1 week ago
March 21, 2025
काठमाडौं(हाम्रो खेलकुद) – स्पिनर शाहब आलमको ५ विकेटको सहयोगमा त्रिभुवन आर्मी क्लबविरुद्ध गण्डकी प्रदेशले मध्यम योगफल तयार गरेको छ ।
दाङमा जारी खेलमा खेलमा गण्डकीले १ सय १६ रनको मध्यम योगफल तयार गरेको हो । लमहीस्थित देउखुरी क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको गण्डकी ३०.३ ओभरमा १ सय १६ रनको मध्यम योगफलमा समेटियो ।
गण्डकीका लागि युवा ओपनर अर्जुन कुमालले सर्वाधिक ३३ रन जोडे । उनले ३९ बलमा ४ चौका प्रहार गरे । दिपक डुम्रे ४१ बलमा २ चौकाको सहयोगमा १९ रन जोड्दै आउट भए ।
कमल परियाले १३ बलमा २ छक्काको सहयोगमा १७ रन जोडे । कप्तान विपिन खत्री १३ बलमा १५ रन जोड्दै आउट हुँदा अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
आर्मीका लागि शाहब आलमले १० ओभरमा ४२ रन खर्चिएर ५ विकेट लिए । नरेन साउद र कुशल मल्लको नाममा समान २ विकेट रह्यो ।
प्रतियोगिताको ६ खेल खेल्दै १० अंक जोडेको आर्मी दोस्रो स्थानमा छ । पछिल्लो खेलमा आर्मी मधेश प्रदेशसँग पराजित भएको थियो । पछिल्लो ४ खेलमा निरन्तर हार बेहोरेको गण्डकी ६ खेलमा १ खेल जितेर अंक तालिकामा पुछारबाट पहिलो स्थानमा छ ।
प्रतियोगिताको दोस्रो खेलमा गण्डकीले कर्णाली प्रदेशलाई हराएको थियो । १० टोली सहभागी प्रतियोगितामा लिग चरणकाे खेलमा शीर्ष २ टोलीले उपाधीका लागि खेल्नेछ । पहिलो स्थानमा ७ खेलमा अपराजित पुलिस रहेको छ ।
March 28, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग(आइपिएल) मा चेन्नई सुपर किंग्सले रोयल च्यालेन्जर्स बेंगलुरुविरुद्ध टस जितेको छ । घरेलु मैदान एमए चितम्बरम अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा चेन्नईका कप्तान ऋतुराज गायकवाडले टस जितेर बलिङ रोजेका हुन् । दुवै टोलीले जितबाट आइपिएलको सुरुवात गरेका थिए।बेंगलुरुले कोलकाता नाइटराईडर्सलाई र चेन्नईले मुम्बई इण्डियन्सलाई हराएको थियो । सन् २००८ मा भएको आइपिएलको पहिलो […]
March 28, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा आज रोयल च्यालेन्जर्स बेंगलुरु र चेन्नई सुपर किंग्सबिच खेल हुँदैछ । चेन्नईको घरेलु मैदान एमए चिदम्बरम अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम चेपकमा खेल नेपाली समयअनुसार राति ७ः४५ बजे सुरु हुनेछ।हुदैछ । दुवै टोलीले जितबाट आइपिएलको सुरुवात गरेका थिए। बेंगलुरुले कोलकाता नाइटराईडर्सलाई त चेन्नईले मुम्बई इण्डियन्सलाई हराएको थियो थियो । सन् […]
March 27, 2025
एजेन्सी – लखनउ सुपर जायन्ट्सले इण्डियन प्रिमियर लिग (आइपिएल) २०२५ मा पहिलो जित हात पारेको छ । लखनउले सनराइर्जस हैदराबादलाई ६ विकेटले परजित गर्यो । १ सय ९१ रनको लक्ष्य लखनउले १६.१ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । लखनउको जितमा निकोलस पुरनले २६ बलमा समान ६ छक्का र चौकासहित सर्वाधिक ७० रन जोडे । […]