default_image

2 days ago

March 23, 2025

आइपिएलमा सनराइजर्स हैदरावादको विजयी सुरुवात

1198 views

0 Bookmark

एजेन्सी – सनराइजर्स हैदरावादले इन्डियन प्रिमियर लिग (आइपिएल) मा विजयी सुरुवात गरेको छ।

हैदरावादको राजीव गांधी स्टेडियममा आज सनराइजर्सले राजस्थान रोयल्स लाई ४४ रनले पराजित गरेको हो।

२ सय ८७ रनको लक्ष्य पछ्याएको राजस्थानले २० ओभरमा ६ विकेक गुमाएर २ सय ४२ रन बनायो ।टोलीका लागि ध्रुव जुरेल र सन्जु साम्सनले अर्धशतक बनाए ।

जुरेलले ३५ बलमा ५ चौका र ६ छक्काको साथमा सर्वाधिक ७० रन जोडे। साम्सनले ३७ बलमा ७ चौका र ४ छक्कासहित ६६ रन बनाए।

सिमरोन‌ हिटमेयर ४२, शुभम दुबेले ३४, नितिश राणाले ११ रन बनाए भने अन्य ब्याटर चल्न सकेनन् ।

हैदरवादका सिमरहित सिंह र हर्षल पटेलले समान २ , मोहम्मद सामी र एडन जाम्पाले समान १ विकेट लिए।

त्यसअघि राजस्थानले टस जितेर हैदरावादलाई ब्याटिङको लागि आमन्त्रण गरेको थियो।

इशान किसनको आक्रमक शतकीय इनिङसँगै हैदरावादले ६ विकेटको नोक्सानीमा २ सय ८६ रन बनाएको थियो।

किसनले नटआउट १ सय ६ रन बनाएपछि टोली विशाल योगफल तयार पारेको छ। आइपिएल इतिहासमा यो दोस्रो ठूलो योगफल हो । अघिल्लो सिजनमा हैदरावादले नै २ सय ८७ रनको कीर्तिमान बनाएको थियो।

४५ बलमा शतक पूरा गरेका किसनले ४७ बलमा ११ चौका र ६ छक्का प्रहार गरे । ओपनर ट्राभिस हेडले पनि आक्रमक खेल्दै अर्धशतक बनाए । हेडले ३१ बलमा ९ चौका र ३ छक्कासहित ६७ रन बनाए ।

अर्को ओपनर अभिषेक शर्माले २४, नितिशकुमार रेड्डीले ३० , हेन्रिच क्लासनले ३४ रन बनाए । राजस्थानका तुषार देश पाण्डेले ३ , महेश थिकसनाले २ र सन्दीप शर्माले १ विकेट लिए।

March 25, 2025

विशालको ६ विकेटमा मधेशको जित

काठमाडौं(हाम्रो खेलकुद) – विशाल पटेलले ६ विकेट लिएपछि मधेश प्रदेशले प्रधानमन्त्री(पिएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशविरुद्ध ४४ रनलाई पराजित गरेको छ । १ सय ३ रनको सामान्य लक्ष्य पछ्याएको सुदूरपश्चिम २९ ओभरमा ५८ रनमा अलआउट भयो । सुदूरपश्चिमका लागि तल्लोक्रमका ब्याटर हेमन्त धामीले ३३ बलमा सर्वाधिक १९ रन जोडे । अन्य ब्याटरले दोहोरो […]

March 25, 2025

पुलिस पिएम कपको फाइनलमा, ललितको कीर्तिमानी बलिङ

काठमाडौं(हाम्रो खेलकुद) – ललितनारायण राजवंशीको कीर्तिमानी बलिङमा नेपाल पुलिस क्लबले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार आठौं जित हासिल गरेको छ । पुलिसले मंगलवार कर्णाली प्रदेशलाई ४४ रनले पराजित गर्यो । १ सय ४८ रनको लक्ष्य पछ्याएको कर्णाली २४ ओभरमा १ सय ३ रनमा समेटियो । कर्णालीका लागि ओपनर रविन्द्र जंग शाहीले ३२ […]

March 25, 2025

नेपाली युवा टोलीसँग दिल्लीको हार

काठमाडौं(हाम्रो खेलकुद) – नेपाली यु-१९ क्रिकेट टोलीले भारतको दिल्ली यु १९ लाई पहिलो ५० ओभरको अभ्यास खेलमा पराजित गरेको छ । विरगन्जमा मंगलवार भएको ३ खेलको सिरिजको पहिलो खेलमा दिल्ली यु-१९ विरुद्ध नेपालले ५ विकेटको जित हात पारेको हो । ९६ रनको सामान्य लक्ष्य नेपालले ३१ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । नेपालको जितमा […]

Success

Thank you for your time.