2 days ago
March 24, 2025
इन्डियन प्रिमियर लिग (आइपिएल) का टोलीहरु अक्सनका दौरान स्टार खेलाडीहरुमात्रै लगानी गर्दैनन् । गल्ली गल्लीमा पुगेर खोजेको प्रतिभालाई पनि स्थान दिन्छन् । सिनियर स्तरको खेल वा घरेलु क्रिकेट नै नखेलेका किन नहोस्, विश्वकै चर्चित र लोकप्रिय क्रिकेट लिग आइपिएलमा अनुभव भन्दापनि प्रतिभालाई प्राथमिकता दिइन्छ । यसले फ्रेन्चाइज टोलीको अक्सनमा मूल्य बचाउन ठूलो भूमिका खेल्दा क्षमता भएका प्रतिभाले पनि अवसर पाउने गर्दछन् ।
फ्रेन्चाइज टोलीहरुले स्काउटिङ गर्दौ प्रतिभा खोजेर एकेडेमीमा ल्याउँदै तयार पारेपछि अक्सनबाट भित्र्याउने गर्दछन् ।
भारतीय क्रिकेटका सुपरस्टार हार्दिक पान्ड्या र जस्प्रित बुमराह मुम्बई इन्डियन्सको स्काउटिङ टिमले खोजेको उदाहरणीय क्रिकेटर हुन् । मुम्बईको प्रतिभा खोजीको लिष्टमा २४ वर्षीय विग्नेश पुथुर पनि समावेश भएका छन् ।
१० महिना अघि मात्रै मुम्बईको स्काउटिङ टिमले केरलाबाट ल्याएको पुथुरले भारतको कुनैपनि किसिमको सिनियर प्रतियोगिता खेलेका छैनन् । तर आइतवार राती चेन्नई सुपर किंग्सविरुद्ध ३ विकेट लिँदै ड्रिम डेब्यू गरे ।
टस हारेर पहिला ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ५५ रन बनाएको थियो । त्यसपछि पूर्व कप्तान रोहित शर्माको स्थानमा इम्प्याक्ट प्लेयरको रुपमा चेन्नईको घरेलु मैदान चेपकमा छिरेका थिए ।
ठूलो प्रतियोगता नखेलेका, पहिलो खेलको दबाब र आईपीएल जस्तो विग स्टेजमा उनले पहिलो खेलमै आफ्नो प्रभाव छाड्न सफल भए । कार्यवहाक कप्तान सूर्यकुमार यादवले आठौं ओभरमा उनलाई पहिलो बल दिएका थिए । उनले चेन्नईका कप्तान ऋतुराज गायकवाडलाई एक सिंगल दिँदै सुरुवात गरे ।
पाँचौं बलमा ठूलो सट खेलेका ऋतुराज गायकवाड विल जायक्सबाट क्याच आउट भए । २६ बलमा ६ चौका र ३ छक्काका साथ ५३ रन प्रहार गरेका ऋतुराजलाई आउट गर्दै मुम्बईलाई जितको झिनो आशा देखाएका थिए ।
त्यसपछि दशौं ओभरको चौथो बलमा खेलेका शिवम दुवे लङअनमा ९ रनमा क्याच आउट भए । १२ औं ओभरको पहिलो बलमा रचिन रविन्द्रले केहि अघि बढेर उनलाई छक्का हानेका थिए । तर चौथो बलमा दीपक हुडालाई ३ रनमा क्याच गराए ।
त्यसपछि १८ औं ओभरमा आएका उनलाई रचिन रविन्द्रले तेस्रो र अन्तिम बलमा छक्का प्रहार गरेका थिए । मुम्बईले खेल चार विकेटले हारेपनि समग्रमा पुथुरले ४ ओभरमा ३२ रन खर्चेर ३ विकेट लिए ।
बायाँ हाते भएपनि नाडीको बलले बल घुमाउने क्षमता निकै कम खेलाडीमा हुन्छ । पिचको अवस्था बुझ्दै बलको गति लगातार परिवर्तन गर्नु, लेगस्पिन र गुगली दुवै बल फाल्ने खुबी उनले खेलमा देखाएका थिए ।
को हुन् पुथुर ?
पुथुरको जन्म सन् २००१ मार्च २ मा केरलाको मलापुरममा भएका हो । उनका बुबा सुनिल कुमार एक अटोरिक्सा चालक हुन् । आमा केपी विन्दु घरमै काम गर्छिन् । कमजोर आर्थिक अवस्था भएपनि परिवारले उनको क्रिकेट यात्रामा साथ दिँदै आएको छ । क्रिकेट यात्रालाई अघि बढाउन उनी मलापुरमबाट त्रिशुर गएका थिए ।
बाल्यकालमा मध्यगतिका बलरको रुपमा करिअर अघि बढाएका उनले स्थानीय क्रिकेटर मोहम्मद शरिफको सुझावमा स्पिन थालेका थिए । केरला कलेज प्रिमियर लिग थोमस कलेजबाट प्रतिनिधित्व गरेका थिए ।
त्रिशुरको सेन्ट थोमस कलेजबाट उनले साहित्य कलामा स्नातकोत्तर गरेका छन् । उनले केरलाबाट यू१४, यू१९ र यू२३ किकेट प्रतिनिधित्व गरेका छन् ।
गत सेप्टेम्बरमा केरला प्रिमियर लिगमा उनले एलेप्पी रिपल्सबाट खेल्दै ३ खेलमा दुई विकेट लिएका थिए । मुम्बईको स्काउटिङ टिमले उनलाई आफ्नो एकेडेमीमा ल्याएर समेत प्रशिक्षण गराएको थियो । गत नोभेम्बर अन्तिम साता भएको अक्सनमा न्यूनतम मूल्य ३० लाखमा अनुबन्ध गरेको थियो ।
गत जनवरी फेब्रुअरीमा सम्पन्न एसएटी२० लिगमा नेट बलरको रुपमा दक्षिण अफ्रिका पठाउँदै उनको प्रतिभामा थप निखारपन ल्याउन प्रयास गरेको थियो । जहाँ एमआई केप टाउनका कप्तान तथा वर्तमान समयका उत्कृष्ट स्पिनर राशिद खानसँग थप सिक्न पाए ।
खेल सम्पन्न पछि पेभेलिएन फर्किनेक्रममा चेन्नईका महेन्द्रसिंह धोनीले पनि उनको प्रदर्शनको तारिफ गर्दै बधाई दिएका थिए ।
‘मुम्बई युवा खेलाडीलाई अवसर दिन परिचित छ । मुम्बई स्काउटको १० महिनामै विग्नेशले यो किसिमको प्रदर्शन गर्न सफल भएका छन् । यदि खेल अन्तिमसम्म जान्छ कि भनेर मैले एक ओभर उनको बचाएर राखेको थिए’, खेलपछि सुर्यकुमार यादवले भने ।
-एजेन्सीको सहयोगमा भूपेन्द्र जिसीको प्रस्तुती
March 26, 2025
एजेन्सी – पञ्जाब किंग्सले इण्डियन प्रिमियर लिग(आइपिएल) मा विजयी सुरुवात गरेको छ। श्रेयस अय्यरको कप्तानी इनिङमा पञ्जाबले गुजरात टाइटन्सलाई ११ रनले हराउँदै सफल सुरुवात गरेको छ ।२ सय ४४ रनको लक्ष्य पछ्याएको गुजरात ५ विकेटको नोक्सानीमा २ सय ३२ रन बनाउन सक्यो । टप अडरले सुरुवात राम्रो दिलाए पनि मध्यक्रमले त्यसलाई अघि बढाउन सकेन। साई सुदर्शन […]
March 25, 2025
एजेन्सी – श्रेयस अय्यरको कप्तानी इनिङमा पञ्जाब किंग्सले इण्डियन प्रिमियर लिग(आइपिएल) मा गुजरात टाइटन्सविरुद्ध विशाल योगफल तयार गरेको छ । नरेन्द्र मोदी क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको पञ्जाबले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २ सय ४३ रनको विशाल योगफल तयार गर्यो । पञ्जाबका लागि कप्तान र खेलाडीको रुपमा डेब्यु खेल खेलिरहेका श्रेयसले […]
March 25, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग(आइपिएल) माआज पञ्जाब किंग्सविरुद्धको खेलमा गुजरात टाइटन्सले टस जितेको छ । गुजरातका कप्तान शुभमन गिलले टस जितेर फिल्डिङ रोजेका छन् । गुजरातको नरेन्द्र मोदी क्रिकेट स्टेडियममा हुने खेलमा पञ्जाबको कप्तानी श्रेयस अय्यरले गर्दैछन् । अय्यरको कप्तानीमा कोलकाता नाइट राइडर्स गत संस्करणमा च्याम्पियन भएको थियो । जारी आइपिएलको यो पाचौं खेल हो । […]