7 days ago
March 21, 2025
काठमाडौं(हाम्रो खेलकुद) – मध्यक्रमका ब्याटरहरुले खास योगदान गर्न नसक्दा सुदूरपश्चिम प्रदेश प्रधानमन्त्री (पिएम) कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा नेपाल एपिएफ क्लबविरुद्ध प्रतिस्पर्धात्मक योगफलमा समेटिएकाे छ ।
जारी खेलमा सुदूरपश्चिमले एपिएफविरुद्ध १ सय ९१ रनको प्रतिस्पर्धात्मक योगफल तयार गरेको हो । सिद्धार्थ क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको सुदूरपश्चिम ४८.५ ओभरमा १ सय ९१ रनमा समेटियो ।
सुदूरपश्चिमका लागि निश्चल खत्रीले ९२ बलमा ८ चौका र १ छक्कासहित ५७ रन बनाए । दोस्रो विकेटका लागि निश्चलले प्रकाश पाण्डेले ९१ रनको साझेदारी गरे । प्रकाशले ७२ बलमा ४ चौकाको सहयोगमा ४२ रन जोडे ।
सुदूरपश्चिम १ विकेट गुमाएर १ सय ९ रनको अवस्थामा विशाल योगफल तयार गर्ने अनुमान गरिएको थियो । तर, मध्यक्रमका ब्याटरहरु नचल्दा सुदूरपश्चिमले ८२ रन जोड्दा बाँकी रहेको ९ विकेट गुमायो ।
किरन ठगुन्ना १२, शेर मल्ल ११ तथा हेमन्त धामी र सुनिल चन्द समान १० रनमा आउट भए ।
एपिएफका लागि कप्तान रोहित पौडेल र अमरसिंह राउटेलाले समान ३ र भुवन कार्कीले २ विकेट लिए ।
एपिएफ ५ खेलमा ६ अंकका साथ चौथो स्थानमा छ । सुदूरपश्चिम ६ खेलमा ४ अंकका साथ सातौं स्थानमा छ ।
March 28, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा आज रोयल च्यालेन्जर्स बेंगलुरु र चेन्नई सुपर किंग्सबिच खेल हुँदैछ । चेन्नईको घरेलु मैदान एमए चिदम्बरम अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम चेपकमा खेल नेपाली समयअनुसार राति ७ः४५ बजे सुरु हुनेछ।हुदैछ । दुवै टोलीले जितबाट आइपिएलको सुरुवात गरेका थिए। बेंगलुरुले कोलकाता नाइटराईडर्सलाई त चेन्नईले मुम्बई इण्डियन्सलाई हराएको थियो थियो । सन् […]
March 27, 2025
एजेन्सी – लखनउ सुपर जायन्ट्सले इण्डियन प्रिमियर लिग (आइपिएल) २०२५ मा पहिलो जित हात पारेको छ । लखनउले सनराइर्जस हैदराबादलाई ६ विकेटले परजित गर्यो । १ सय ९१ रनको लक्ष्य लखनउले १६.१ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । लखनउको जितमा निकोलस पुरनले २६ बलमा समान ६ छक्का र चौकासहित सर्वाधिक ७० रन जोडे । […]
March 27, 2025
एजेन्सी – सनराइजर्स हैदराबादले इण्डियन प्रिमियर लिग(आइपिएल) मा लखनउ सुपर जायन्ट्सलाई जितका लागि बलियो लक्ष्य दिएको छ । जारी खेलमा हैदराबादले लखनउलाई जितका लागि १ सय ९१ रनको लक्ष्य दिएको छ । घरेलु मैदान राजिब गान्धि अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको हैदराबादले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ९० रनको […]