2 days ago
March 23, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले आज लुम्बिनी प्रदेशलाई १ सय ३१ रनको फराकिलो अन्तरले हराएको छ।
आर्मीको यो सातौं जित हो। उसले फाइनलमा पुग्ने संभावनालाई बलियो बनाएको छ। सिद्धार्थ रङ्गशालामा आज भएको खेलमा जितको लागि २ सय ४४ रनको लक्ष्य पछाएको थियो।
जहाँ अत्यन्त खराब ब्याटिङ प्रदर्शनमा लुम्बिनी २७.१ ओभरमा सबै विकेट गुमाएर १ सय १२ रनमा समेटियो। लुम्बिनीका कुनै पनि खेलाडी क्रिजमा टिक्न सकेनन्। उसको लागि ओपनर तथा कप्तान देव खनालले सर्वाधिक ३७ रन बनाए।
मनिष थापा र विप्रासन केसीले समान १३ रन जोडे। नर सार्कीले १२ र निर्मल गुरूङले १० रन बनाउँदा अन्यले दोहोरो रन छुन सकेनन्।
लुम्बिनीलाई १ सय १२ रनमा रोक्न सहबाब आलमले ९ ओभर १ बल बलिङ गर्दै २ मेडन सहित २५ रन खर्चेर सर्वाधिक ४ विकेट लिए। नरेन साउदले २ विकेट लिए।
त्यसअघि पहिले ब्याटिङ गरेको ४९ ओभर २ बलमा सम्पुर्ण विकेट गुमाउँदै २ सय ४३ रन बनाएको थियो। ४४ रन जोड्दा ३ विकेट गुमाइसकेको थियो
सन्तोष कार्की १ रनमा, त्रितराज दास ३१ रनमा र इमरान शेख १२ रनमा आउट भए। यसपछि बसिर अहमद र भीम सार्कीले चौथो विकेटको लागि ८१ रनको साझेदारी गरे। यो क्रममा बसिरले अर्धशतक बनाए।
भीम ४४ रनमा आउट भए। बसिरले सर्वाधिक ८६ रन बनाए। उनले १ सय ४ बल खेल्दै ६ चौका प्रहार गरे। सोमपाल कामीले २८ र कुशल मल्लले १७ रन जोडे।
बलिङमा अजय चौहानले ४ विकेट लिए। उनले १० ओभर बलिङ गर्दै ४७ रन खर्चिए।
आर्मीको यो आठौं खेलमा सातौं जित हो। उसले १४ अंक बनाएको छ। यो हारमा लुम्बिनीको फाइनलको पुग्ने संभावना सकिएको छ। उसले ८ खेलबाट मात्र ८ अंक मात्र बनाएको छ। लुम्बिनीको यो चौथो हार हो।
March 25, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाली यु-१९ क्रिकेट टोलीले भारतको दिल्ली यु १९ लाई पहिलो ५० ओभरको अभ्यास खेलमा पराजित गरेको छ । विरगन्जमा मंगलवार भएको ३ खेलको सिरिजको पहिलो खेलमा दिल्ली यु-१९ विरुद्ध नेपालले ५ विकेटको जित हात पारेको हो । ९६ रनको सामान्य लक्ष्य नेपालले ३१ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । नेपालको जितमा […]
March 25, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबका सफल बलर ललित नारायण राजवंशीले प्रधानमन्त्री (पिएम) कपमा १ सय विकेट पूरा गर्ने पहिलो बलर बनेका छन् । सन् २०१७ बाट पिएम सुरु भएयता ललितले ४० इनिङमा यो सफलता प्राप्त गरेका हुन् । पिएम कपमा मंगलवार कर्णाली प्रदेशविरुद्धको खेलमा कप्तान दिवान पुनको विकेट लिंदै उनले सयौं विकेट पूरा गरेका […]
March 25, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग(आइपिएल) मा आज गुजरात टाइटन्स र पञ्जाब किंग्सबिच खेल हुदैछ । गुजरातको नरेन्द्र मोदी क्रिकेट स्टेडियममा खेल नेपाली समय अनुसार बेलुका ७ः४५ बजे सुरु हुनेछ । पञ्जाबले आइपिएल २०२५ को मेगा अक्सन अघि केवल प्रभसिमरन सिंह र शशांक सिंहलाई मात्र रिटेन गरेका थिए । गुजरातले दुई अनक्याप्ड भारतीय क्रिकेटरलाई रिटेन गरेको […]