default_image

6 hours ago

March 21, 2025

एपिएफले सुदूरपश्चिमलाई हरायो

241 views

0 Bookmark

काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली नेपाल एपिएफ क्लबले सुदूरपश्चिम प्रदेशलाई प्रधानमन्त्री (पिएम) कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा हराएको छ ।

सुदूरपश्चिमविरुद्ध शुक्रवार एपिएफ ३ विकेटले विजयी भयो । १ सय ९२ रनको लक्ष्य एपिएफले ३६.३ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो ।

एपिएफका लागि सन्दीप जोराले सर्वाधिक ५१ रन जोडे । उनले ६८ बलमा ५ चौका प्रहार गरे । ओपनर आसिफ शेखले ४६ बलमा ४ चौकाको सहयोगमा ३२ रन जोडे ।

लोकेस बम १९, दिपक बोहोरा १६, कप्तान रोहित पौडेल र भुवन कार्की समान १४ रनमा आउट भए।सुदूरपश्चिमका लागि विकास आग्री, शेर मल्ल र नारायण जोशीले समान २ विकेट लिए ।

त्यसअघि सिद्धार्थ क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको सुदूरपश्चिम ४८.५ ओभरमा १ सय ९१ रनमा समेटिएको थियो ।

सुदूरपश्चिमका लागि निश्चल खत्रीले ९२ बलमा ८ चौका र १ छक्कासहित ५७ रन बनाए । दोस्रो विकेटका लागि निश्चलले प्रकाश पाण्डेले ९१ रनको साझेदारी गरे । प्रकाशले ७२ बलमा ४ चौकाको सहयोगमा ४२ रन जोडे ।

सुदूरपश्चिम १ विकेट गुमाएर १ सय ९ रनको अवस्थामा विशाल योगफल तयार गर्ने अनुमान गरिएको थियो । तर, मध्यक्रमका ब्याटरहरु नचल्दा सुदूरपश्चिमले ८२ रन जोड्दा बाँकी रहेको ९ विकेट गुमायो ।

किरन ठगुन्ना १२, शेर मल्ल ११ तथा हेमन्त धामी र सुनिल चन्द समान १० रनमा आउट भए । एपिएफका लागि कप्तान रोहित पौडेल र अमरसिंह राउटेलाले समान ३ र भुवन कार्कीले २ विकेट लिए ।

एपिएफ ६ खेलमा ८ अंकका साथ तेस्रो स्थानमा उक्लिएको छ । सुदूरपश्चिम ७ खेलमा ४ अंकमा छ ।

March 21, 2025

मधेशविरुद्ध कर्णालीको ऐतिहासिक जित

काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली प्रदेशले प्रधानमन्त्री (पिएम) कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा मधेशविरुद्ध ऐतिहासिक जित हासिल गरेको छ । कर्णालीले शुक्रवार मधेशविरुद्ध ८१ रनको ऐतिहासिक जित हात पार्यो । पिएम कपको इतिहासमा मधेशमाथि कर्णालीको पहिलो जित हो । यो जितसॅंगै कर्णालीले शीर्ष ४ को सम्भावना कायमै राखेको छ । २ सय २१ रनको लक्ष्य पछ्याएको मधेश […]

March 21, 2025

नवाजको शतकमा पाकिस्तानको सहज जित

एजेन्सी – हसन नवाजको शतकमा पाहुना टोली पाकिस्तानले तेस्रो टि ट्वान्टी आईमा न्युजिल्यान्डलाई हराएको छ । पाकिस्तानले शुक्रवार ९ विकेटको जित हात पार्यो । जितसॅंगै ५ खेलको टि ट्वान्टी आई सिरिजमा पाकिस्तान २-१ मा पुर्याएको छ । २ सय ५ रनको लक्ष्य पाकिस्तानले १६ ओभरमा १ विकेट गुमाएर पूरा गर्यो । पाकिस्तानको जितमा नवाजले नट […]

March 21, 2025

आर्मीको छैटौं जित

काठमाडौं (हाम्रो खेलकुद)- प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले आज गण्डकी प्रदेशलाई ६ विकेटले हराएको छ। आर्मीको जितमा सहबाब अलमाले उत्कृष्ट बलिङ गर्दै ५ विकेट लिए। देउखुरी अन्तराष्ट्रिय क्रिकेट मैदानमा जितको लागि १ सय १७ रनको विजय लक्ष्य आर्मीले २६.५ ओभरमा मात्र ४ विकेटको नोक्सानीमा पुरा गर्यो। कप्तान विनोद भण्डारी १ […]

Success

Thank you for your time.