दायाँ हाते मिडियम पेस बलरका रूपमा उनले […]

March 28, 2025

राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षकमा अष्ट्रेलियाका स्टुआर्ट ल नियुक्त

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान)ले अष्ट्रेलियन प्रशिक्षक स्टुआर्ट ललाई दुई वर्षका लागि नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकको रूपमा नियुक्त गरेको छ । संघको शुक्रबार भैरहवामा बसेको केन्द्रीय कार्यसमिति बैठकले प्रशिक्षक नियुक्तिको निर्णय गरेको हो ।‌ मार्चको अन्त्यदेखि सम्झौता लागु हुनेछ । तर के कति रकममा अनुबन्ध गराइएको विषयलाई सार्वजनिक नगरिने क्यानका […]

Success

Thank you for your time.