default_image

2 days ago

March 24, 2025

टाइपछि सुपर ओभरमा गण्डकीको‌ जित

971 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा आज मधेशसँगको खेलमा टाई भएपछिको सुपर ओभरमा गण्डकी प्रदेश विजयी भएको छ।

सुपर ओभरमा गण्डकीले २ विकेट गुमाएर २२ रन बनाएको थियो। जवाफमा मधेशले कुनै विकेट नगुमाई‌ ९ रन मात्र बनाउन सक्यो ।

यसरी भयो टाई’

जारी प्रतियोगितामा सुपर ओभर भएको यो पहिलो खेल यो पहिलो बराबरी नतिजा हो। गण्डकीका अर्जुन कुमालको शतक प्रहार गरेपछि गण्डकी टाइ गर्न सफल भएको थियो ।

जितको लागि २ सय ४७ रनको लक्ष्य पछ्याएको गण्डकी १ बल बाकी छँदा अल आउट हुँदै २ सय ४६ रन समेटियो।

खराब सुरुवात गरेको गण्डकीले १६ रन जोड्दा ३ विकेट गुमायो। विशाल पटेलले सुरुवाती ३ विकेट लिए। उनले ओपनर मुस्कान थापालाई १ रनमा तथा दीपक डुम्रे र रोहित चन्दलाई विना कुनै रन पबिलियनको बाटो देखाए।

त्यसपछि अर्जुनले इनिङस सम्हाले। उनलाई दीनेश बुढामगरले साथ दिए। यी दुई मिलेर चौथो विकेटको लागि १ सय १० रनको साझेदारी गरे। ३४ रन बनाएर दीनेश आउट भएपछि अन्य खेलाडी क्रिजमा टिक्न सकेनन्। निरन्तर अन्तरालमा विकेट झर्यो।

क्रिजमा जमेका अर्जुनले १ सय ३३ बलमा १० चौका र १ छक्का सहित शतक प्रहार गरे। उनी १ सय ६ रन बनाएर रञ्जित कुमारको बलमा आउट भए। आठौं विकेटको रुपमा अर्जुन आउट हुँदा गण्डकीले १ सय ९४ रन बनाएको थियो।

त्यसपछि कप्तान विपिन खत्री र सुदीप अर्यालले नवौं विकेटको लागि ४५ रनको साझेदारी गरे। अन्तिम ६ बलमा ९ रन जरुरी हुँदा विपिन अन्तिम ओभरको पहिलो बलमा विशाल पटेलको एलबिडब्लु धरापमा परे।

चौथो बलमा सुदीपले चौका प्रहार गर्दै टोलीलाई जिततर्फ अग्रसर बनाएका थिए। पाँचौं बलमा सुदीपले १ रन बनाए। यसपछि अन्तिम बलमा जितको लागि गण्डकीलाई २ रन आवश्यक थियो।

बलर विशाल पटेलले वाइड बल फाले। वाइड बलमा सन्दीप पराजुली रन आउट हुन पुगे। वाइडबाट प्राप्त १ रनले खेल टाइ भयो। यो बलमा सन्दीप रन आउट नभएको भए अन्तिम १ बलमा १ रन जोड्न सकेको भए गण्डकीले जित हात पार्ने थियो।

तर यो मौका गण्डकीले चुकाएको छ। बलिङमा विशाल पटेलले ८ ओभर ५ बलमा १ मेडन सहित ५२ रन खर्चेर ४ विकेट लिए।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मधेश प्रदेशले ५० ओभरमा ७ विकेटको नोक्सानीमा २ सय ४६ रनको योगफल खडा गर्यो।

कमजोर सुरुवात गरेको मधेशले १७ रन बनाउँदा २ विकेट गुमाएको थियो। ७ रन बनाएका मयान यादव अमृत गुरुङद्वारा कट एण्ड बोल्ड भए। कप्तान अनिल शाह ३ रनमा विपिन खत्रीको बलमा आउट भए।

तर त्यसपछि ओपनर रोहन विके र हरिशंकर शाहले तेस्रो विकेटको लागि शतकीय साझेदारी गरे। दुवैले अर्धशतक प्रहार गरे।

रोहन ९८ बल खेलेर ६ चौका र ३ छक्का सहित ६४ रन जोडेर आउट भए। हरिशंकर ५१ रन बनाएर रन आउट हुन पुगे। यसपछि छैटौं क्रमका ब्याटर रुपेश सिंगले मात्र ३२ बल खेलेर ४ चौका र ३ छक्का सहित अविजित ५१ रन बनाए।

बलिङमा विपिन खत्री र कमल परियारले समान २, अमृत गुरूङ र सन्दीप पराजुलीले समान १ विकेट लिए।
गण्डकीले २ जित र ७ हारमा ४ अंकमा प्रतियोगिता सकाएको छ। ७ खेलमा मधेशले ४ अंक बनाएको छ।

  • टाईपछि सुपर ओभरमा गण्डकी विजयी भएको थियो हुनुपर्नेमा अन्यथा भएकोले सच्याइएको छ।-सम्पादक

March 26, 2025

महिला ओडिआई विश्वकप – फाइनल मुल्लापुरमा हुने

एजेन्सी – महिला ओडिआई विश्वकप २०२५ को फाइनल खेल पञ्जाबको मुल्लानपुरस्थित महाराजा यादविन्द्र सिंह अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने भएको छ। ओडिआई महिला विश्वकप सेप्टेम्बर २९ देखि अक्टोबर २६ सम्म भारतमा आयोजना हुनेछ । विशाखापट्टनम, तिरुवनंतपुरम, रायपुर र इन्दौरमा विश्व कपका खेलहरु आयोजना हुनेछ । विशाखापट्टनमबाहेक अन्य कुनै पनि स्थानमा अहिलेसम्म महिला अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना भएको […]

March 26, 2025

परागको घरेलु मैदानमा राजस्थान र कोलकाता भिड्दै

एजेन्सी – इण्डियन प्रिमियर लिग(आइपिएल) मा आज राजस्थान रोयल्स र कोलकाता नाइटराइडर्स खेल्दैछन् । राजस्थानको दोस्रो घरेलु मैदान गुवाहाटीमा नेपाली समय अनुसार राति ७ः४५ बजे खेल सुरु हुनेछ । गुवाहाटी सन् २०२३ देखि राजस्थानको लागि कहिलेकाहीं घरेलु मैदानको रुपमा प्रयोगमा आउने गरेको छ । गुवाहाटीको यो मैदान राजस्थानका कप्तान रहेका रियान परागको घरेलु मैदान समेत […]

March 26, 2025

पञ्जाबको विजयी सुरुवात

एजेन्सी – पञ्जाब किंग्सले इण्डियन प्रिमियर लिग(आइपिएल) मा विजयी सुरुवात गरेको छ। श्रेयस अय्यरको कप्तानी इनिङमा पञ्जाबले गुजरात टाइटन्सलाई ११ रनले हराउँदै सफल सुरुवात गरेको छ ।२ सय ४४ रनको लक्ष्य पछ्याएको गुजरात ५ विकेटको नोक्सानीमा २ सय ३२ रन बनाउन सक्यो । टप अडरले सुरुवात राम्रो दिलाए पनि मध्यक्रमले त्यसलाई अघि बढाउन सकेन। साई सुदर्शन […]

Success

Thank you for your time.