default_image

7 hours ago

March 21, 2025

नवाजको शतकमा पाकिस्तानको सहज जित

436 views

0 Bookmark

एजेन्सी – हसन नवाजको शतकमा पाहुना टोली पाकिस्तानले तेस्रो टि ट्वान्टी आईमा न्युजिल्यान्डलाई हराएको छ ।

पाकिस्तानले शुक्रवार ९ विकेटको जित हात पार्यो । जितसॅंगै ५ खेलको टि ट्वान्टी आई सिरिजमा पाकिस्तान २-१ मा पुर्याएको छ । २ सय ५ रनको लक्ष्य पाकिस्तानले १६ ओभरमा १ विकेट गुमाएर पूरा गर्यो ।

पाकिस्तानको जितमा नवाजले नट आउट रहॅंदै सर्वाधिक १ सय ५ रन जोडे । न्युजिल्याण्डसॅंगको पहिलो खेलमा टि ट्वान्टी आईमा डेब्यु गरेका नवाजले ४४ बलमा पहिलो शतक पूरा गरे । उनले ४५ बलको सामना गरेर १० चौका र ७ छक्का प्रहार गरे ।

कप्तान सलमान आगाले ३१ बलमा ६ चौका र २ छक्काको सहयोगमा नट आउट ५१ रन जोडे । मोहम्मद हरिसले २० बलमा ४ चौका र ३ छक्काको सहयोगमा ४१ रन बनाए । न्युजिल्याण्डका लागि ज्याकोब डफीले १ विकेट लिए ।

अकल्याण्डस्थित इडन पार्कमा टस हारेर पहिले ब्याटिङ गरेको न्युजिल्याण्ड १९.४ ओभरमा २ सय ४ रनमा बनाएको थियो ।

न्युजिल्याण्डका लागि मार्क च्याम्पम्यानले सर्वाधिक ९४ रन जोडे । उनले ४४ बलमा ११ चौका र ४ छक्का प्रहार गरे । कप्तान माईकल ब्रेसवेलले १८ बलमा ३ चौका र २ छक्काको सहयोगमा ३१ रन जोडे ।

ओपनर टिम साईफर्ट ९ बलमा १ चौका र २ छक्काको सहयोग १९ रन बनाउॅंदै आउट भए । ड्यारियल मिचेल १७ तथा इश सोडी १० रनमा आउट भए ।

पाकिस्तानका लागि हरिस रउफले ३, अबरार अफ्रिदी, शाहीन शाह अफ्रिदी र अब्बास अफ्रिदीले समान २ तथा सादाब खानले १ विकेट लिए । चौथो टि ट्वान्टी आई खेल आइतवार हुनेछ ।

March 21, 2025

एपिएफले सुदूरपश्चिमलाई हरायो

काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली नेपाल एपिएफ क्लबले सुदूरपश्चिम प्रदेशलाई प्रधानमन्त्री (पिएम) कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा हराएको छ । सुदूरपश्चिमविरुद्ध शुक्रवार एपिएफ ३ विकेटले विजयी भयो । १ सय ९२ रनको लक्ष्य एपिएफले ३६.३ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो । एपिएफका लागि सन्दीप जोराले सर्वाधिक ५१ रन जोडे । उनले ६८ बलमा ५ चौका […]

March 21, 2025

मधेशविरुद्ध कर्णालीको ऐतिहासिक जित

काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली प्रदेशले प्रधानमन्त्री (पिएम) कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा मधेशविरुद्ध ऐतिहासिक जित हासिल गरेको छ । कर्णालीले शुक्रवार मधेशविरुद्ध ८१ रनको ऐतिहासिक जित हात पार्यो । पिएम कपको इतिहासमा मधेशमाथि कर्णालीको पहिलो जित हो । यो जितसॅंगै कर्णालीले शीर्ष ४ को सम्भावना कायमै राखेको छ । २ सय २१ रनको लक्ष्य पछ्याएको मधेश […]

March 21, 2025

आर्मीको छैटौं जित

काठमाडौं (हाम्रो खेलकुद)- प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले आज गण्डकी प्रदेशलाई ६ विकेटले हराएको छ। आर्मीको जितमा सहबाब अलमाले उत्कृष्ट बलिङ गर्दै ५ विकेट लिए। देउखुरी अन्तराष्ट्रिय क्रिकेट मैदानमा जितको लागि १ सय १७ रनको विजय लक्ष्य आर्मीले २६.५ ओभरमा मात्र ४ विकेटको नोक्सानीमा पुरा गर्यो। कप्तान विनोद भण्डारी १ […]

Success

Thank you for your time.