10 hours ago
March 20, 2025
काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली प्रदेशले प्रधानमन्त्री(पिएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनीविरुद्ध रोमाञ्चक जित हासिल गरेको छ ।
बिहीवार भएको खेलमा अर्जुन घर्ती र दीपेन्द्र रावतको अर्धशतकको सहयोगमा कर्णालीले दिएको २ सय ६ रनको लक्ष्य पछ्याएको लुम्बिनी प्रदेश ४९.४ ओभरमा २ सय रनमा समेटियो ।
लुम्बिनीका लागि प्रज्वल थापाले सर्वाधिक ८४ रन जोडे । उनले १ सय ७ बलको सामना गर्दै ६ चौका प्रहार गरे । अन्तिम ओभरमा जितका लागि लुम्बिनीलाई ८ रन चाहिएकोमा १ विकेट मात्र बाँकी रहेको थियो ।
कर्णालीका लागि बलिङमा आएका दिनेश अधिकारीले ४ बलमा नै विकेट लिदै खेल जिताए । चौथो विकेटका लागि कप्तान देव खनालसँग मिलेर प्रज्वलले ९४ रनको साझेदारी गरे ।
कप्तान देव ६० बलमा ४ चौकाको सहयोगमा ४० रनमा आउट भए । १ सय ४५ रनमा ३ विकेट गुमाएर सहज जिततर्फ अघि बढेको लुम्बिनीले ५५ रन जोड्दा बाँकी रहेको ७ विकेट गुमाउन पुग्यो ।
आकाश त्रिपाटी २१ तथा मनिष थापा १६ रनमा आउट भए । कर्णालीका लागि दिनेश अधिकारी र दीपेन्द्र रावतले समान ३, प्रकास जैशीले २ तथा सुनिल धमला र कप्तान दिवान पुनले समान १ विकेट लिए ।
त्यसअघि सिद्धार्थ क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको कर्णाली ४८.५ ओभरमा २ सय ५ रनको योगफल तयार गरेको थियो ।
कर्णालीका लागि दीपेन्द्र रावतले सर्वाधिक ६६ रन जोडे । उनले ८४ बलमा ९ चौका प्रहार गरे । एक समय ६ विकेट गुमाएर ५६ रन मात्र जोडेर खराब स्थितीमा पुगेको कर्णालीका लागि सातौं विकेटका लागि दीपेन्द्र रावतले अर्जुन घर्तीसँग मिलेर १ सय २ रनको साझेदारी गरे । अर्जुन ८४ बलमा ३ चौका र २ छक्काको सहयोगमा ५६ रन जोड्दै आउट भए ।
ओपनर सुनिल धमला १९ तथा दिनेश अधिकारी १७ बलमा ३ चौकाको सहयोगमा १६ रन बनाउँदै आउट भए । निश्चल रावल ११ तथा विपिन रावल १० रनमा आउट भए ।
लुम्बिनीका लागि रमेश कुर्मीले ३, विप्रसन केसी, निर्मल गुरुङ र अजय चौहानले समान २ तथा कप्तान देव खनालले १ विकेट लिए ।
प्रतियोगितामा पराजित लुम्बिनी ७ खेलमा ८ अंकका साथमा तेस्रो स्थानमा छ । ६ खेलमा ६ अंक जोडेको कर्णाली पाँचौ स्थानमा छ । लुम्बिनीको यो लगातार दोस्रो हार हो । भने, कर्णालीको भने लगातार दोस्रो जित हो ।
March 20, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग(आइपिएल) २०२५ मा बलरले बलमा थुक लगाउन पाउने भएका छन् । मुम्बईस्थित भारतीय क्रिकेट बोर्ड (बिसिसिआई) को मुख्यालयमा बिहीवार भएको प्रतियोगिताका निर्णयकर्ता सँगको बैठकमा अधिकांश फ्रेन्चाइज कप्तानले परिवर्तनको माग गरेपछि आइपिएलले यस्तो निर्णय गरेको हो । सबै कप्तानहरू यो विषयमा सहमत भएका छन् । आइसिसीले अपनाएको थुक प्रतिबन्ध, जुन क्रिकेटका सबै […]
March 20, 2025
काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता नेपाल पुलिस क्लबले प्रधानमन्त्री (पिएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार सातौं जित हासिल गरेको छ । पुलिसले बिहीवार भएको खेलमा बागमती प्रदेशलाई ९३ रन हरायो । २ सय ९८ रनको लक्ष्य पछ्याएको बागमती ४५.२ ओभरमा २ सय ४ रनमा समेटियो । बागमतीका लागि इशान पाण्डेले ९८ बलमा ६ चौकासहित […]
March 20, 2025
एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२५ को पहिलो तीन खेलमा राजस्थान रोयल्सको कप्तानी रियान परागले सम्हाल्ने भएका छन् । नियमित कप्तान सन्जु स्यामसनले विकेटकिपिङ र फिल्डिङका लागि अनुमती नपाएका कारण ब्याटरका रुपमा मात्र खेल्ने भएपछि परागले कप्तानीको अवसर पाएका हुन् । गत महिना औंलाको शल्यक्रिया गरेका स्यामसन बेंगलुरुको रिह्याब सेन्टरमा रहेपछि सोमवार राजस्थानको टोलीमा […]