default_image

2 days ago

March 23, 2025

चेन्नईलाई सहज लक्ष्य

1329 views

0 Bookmark

एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा मुम्बई इण्डियन्सले जितको लागि चेन्नई सुपर किङ्सलाई १ सय ५६ रनको सहज लक्ष्य दिएको छ।

मुम्बईको ब्याटिङ प्रदर्शन अत्यन्त फितलो रहयो। टस जितेर चेन्नईले पहिले फिल्डिङ रोज्यो। मुम्बईले २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ५५ रन बनायो।

कमजोर सुरुवात गरेको मुम्बईले पहिलो पावर प्लेमा ३ विकेट गुमाउँदै मात्र ५२ रन जोड्यो। खालिद अहमदले सुरुवाती २ विकेट लिए।

ओपनर रोहित शर्मा डक आउट भए। यसपछि १३ रन बनाएका रायन रिकल्टनलाई पनि खालिदले बोल्ड आउट गरे। विल ज्याक्स ११ रन जोडेर रविचन्द्र आश्विनको बलमा शिवम‌ दुबेद्वारा क्याच आउट हुन पुगे।

३६ रन जोड्दा ३ विकेट गुमाएको मुम्बईले दबाबमा पर्यो। ठुलो साझेदारी बन्न सकेन्। नुर यादवको उत्कृष्ट बलिङमा मुम्बईले खुलेर ब्याटिङ गर्न सकेन। उनले यसपछि चार खेलाडीलाई आउट गरे‌।

कार्यवहाक कप्तान सूर्य कुमार यादव २६ बलमा २९ रन जोड्दै नुर अहमदको बलमा आउट भए। यसपछि १३ औं ओभरमा नुरले नै थप २ विकेट लिए। रविन मिन्ज ३ रनमा पबिलियन फर्किए।

३१ रन बनाएका तिलक वर्मा नुरकै बलमा एलबिडब्लु धरापमा परे। उनले २५ बल खेल्दै २ चौका र २ छक्का प्रहार गरे। उनी नै मुम्बईको लागि सर्वाधिक रन बटुल्ने खेलाडी बने। ९६ रन जोड्दा मुम्बईले ६ विकेट गुमायो।

सातौं विकेटको रूपमा नमन धीर १७ रन जोडेर नुरको बलमा बोल्ड आउट हुन पुगे। नवौं क्रमका ब्याटर दीपक चाहरले १५ बल खेल्दै २ चौका २ २ छक्का प्रहार गर्दै अविजित २८ रन बनाए।

बलिङमा नुर अहमदले ४ ओभर बलिङ गर्दै मात्र १८ रन दिएर ४ विकेट लिए। मुम्बईलाई रनमा रोक्न उनको कसिलो बलिङ तारिफयोग्य रहयो। यस्तै खालिद मोहम्मदले ३ विकेट लिए।

आज भएको पहिलो खेलमा सनराइजर्स हैदरावादले
ले राजस्थान रोयल्स लाई ४४ रनले पराजित गरेको थियो।

  • चेन्नईलाई‌ सहज लक्ष्य हुनुपर्नेमा अन्यथा भएकोले सच्याइएको छ।-सम्पादक

March 25, 2025

विशालको ६ विकेटमा मधेशको जित

काठमाडौं(हाम्रो खेलकुद) – विशाल पटेलले ६ विकेट लिएपछि मधेश प्रदेशले प्रधानमन्त्री(पिएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशविरुद्ध ४४ रनलाई पराजित गरेको छ । १ सय ३ रनको सामान्य लक्ष्य पछ्याएको सुदूरपश्चिम २९ ओभरमा ५८ रनमा अलआउट भयो । सुदूरपश्चिमका लागि तल्लोक्रमका ब्याटर हेमन्त धामीले ३३ बलमा सर्वाधिक १९ रन जोडे । अन्य ब्याटरले दोहोरो […]

March 25, 2025

पुलिस पिएम कपको फाइनलमा, ललितको कीर्तिमानी बलिङ

काठमाडौं(हाम्रो खेलकुद) – ललितनारायण राजवंशीको कीर्तिमानी बलिङमा नेपाल पुलिस क्लबले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार आठौं जित हासिल गरेको छ । पुलिसले मंगलवार कर्णाली प्रदेशलाई ४४ रनले पराजित गर्यो । १ सय ४८ रनको लक्ष्य पछ्याएको कर्णाली २४ ओभरमा १ सय ३ रनमा समेटियो । कर्णालीका लागि ओपनर रविन्द्र जंग शाहीले ३२ […]

March 25, 2025

नेपाली युवा टोलीसँग दिल्लीको हार

काठमाडौं(हाम्रो खेलकुद) – नेपाली यु-१९ क्रिकेट टोलीले भारतको दिल्ली यु १९ लाई पहिलो ५० ओभरको अभ्यास खेलमा पराजित गरेको छ । विरगन्जमा मंगलवार भएको ३ खेलको सिरिजको पहिलो खेलमा दिल्ली यु-१९ विरुद्ध नेपालले ५ विकेटको जित हात पारेको हो । ९६ रनको सामान्य लक्ष्य नेपालले ३१ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । नेपालको जितमा […]

Success

Thank you for your time.