default_image

2 days ago

March 24, 2025

रिजन र सूर्य चम्किँदा बागमतीको सहज जित

389 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- बागमती प्रदेशले प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज कर्णाली प्रदेशलाई ९ विकेटले‌ हराएको छ।

बागमतीले ५९ रनको लक्ष्य ६.३ ओभरमा १ विकेट गुमाउँदै पूरा गरेको हो। टोलीका ओपनर आशुतोष घिरइया १९ र शुभ कंसाकारले १६ नटआउट रहे‌। अर्का ओपनर इशान पाण्डेले सर्वाधिक २२ रन जोडे।

त्यसअघि रिजन ढकाल र सूर्य तामाङले ९ विकेट लिएपछि कर्णाली १९.१ओभरमा अल आउट हुँदै ५८ रन मात्र बनाउन सक्यो।

दाङ लमहीको देउखुरी क्रिकेट मैदानमा कर्णालीले टस जितेर ब्याटिङ रोजेको थियो। रिजनले ८.१ ओभरमा १ मेडनसहित १९ रन खर्चेर ५ विकेट लिए।

सूर्यले ७ ओभरमा २ मेडन राखेर १७ रन दिदैं ४ विकेट हात पारे । रिजन प्लेयर अफ दि म्याच घोषित भए।

कर्णालीका लागि सुनिल धमलाले सर्वाधिक १५ रन बनाए। अन्य कुनैपनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।

दुवै टोली पिएम कपको फाइनल दौडबाट बाहिरिसकेको छन् । बागमती ८ खेलमा‌ चौथो जितपछि ८ अंकसहित तालिकाको चौथो स्थानमा छ। समान खेलमा‌ समान अंकसहित कर्णाली पाँचौं स्थानमा छ।

March 26, 2025

महिला ओडिआई विश्वकप – फाइनल खेल मुल्लापुरमा हुने

एजेन्सी – महिला ओडिआई विश्वकप २०२५ को फाइनल खेल पञ्जाबको मुल्लानपुरस्थित महाराजा यादविन्द्र सिंह अन्तर्राष्ट्रिय रङ्गशालामा हुने भएको छ । ओडिआई महिला विश्वकप यसै वर्षको सेप्टेम्बर २९ देखि अक्टोबर २६ सम्म भारतमा आयोजना हुनेछ । विशाखापट्टनम, तिरुवनंतपुरम, रायपुर र इन्दौरमा विश्व कपका खेलहरु आयोजना हुनेछ । विशाखापट्टनमबाहेक अन्य कुनै पनि स्थानमा अहिलेसम्म महिला अन्तर्राष्ट्रिय प्रतियोगिता […]

March 26, 2025

परागको घरेलु मैदानमा राजस्थान र कोलकाता भिड्दै

एजेन्सी – इण्डियन प्रिमियर लिग(आइपिएल) मा आज राजस्थान रोयल्स र कोलकाता नाइटराइडर्स खेल्दैछन् । राजस्थानको दोस्रो घरेलु मैदान गुवाहाटीमा नेपाली समय अनुसार राति ७ः४५ बजे खेल सुरु हुनेछ । गुवाहाटी सन् २०२३ देखि राजस्थानको लागि कहिलेकाहीं घरेलु मैदानको रुपमा प्रयोगमा आउने गरेको छ । गुवाहाटीको यो मैदान राजस्थानका कप्तान रहेका रियान परागको घरेलु मैदान समेत […]

March 26, 2025

पञ्जाबको विजयी सुरुवात

एजेन्सी – पञ्जाब किंग्सले इण्डियन प्रिमियर लिग(आइपिएल) मा विजयी सुरुवात गरेको छ। श्रेयस अय्यरको कप्तानी इनिङमा पञ्जाबले गुजरात टाइटन्सलाई ११ रनले हराउँदै सफल सुरुवात गरेको छ ।२ सय ४४ रनको लक्ष्य पछ्याएको गुजरात ५ विकेटको नोक्सानीमा २ सय ३२ रन बनाउन सक्यो । टप अडरले सुरुवात राम्रो दिलाए पनि मध्यक्रमले त्यसलाई अघि बढाउन सकेन। साई सुदर्शन […]

Success

Thank you for your time.