3 days ago
March 25, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग(आइपिएल) मा आज गुजरात टाइटन्स र पञ्जाब किंग्सबिच खेल हुदैछ ।
गुजरातको नरेन्द्र मोदी क्रिकेट स्टेडियममा खेल नेपाली समय अनुसार बेलुका ७ः४५ बजे सुरु हुनेछ ।
पञ्जाबले आइपिएल २०२५ को मेगा अक्सन अघि केवल प्रभसिमरन सिंह र शशांक सिंहलाई मात्र रिटेन गरेका थिए ।
गुजरातले दुई अनक्याप्ड भारतीय क्रिकेटरलाई रिटेन गरेको थियो । नोभेम्बरमा भएको मेगा अक्सनबाट भने पञ्जाबले अर्शदीप सिंह र हरप्रीत ब्रारलाई टोलीमा फिर्ता ल्याउन सफल भएको थियो ।
टोलीका मुख्य प्रशिक्षक रिकी पोन्टिङजस्तै धेरै खेलाडी नयाँ रहेका छन् ।
पञ्जाब नयाँ कप्तान श्रेयस अय्यरका साथमा मैदान उत्रदै छ । दिल्ली क्यापिटल्सलाई फाइनल पुर्याउन पोन्टिङ र अय्यरले सफल कप्तान–प्रशिक्षकको सम्बन्ध बनाएका थिए । अय्यरको कप्तानीमा रहेको कोलकाता नाइट राइडर्स गत संस्करणमा च्याम्पियन भएको थियो ।
पञ्जाब ग्लेन म्याक्सवेल र मार्कस स्टोइनिसले गर्दा मध्यक्रममा बलियो रहेको छ । लकी फर्गुसन र युजवेन्द्र चहलले बलिङ युनिटलाई बलियो बनाएका छन् । पञ्जाब हरेक संस्करणमा सन्तुलित टोली रहे पनि टोलीले ट्रफी जित्न सकेको छैन ।
गुजरात टाइटन्सले यो वर्ष त्यति धेरै परिवर्तन गरेको छैन । शुभमन गिल कप्तानी रहेको टोलीले यो वर्ष जोस बटलरलाई समावेश गर्दै ब्याटिङ लाइनअपलाई थप कसिलो बनाउने प्रयास गरेको छ ।
गुजरातले तीव्र गतिको बलिङ आक्रमणलाई मजबुत बनाउन कागिसो रबाडा, जेराल्ड कोएट्जी, मोहम्मद सिराज र प्रसिद्ध कृष्णालाई टोलीमा समावेश गरेको छ ।
गत सिजन गुजरातले प्रति ओभर ७.४१ को दरले रन खर्चिएको थियो । यो सिजनमा गुजरातले त्यसमा सुधार्नु पर्ने हुन्छ ।
आइपिएल २०२४ मा पावरप्लेमा कम्तीमा १ सय बलको सामना गर्ने २२ ब्याटरमध्ये शुभमनको चौथो सबैभन्दा कम स्ट्राइक रेट १३१.०८ थियो ।
म्याक्सवेल, स्टोइनिस र मार्को यानसन पञ्जाबका लागि पहिलो रोजाइका विदेशी खेलाडी हुनेछन् । जोस इंगलिस र अजमतुल्लाह ओमारजाई चौथो रोजाइमा रहेका छन् । यदि पञ्जाबको टोलीले ओमारजाईलाई खेलाएमा प्रियांश आर्यले प्रभसिमरनसँग पारीको सुरुवात गर्न सक्नेछन् ।
शुभमनले आज खेल हुने स्टेडियममा टि ट्वान्टीमा ७१.९३ को औसत र १६३.२३ को स्ट्राइक रेटमा १ हजार ७९ रन बनाएका छन् । यो वर्षको सुरुमा कागिसो रबाडा र राशिद खानले एमआई केप टाउनलाई एसए ट्वान्टी को उपाधि दिलाउन संयुक्त रुपमा सर्वाधिक विकेट लिएका थिए ।
इङ्गलिसले तीव्र गतिका बलरविरुद्ध १४९.०९ र स्पिनविरुद्ध १४५.७४ को रन बनाएका छन् ।
पिचको अवस्था
नरेन्द्र मोदी स्टेडियमको पिच कस्तो हुनेछ भनेर अनुमान गर्न गाह्रो छ। गत सिजन दिल्ली क्यापिटल्सविरुद्ध टाइटन्स ८९ रनमा अलआउट भएको थियो । सनराइजर्स हैदरावादले १ सय ५९ र १ सय ६२ रन बनाएको थियो ।
तर, उक्त स्थलमा गुजरातले १ सय ९९ वा सो भन्दा बढीको योगफल तीन पटक बनाएको थियो । २०२४ को आइपिएलमा अहमदाबादमा खेलेका ८ खेलमध्ये ६ खेलमा जित हात पारेको थियो ।
March 28, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा आज रोयल च्यालेन्जर्स बेंगलुरु र चेन्नई सुपर किंग्सबिच खेल हुँदैछ । चेन्नईको घरेलु मैदान एमए चिदम्बरम अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम चेपकमा खेल नेपाली समयअनुसार राति ७ः४५ बजे सुरु हुनेछ।हुदैछ । दुवै टोलीले जितबाट आइपिएलको सुरुवात गरेका थिए। बेंगलुरुले कोलकाता नाइटराईडर्सलाई त चेन्नईले मुम्बई इण्डियन्सलाई हराएको थियो थियो । सन् […]
March 27, 2025
एजेन्सी – लखनउ सुपर जायन्ट्सले इण्डियन प्रिमियर लिग (आइपिएल) २०२५ मा पहिलो जित हात पारेको छ । लखनउले सनराइर्जस हैदराबादलाई ६ विकेटले परजित गर्यो । १ सय ९१ रनको लक्ष्य लखनउले १६.१ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । लखनउको जितमा निकोलस पुरनले २६ बलमा समान ६ छक्का र चौकासहित सर्वाधिक ७० रन जोडे । […]
March 27, 2025
एजेन्सी – सनराइजर्स हैदराबादले इण्डियन प्रिमियर लिग(आइपिएल) मा लखनउ सुपर जायन्ट्सलाई जितका लागि बलियो लक्ष्य दिएको छ । जारी खेलमा हैदराबादले लखनउलाई जितका लागि १ सय ९१ रनको लक्ष्य दिएको छ । घरेलु मैदान राजिब गान्धि अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको हैदराबादले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ९० रनको […]