9 hours ago
March 21, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले आज गण्डकी प्रदेशलाई ६ विकेटले हराएको छ।
आर्मीको जितमा सहबाब अलमाले उत्कृष्ट बलिङ गर्दै ५ विकेट लिए। देउखुरी अन्तराष्ट्रिय क्रिकेट मैदानमा जितको लागि १ सय १७ रनको विजय लक्ष्य आर्मीले २६.५ ओभरमा मात्र ४ विकेटको नोक्सानीमा पुरा गर्यो।
कप्तान विनोद भण्डारी १ रनमा र इमरान शेख १२ रनमा आउट भए। २ विकेटको नोक्सानीमा आर्मीले ३५ रन मात्र जोडेको थियो।
त्यसपछि भीम सार्की १४ रनमा पबिलियन फर्किए। यसपछि त्रित राज दासले सर्वाधिक ३७ रन बनाए। बसिर अहमद अविजित ३२ रनमा रहँदै टिमलाई जित दिलाए।
बलिङमा चन्द्र पौडेल, विपिन खत्री, सुवाश भण्डारी र सुदीप अर्यालले समान १ विकेट लिए।
त्यसअघि गण्डकी प्रदेशले ३०.३ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै मात्र १ सय १६ रन बनायो। उसको लागि अर्जुन कुमालले सर्वाधिक ३३ रन जोडे।
दीपक डुम्रेले १९ रन, कमल परियारले १७ रन र कप्तान खत्रीले अविजित १५ रन बनाए। त्यस बाहेक अन्य ब्याटर दोहोरो रन छुन सकेनन्।
बलिङमा सहबाब अलमाले १० ओभर बलिङ गर्दै १ मेडन सहित ५ विकेट लिए्। कुशल मल्ल र नरेन साउदले समान २ विकेट झारे।
आर्मीको यो छैटौं जित हो। ७ खेलबाट उसले १२ अंक बनाउँदै दोस्रो स्थानमा रहेको छ। गण्डकीको भने यो छैटौं हार हो। उसले ७ खेलबाट २ अंक मात्र बनाएको छ। गण्डकी लिगको पुछारमा छ।
March 21, 2025
काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली नेपाल एपिएफ क्लबले सुदूरपश्चिम प्रदेशलाई प्रधानमन्त्री (पिएम) कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा हराएको छ । सुदूरपश्चिमविरुद्ध शुक्रवार एपिएफ ३ विकेटले विजयी भयो । १ सय ९२ रनको लक्ष्य एपिएफले ३६.३ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो । एपिएफका लागि सन्दीप जोराले सर्वाधिक ५१ रन जोडे । उनले ६८ बलमा ५ चौका […]
March 21, 2025
काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली प्रदेशले प्रधानमन्त्री (पिएम) कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा मधेशविरुद्ध ऐतिहासिक जित हासिल गरेको छ । कर्णालीले शुक्रवार मधेशविरुद्ध ८१ रनको ऐतिहासिक जित हात पार्यो । पिएम कपको इतिहासमा मधेशमाथि कर्णालीको पहिलो जित हो । यो जितसॅंगै कर्णालीले शीर्ष ४ को सम्भावना कायमै राखेको छ । २ सय २१ रनको लक्ष्य पछ्याएको मधेश […]
March 21, 2025
एजेन्सी – हसन नवाजको शतकमा पाहुना टोली पाकिस्तानले तेस्रो टि ट्वान्टी आईमा न्युजिल्यान्डलाई हराएको छ । पाकिस्तानले शुक्रवार ९ विकेटको जित हात पार्यो । जितसॅंगै ५ खेलको टि ट्वान्टी आई सिरिजमा पाकिस्तान २-१ मा पुर्याएको छ । २ सय ५ रनको लक्ष्य पाकिस्तानले १६ ओभरमा १ विकेट गुमाएर पूरा गर्यो । पाकिस्तानको जितमा नवाजले नट […]