20 hours ago
March 20, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग(आइपिएल) २०२५ मा बलरले बलमा थुक लगाउन पाउने भएका छन् ।
मुम्बईस्थित भारतीय क्रिकेट बोर्ड (बिसिसिआई) को मुख्यालयमा बिहीवार भएको प्रतियोगिताका निर्णयकर्ता सँगको बैठकमा अधिकांश फ्रेन्चाइज कप्तानले परिवर्तनको माग गरेपछि आइपिएलले यस्तो निर्णय गरेको हो ।
सबै कप्तानहरू यो विषयमा सहमत भएका छन् । आइसिसीले अपनाएको थुक प्रतिबन्ध, जुन क्रिकेटका सबै स्तरका सदस्य बोर्डहरूले अनुसरण गरेका थिए । यसले विशेष गरी रिभर्स स्विङलाई सुविधाजनक बनाउन नसकेर बलरहरूलाई घाटा गरिरहेको थियो ।
बललाई चम्किलो बनाउन थुकको प्रयोगमा प्रतिबन्ध पहिलो पटक सन् २०२० मे कोभिड-१९ महामारीको समयमा अस्थायी उपायको रुपमा लागू गरिएको थियो । २०२२ सेप्टेम्बरमा आइसिसीले प्रतिबन्धलाई स्थायी गरेको थियो ।
त्यसपछि बलरहरूलाई बल चम्काउन पसिना को प्रयोग गर्न आइसिसीले अनुमति दिएको थियो । हालै भारतका तीव्र गतिका बलर मोहम्मद सामीले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) लाई बल चम्काउन थुक प्रयोग गर्न पाउने प्रतिबन्ध फुकुवा गर्न आग्रह गरेका थिए ।
च्याम्पियन्स ट्रफीको सेमिफाइनलमा अस्ट्रेलियाविरुद्धको जितपछि सामीले पत्रकारसँग यस्तो भनेका थिए ।
March 21, 2025
काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली प्रदेशले प्रधानमन्त्री(पिएम) कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा मधेशविरुद्ध ऐतिहासिक योगफल तयार गरेको छ । जारी खेलमा कर्णाली मधेशविरुद्ध रनको ऐतिहासिक योगफल तयार गरेको हो । कर्णालीले आफ्नो टिमका लागि पिएम कपको इतिहासमा नै सर्वाधिक उच्च योगफल बनाएको हो । कर्णालीले यसअघि कोशीविरुद्ध यसै संस्करणमा २ सय १८ रनको योगफल तयार गरेको थियो […]
March 21, 2025
काठमाडौं(हाम्रो खेलकुद) – मध्यक्रमका ब्याटरहरुले खास योगदान गर्न नसक्दा सुदूरपश्चिम प्रदेश प्रधानमन्त्री (पिएम) कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा नेपाल एपिएफ क्लबविरुद्ध प्रतिस्पर्धात्मक योगफलमा समेटिएकाे छ । जारी खेलमा सुदूरपश्चिमले एपिएफविरुद्ध १ सय ९१ रनको प्रतिस्पर्धात्मक योगफल तयार गरेको हो । सिद्धार्थ क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको सुदूरपश्चिम ४८.५ ओभरमा १ सय ९१ रनमा समेटियो । […]
March 21, 2025
काठमाडौं(हाम्रो खेलकुद) – स्पिनर शाहब आलमको ५ विकेटको सहयोगमा त्रिभुवन आर्मी क्लबविरुद्ध गण्डकी प्रदेशले मध्यम योगफल तयार गरेको छ । दाङमा जारी खेलमा खेलमा गण्डकीले १ सय १६ रनको मध्यम योगफल तयार गरेको हो । लमहीस्थित देउखुरी क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको गण्डकी ३०.३ ओभरमा १ सय १६ रनको मध्यम योगफलमा समेटियो । […]