default_image

2 days ago

March 23, 2025

चेन्नईले मुम्बईलाई हरायो

1616 views

0 Bookmark

एजेन्सी – मुम्बई इण्डियन्सलाई ४ विकेटले हराउँदै चेन्नई सुपर किंग्सले इण्डियन प्रिमियर लिग (आइपिएल) मा विजयी सुरुवात गरेको छ।‌

चेन्नइको जितमा रुतुराज गाइक्वाड र रचिन रविन्द्रको अर्धशतक महत्वपूर्ण रहयो। जितको लागि १ सय ५६ रनको सहज लक्ष्य चेन्नईले १९.१ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो।

ओपनर राहुल त्रिपाठी मात्र २ रनमा दीपक चाहरको बलमा आउट भए। पहिलो विकेट गुमाउँदा ११ रन मात्र बनेपनि पहिलो पावर प्लेमा चेन्नईले ६२ रन बनायो।

यो क्रममा विष्फोटक ब्याटिङ गरेका रुतुराजले २२ बलमा ६ चौका र ३ छक्का सहित अर्धशतक प्रहार गरे।रुतुराज र रचिनले दोस्रो विकेटको लागि ६७ रनको साझेदारी गरे।

रुतुराज ५३ रनमा आउट भए। भिगनेश पुथुरले रुतुराजलाई विल ज्याक्सद्वारा क्याच आउट गराए। लगतै शिवम दुबे ९ रनमा र दीपक होडा ३ रनमा भिगनेशकै बलमा आउट भए।

साम कुरान पनि ४ रनमा आउट भए। योसँगै चेन्नइ दबाबमा आयो। तर इनिङसको सुरुवात देखि क्रिजमा टिकेका रचिनले सुझबुझपूर्ण पारी खेल्दै चेन्नईलाई जित दिलाए।

४२ औं बलमा छक्का प्रहार गर्दै उनले अर्धशतक पूरा। यसपछि १९औं ओभरको पहिलो बलमा अर्को छक्का प्रहार गर्दै चेन्नइको जितलाई सहज बनाए। रचिनले ४४ बल खेल्दै २ चौका र ३ छक्का सहित अविजित ५९ रनको योगदान दिए।

बलिङमा भिगनेश पुथुरले ४ ओभरमा ३२ रन खर्चेर ३ विकेट लिए।‌ त्यसअघि टस जितेर चेन्नईले पहिले फिल्डिङ रोज्यो।

मुम्बईले २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ५५ रन बनायो। कमजोर सुरुवात गरेको मुम्बईले पहिलो पावर प्लेमा ३ विकेट गुमाउँदै मात्र ५२ रन जोड्यो। खालिद अहमदले सुरूवाती २ विकेट लिए।

भारतीय क्रिकेट टोलीका कप्तान ओपनर रोहित शर्मा डक आउट भए। यसपछि १३ रन बनाएका रायन रिकल्टनलाई पनि खालिदले बोल्ड आउट गरे।

विल ज्याक्स ११ रन जोडेर रविचन्द्र आश्विनको बलमा शिवम‌ दुबेद्वारा क्याच आउट हुन पुगे। ३६ रन जोड्दा ३ विकेट गुमाएको मुम्बईले दबाबमा पर्यो। ठुलो साझेदारी बन्न सकेन ।

नुर यादवको उत्कृष्ट बलिङमा मुम्बईले खुलेर ब्याटिङ गर्न सकेन्। उनले यसपछि चार खेलाडीलाई आउट गरे‌।
कार्यवहाक कप्तान सूर्य कुमार यादव २६ बलमा २९ रन जोड्दै नुर अहमदको बलमा आउट भए। यसपछि १३ औं ओभरमा नुरले नै थप २ विकेट लिए।

रविन मिन्ज ३ रनमा पबिलियन फर्किए। ३१ रन बनाएका तिलक वर्मा नुरकै बलमा एलबिडब्लु धरापमा परे। उनले २५ बल खेल्दै २ चौका र २ छक्का प्रहार गरे। उनी नै मुम्बईको लागि सर्वाधिक रन बटुल्ने खेलाडी बने। ९६ रन जोड्दा मुम्बईले ६ विकेट गुमायो।

सातौं विकेटको रूपमा नमन धीर १७ रन जोडेर नुरको बलमा बोल्ड आउट हुन पुगे। नवौं क्रमका ब्याटर दीपक चाहरले १५ बल खेल्दै २ चौका २ २ छक्का प्रहार गर्दै अविजित २८ रन बनाए।

बलिङमा नुर अहमदले ४ ओभर बलिङ गर्दै मात्र १८ रन दिएर ४ विकेट लिए। मुम्बईलाई रनमा रोक्न उनको कसिलो बलिङ तारिफयोग्य रहयो। यस्तै खालिद मोहम्मदले ३ विकेट लिए।

यो जितमा चेन्नइले २ अंक जोडेको छ। मुम्बइले भने हारबाट लिगको सुरूवात गर्यो।

आज भएको पहिलो खेलमा सनराइजर्स हैदरावादले
राजस्थान रोयल्स लाई ४४ रनले पराजित गरेको थियो।

March 25, 2025

एक‌ सातामा क्रिकेट टोलीको प्रशिक्षक नियुक्त हुने!

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षक चयन प्रक्रिया अन्तिम चरणमा पुगेको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ। अबको एक सातामा प्रशिक्षक नियुक्ति प्रक्रिया टुङ्गो लाग्ने क्यानका प्रवक्ता छुम्बी लामाले हाम्रो खेलकुद डटकमलाई बताए। प्रशिक्षकका‌ लागि ७० जनाले दिएको आवेदनबाट १० जनालाई सर्टलिस्ट गरिसकेको र अन्तर्वार्ता अन्तिम चरणमा पुगेको पनि क्यानले […]

March 25, 2025

विशालको ६ विकेटमा मधेशको जित

काठमाडौं(हाम्रो खेलकुद) – विशाल पटेलले ६ विकेट लिएपछि मधेश प्रदेशले प्रधानमन्त्री(पिएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशविरुद्ध ४४ रनलाई पराजित गरेको छ । १ सय ३ रनको सामान्य लक्ष्य पछ्याएको सुदूरपश्चिम २९ ओभरमा ५८ रनमा अलआउट भयो । सुदूरपश्चिमका लागि तल्लोक्रमका ब्याटर हेमन्त धामीले ३३ बलमा सर्वाधिक १९ रन जोडे । अन्य ब्याटरले दोहोरो […]

March 25, 2025

पुलिस पिएम कपको फाइनलमा, ललितको कीर्तिमानी बलिङ

काठमाडौं(हाम्रो खेलकुद) – ललितनारायण राजवंशीको कीर्तिमानी बलिङमा नेपाल पुलिस क्लबले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार आठौं जित हासिल गरेको छ । पुलिसले मंगलवार कर्णाली प्रदेशलाई ४४ रनले पराजित गर्यो । १ सय ४८ रनको लक्ष्य पछ्याएको कर्णाली २४ ओभरमा १ सय ३ रनमा समेटियो । कर्णालीका लागि ओपनर रविन्द्र जंग शाहीले ३२ […]

Success

Thank you for your time.