2 days ago
March 23, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रधानमन्त्री कप पुरूष एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा एपिएफले गण्डकी प्रदेशलाई ३१ रनले हराएको छ।
एपिएफको यो जितसँगै अब पिएम कप फाइनलको होडमा ३ विभागीय टोली मात्र रहेका छन्। बाँकी ७ प्रदेश टोलीको फाइनलमा पुग्ने संभावना समाप्त भएको छ।
एक्सट्रा टेक ओभल मैदानमा जितको लागि २ सय ५९ रनको लक्ष्य पछाएको गण्डकी प्रदेश ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय २७ रनमा समेटियो। गण्डकीका खेलाडीहरूले धेरै बल डटमा खर्चिए।
जुन हारको कारण बन्यो। उसको लागि अर्जुन कुमालले सर्वाधिक ३९ रन जोडे। उनले ८२ रन खर्चेर ३ चौका प्रहार गरे।
दिनेश बुढामगरले ४५ बल खेलेर ३४ रन बनाए। मुस्कान थापा र अमृत गुरुङले समान २३ रन जोडे। मुस्कानले ६१ बल खेले ।
सुदिप अर्याल अविजित २५ रनमा रहे। एपिएफले ३५ रन एक्स्ट्रा दिएको थियो। बलिङमा अभिषेक गौतमले ३ र अमर राउटेलाले २ विकेट लिए।
त्यसअघि पहिले ब्याटिङ गरेको एपिएफले ४९.२ ओभरमा सबै विकेट गुमाएर २ सय ५८ रनको योगफल खडा गर्यो। एपिएफले सानदार सुरुवात गर्यो।
ओपनर लोकेश बम र आशिफ शेखले पहिलो विकेटको लागि १ सय २५ रनको साझेदारी गरे। लोकेश अर्धशतकबाट ४ रनले चुके। उनी सन्दीप पराजुलीको बलमा आउट भए। आशिफले भने ८० रनको पारी खेले। ७४ बल खेल्दै उनले १० चौका र १ छक्का प्रहार गरे।
यसैगरी सुमित मगर्जनले ३१ रन, कमल ऐरीले २५ रन र अमर राउटेलाले २४ रन बनाएका थिए। बलिङमा सुदीप अर्याल र सन्दीप पराजुलीले समान ३ विकेट लिए। कमल परियारले २ विकेट आफ्नो नाममा लेखाए।
यो जितमा एपिएफले ७ खेलबाट १० अंक बनाएको छ। गण्डकीको आठौं खेलमा यो सातौं हार हो।
March 25, 2025
काठमाडौं(हाम्रो खेलकुद) – विशाल पटेलले ६ विकेट लिएपछि मधेश प्रदेशले प्रधानमन्त्री(पिएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशविरुद्ध ४४ रनलाई पराजित गरेको छ । १ सय ३ रनको सामान्य लक्ष्य पछ्याएको सुदूरपश्चिम २९ ओभरमा ५८ रनमा अलआउट भयो । सुदूरपश्चिमका लागि तल्लोक्रमका ब्याटर हेमन्त धामीले ३३ बलमा सर्वाधिक १९ रन जोडे । अन्य ब्याटरले दोहोरो […]
March 25, 2025
काठमाडौं(हाम्रो खेलकुद) – ललितनारायण राजवंशीको कीर्तिमानी बलिङमा नेपाल पुलिस क्लबले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार आठौं जित हासिल गरेको छ । पुलिसले मंगलवार कर्णाली प्रदेशलाई ४४ रनले पराजित गर्यो । १ सय ४८ रनको लक्ष्य पछ्याएको कर्णाली २४ ओभरमा १ सय ३ रनमा समेटियो । कर्णालीका लागि ओपनर रविन्द्र जंग शाहीले ३२ […]
March 25, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाली यु-१९ क्रिकेट टोलीले भारतको दिल्ली यु १९ लाई पहिलो ५० ओभरको अभ्यास खेलमा पराजित गरेको छ । विरगन्जमा मंगलवार भएको ३ खेलको सिरिजको पहिलो खेलमा दिल्ली यु-१९ विरुद्ध नेपालले ५ विकेटको जित हात पारेको हो । ९६ रनको सामान्य लक्ष्य नेपालले ३१ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । नेपालको जितमा […]