default_image

1 week ago

March 21, 2025

मधेशविरुद्ध कर्णालीको ऐतिहासिक योगफल

1006 views

0 Bookmark

काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली प्रदेशले प्रधानमन्त्री (पिएम) कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा मधेशविरुद्ध ऐतिहासिक योगफल तयार गरेको छ ।

जारी खेलमा कर्णालीले मधेशविरुद्ध रनको ऐतिहासिक योगफल तयार गर्ने क्रममा एक्स्ट्रा टेक ओभलमा टस जितेर ब्याटिङ गर्दै ४९.१ ओभरमा २ सय २० रनको बनाएको छ ।

कर्णालीले यसअघि कोशीविरुद्ध यसै संस्करणमा २ सय १८ रनको योगफल तयार गरेको थियो ।

कर्णालीका लागि निरन्तर दोस्रो खेलमा अर्धशतक बनाएका दीपेन्द्र रावतले सर्वाधिक ६१ रन जोडे । उनले ९२ बलमा ६ चौका प्रहार गरे ।

पाँचौं विकेटका लागि दीपेन्द्रले अर्जुन घर्तीसँग ३६ रनको साझेदारी गरे । अर्जुन २० बलमा २ चौका र १ छक्काको सहयोगमा २६ रनमा आउट भए ।

सातौं विकेटका लागि दिनेश अधिकारीसँग दीपेन्द्रले ६० रनको साझेदारी गरे । दिनेशले ४४ बलमा १ चौका र २ छक्काको साथमा २४ रन जोडे ।

प्रकाश जैशी ३७ बलमा २०, रविन्द्र जंग शाही १४ बलमा १३ रन जोड्दै आउट हुँदा कप्तान दिवान पुन २० बलमा १८ रनमा नट आउट रहे ।

मधेशका लागि रुपेश सिंह, रञ्जित कुमार, कप्तान अनिल साह, कमल गुप्ता र हरिशंकर साहले समान २ विकेट लिए ।

कर्णाली ६ खेलमा ६ अंकका साथ पाँचौ स्थानमा छ । मधेश ५ खेलमा ४ अंकका साथ छैठौं स्थानमा छ ।

March 28, 2025

आइपिएलमा चेन्नई र बेंगलुरु खेल्दै

एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा आज रोयल च्यालेन्जर्स बेंगलुरु र चेन्नई सुपर किंग्सबिच खेल हुँदैछ । चेन्नईको घरेलु मैदान एमए चिदम्बरम अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम चेपकमा खेल नेपाली समयअनुसार राति ७ः४५ बजे सुरु हुनेछ।हुदैछ । दुवै टोलीले जितबाट आइपिएलको सुरुवात गरेका थिए। बेंगलुरुले कोलकाता नाइटराईडर्सलाई त चेन्नईले मुम्बई इण्डियन्सलाई हराएको थियो थियो । सन् […]

March 27, 2025

लखनउको पहिलो जित

एजेन्सी – लखनउ सुपर जायन्ट्सले इण्डियन प्रिमियर लिग (आइपिएल) २०२५ मा पहिलो जित हात पारेको छ । लखनउले सनराइर्जस हैदराबादलाई ६ विकेटले परजित गर्यो । १ सय ९१ रनको लक्ष्य लखनउले १६.१ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । लखनउको जितमा निकोलस पुरनले २६ बलमा समान ६ छक्का र चौकासहित सर्वाधिक ७० रन जोडे । […]

March 27, 2025

लखनउलाई हैदराबादको बलियो लक्ष्य

एजेन्सी – सनराइजर्स हैदराबादले इण्डियन प्रिमियर लिग(आइपिएल) मा लखनउ सुपर जायन्ट्सलाई जितका लागि बलियो लक्ष्य दिएको छ । जारी खेलमा हैदराबादले लखनउलाई जितका लागि १ सय ९१ रनको लक्ष्य दिएको छ । घरेलु मैदान राजिब गान्धि अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको हैदराबादले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ९० रनको […]

Success

Thank you for your time.