default_image

11 hours ago

March 20, 2025

साविक विजेता पुलिसको अपराजित यात्रा कायमै

785 views

0 Bookmark

काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता नेपाल पुलिस क्लबले प्रधानमन्त्री (पिएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार सातौं जित हासिल गरेको छ ।

पुलिसले बिहीवार भएको खेलमा बागमती प्रदेशलाई ९३ रन हरायो । २ सय ९८ रनको लक्ष्य पछ्याएको बागमती ४५.२ ओभरमा २ सय ४ रनमा समेटियो ।

बागमतीका लागि इशान पाण्डेले ९८ बलमा ६ चौकासहित सर्वाधिक ७० रन जोडे । शुभ कंसाकारले २८ बलमा ३ चौका र २ छक्काको सहयोगमा ३६ रन जोडे ।

विपिन आर्चाय २०, सुर्य तामाङ १७, प्रतिस जिशी १४ र आशुतोष घिरैया १२ रनमा आउट भए । पुलिसका लागि ललित नारायण राजवंशीले ४, कुशल भुर्तेलले ३, करण केसीले २ तथा गुल्शन झाले १ विकेट लिए ।

त्यसअघि एक्स्ट्रा टेक क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको पुलिसले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ९७ रनको विशाल योगफल तयार गरेको थियो ।

यो योगफल यस संस्करणको सर्वाधिक ठूलो योगफल हो । यसअघि पुलिसले नै २ पटक तथा बागमतीले १ पटक २ सय ८८ रनको योगफल तयार गरेको थियो ।

पुलिसले कुशल भुर्तेल र कप्तान दीपेन्द्र सिंह ऐरीको अर्धशतक बनाए। ओपनर कुशलले सर्वाधिक ८८ रन जोडे । यस संस्करणको तेस्रो अर्धशतक बनाएका कुशलले ९८ बलको सामनामा ११ चौका प्रहार गरे । कप्तान दीपेन्द्र ४६ बलमा ४ चौका र ३ छक्काको सहयोगमा ६० रन जोडे ।

पहिलो विकेटका लागि ओपनरद्वय कुशल र अमित श्रेष्ठले १ सय २४ रनको सानदार साझेदारी गरे । अमित ५१ बलमा ५ चौका र १ छक्काको सहयोगमा ४८ रन जोड्दै आउट भए । गुलशम झा १५ बलमा १६, आरिफ शेख ४६ बलमा ३८ तथा दिलिप नाथ १० रनमा आउट भए ।

२ सय ६२ रनमा मात्र ४ विकेट गुमाएर विशाल योगफलको संकेत गरेको पुलिसले ३५ रन जोड्दा पछिल्ला ४ विकेट गुमायो । पछिल्लो ५ ओभरमा पुलिसले ४ विकेट गुमाएर ३८ रन मात्र जोड्न सक्यो ।

बागमतीका लागि प्रतिस जिशीले ३ तथा रिजन ढकाल, विपिन आचार्य, साकार गजुरेल र इशान पाण्डेले समान १ विकेट लिए । प्रतियोगितामा खेलेको ७ खेलमै अपराजित रहँदै पुलिस शीर्ष स्थानमा कायमै छ । बागमती ६ खेलमा ४ अंकका साथ आठौं स्थानमा खस्केको छ ।

March 20, 2025

आइपिएल २०२५ मा बलमा थुक लगाउन पाउने

एजेन्सी – इण्डियन प्रिमियर लिग(आइपिएल) २०२५ मा बलरले बलमा थुक लगाउन पाउने भएका छन् । मुम्बईस्थित भारतीय क्रिकेट बोर्ड (बिसिसिआई) को मुख्यालयमा बिहीवार भएको प्रतियोगिताका निर्णयकर्ता सँगको बैठकमा अधिकांश फ्रेन्चाइज कप्तानले परिवर्तनको माग गरेपछि आइपिएलले यस्तो निर्णय गरेको हो । सबै कप्तानहरू यो विषयमा सहमत भएका छन् । आइसिसीले अपनाएको थुक प्रतिबन्ध, जुन क्रिकेटका सबै […]

March 20, 2025

लुम्बिनीमाथि कर्णालीको रोमाञ्चक जित

काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली प्रदेशले प्रधानमन्त्री(पिएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनीविरुद्ध रोमाञ्चक जित हासिल गरेको छ । बिहीवार भएको खेलमा अर्जुन घर्ती र दीपेन्द्र रावतको अर्धशतकको सहयोगमा कर्णालीले दिएको २ सय ६ रनको लक्ष्य पछ्याएको लुम्बिनी प्रदेश ४९.४ ओभरमा २ सय रनमा समेटियो । लुम्बिनीका लागि प्रज्वल थापाले सर्वाधिक ८४ रन जोडे । उनले […]

March 20, 2025

राजस्थानको कप्तानी परागले गर्ने

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२५ को पहिलो तीन खेलमा राजस्थान रोयल्सको कप्तानी रियान परागले सम्हाल्ने भएका छन् । नियमित कप्तान सन्जु स्यामसनले विकेटकिपिङ र फिल्डिङका लागि अनुमती नपाएका कारण ब्याटरका रुपमा मात्र खेल्ने भएपछि परागले कप्तानीको अवसर पाएका हुन् । गत महिना औंलाको शल्यक्रिया गरेका स्यामसन बेंगलुरुको रिह्याब सेन्टरमा रहेपछि सोमवार राजस्थानको टोलीमा […]

Success

Thank you for your time.