default_image

18 hours ago

March 22, 2025

आइपिएल – उद्घाटन खेल वर्षाले प्रभावित हुने सम्भावना

1384 views

0 Bookmark

एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) २०२५ को कोलकाता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बेंगलुरुबीच हुने उद्घाटन खेल वर्षाले प्रभावित पार्ने अनुमान गरिएको छ ।

कोलकातामा वर्षा भएकाले कारण खेल हुनेमा शंका उत्पन्न भएको हो । तर, मध्याह्नतिर, घाम लागेकोले खेल हुनेमा केही आशा कायमै राखेको छ ।

यद्यपि, दिनको अधिकांश समय बादल मडारिएको र खेलको समयमा समेत वर्षा हुने पूर्वानुमान गरिएको छ । भारतीय मौसम विभागले शुक्रबार जारी गरेको बुलेटिनमा पश्चिम बङ्गालको गङ्गा क्षेत्रका लागि ‘ओरेन्ज अलर्ट’ जारी गरिएको छ ।

कोलकत्तामा वर्षाका कारण दुवै टोलीको अभ्यास सत्रमा समेत असर परेको थियो । इडन गार्डेनमा कोलकाता र बेंगलुरुबीचको खेल नेपाली समय अनुसार साँझ ७ः४५ बजे सुरु हुने तालिका छ ।

यो सिजन कोलकाताको कप्तानी अजिंक्य रहाणे ले गर्नेछन् । बेंगलुरुले कप्तानको जिम्मेवारी रजत पाटिदारलाई दिइएको छ । झन्डै दुई महिना चल्ने आइपिएलको फाइनल मे २५ मा इडेन गार्डेन हुनेछ ।

March 22, 2025

कोलकातालाई हराउँदै बेंगलुरुको सानदार सुरुवात

एजेन्सी – रोयल च्यालेन्जर्स बेंगलुरुले इण्डियन प्रिमियर लिग (आइपिएल) २०२५ को पहिलो खेलमा साविक विजेता कोलकाता नाइटराइडर्सलाई हराउँदै सानदार सुरुवात गरेको छ । कोलकाताको घरेलु मैदानमा शनिवार भएको खेलमा बेंगलुरुले ७ विकेटको जित हासिल गरेको हो । १ सय ७५ रनको लक्ष्य बेंगलुरुले १६.२ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । बेंगलुरुको जितमा विराट कोहलीले […]

March 22, 2025

मध्यक्रम नचल्दा कोलकाताको मध्यम योगफल

एजेन्सी – मध्येक्रमको ब्याटर चल्न नसक्दा इण्डियन प्रिमियर लिग(आइपिएल) २०२५ को पहिलो खेलमा कोलकाता नाइटराइडर्सले मध्यम योगफल तयार गरेको छ । घरेलु मैदानमा जारी खेलमा कोलकाताले रोयल च्यालेन्जर्स बेंगलुरुलाई १ सय ७५ रनको लक्ष्य प्रस्तुत गरेको हो । इडन गार्डेनमा टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ७४ […]

March 22, 2025

सूर्यको ५ विकेटमा बागमतीले कोशीलाई हरायो

काठमाडौं(हाम्रो खेलकुद) – स्पिनर सूर्य तामाङले ५ विकेट लिएसँगै प्रधानमन्त्री (पिएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज बागमती प्रदेशले कोशीलाई सहजै हराएको छ। दाङमा भएको खेलमा बागमतीले कोशी प्रदेशलाई १ सय ३१ रनले पराजित गरेको हो । २ सय ४१ रनको लक्ष्य पछ्याएको कोशी २५.३ ओभरमा १ सय ९ रनमा समेटियो । कोशीका लागि अइस […]

Success

Thank you for your time.