default_image

15 hours ago

March 20, 2025

राजस्थानको कप्तानी परागले गर्ने

2146 views

0 Bookmark

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२५ को पहिलो तीन खेलमा राजस्थान रोयल्सको कप्तानी रियान परागले सम्हाल्ने भएका छन् ।

नियमित कप्तान सन्जु स्यामसनले विकेटकिपिङ र फिल्डिङका लागि अनुमती नपाएका कारण ब्याटरका रुपमा मात्र खेल्ने भएपछि परागले कप्तानीको अवसर पाएका हुन् । गत महिना औंलाको शल्यक्रिया गरेका स्यामसन बेंगलुरुको रिह्याब सेन्टरमा रहेपछि सोमवार राजस्थानको टोलीमा सामेल भएका थिए । उनले आइपिएलमा इम्प्याक्ट सबको रूपमा खेल्ने सम्भावना छ ।

ध्रुव जुरेललाई विकेटकिपिङको जिम्मेवारी सम्हाल्ने देखिन्छ । स्यामसनलाई फेब्रुअरीमा भएको इङ्ग्ल्याण्डविरुद्धको पाँचौं टि ट्वान्टीमा जोफ्रा आर्चरको बलमा औंलामा चोट लागेको थियो ।

पूर्ण रुपमा फिट भएपछि स्यामसन कप्तानको रुपमा पुनरागमन गर्ने राजस्थानले जनाएको छ । परागले भने आइपिएलमा पहिलो पटक कप्तानी गर्नेछन् । उनी सन् २०१९ देखि राजस्थानको टोलीमा छन् । गत वर्षको मेगा लिलामीअघि फ्रेन्चाइजले उनलाई १४ करोड भारुमा रिटेन गरेको थियो ।

सन् २०२४ को आइपिएलमा उनले ५ सय ७३ रन बनाएका थिए । जुन राजस्थानको ब्याटरद्वारा सर्वाधिक र समग्र लिगमा तेस्रो उच्च स्कोर थियो । जसले उनलाई भारतका लागि टि ट्वान्टी आईमा डेब्यु गर्ने अवसरसम्म पुर्याएको थियो ।

परागले मार्च २३ मा सनराइजर्स हैदरावादसँग पहिलो पटक कप्तानी गर्दै गुवाहाटीमा २६ मार्चमा डिफेन्डिङ च्याम्पियन कोलकाता नाइट राइडर्स र ३० मार्चमा चेन्नई सुपर किंग्सविरुद्ध पनि टोलीको नेतृत्व गर्नेछन् ।

March 20, 2025

आइपिएल २०२५ मा बलमा थुक लगाउन पाउने

एजेन्सी – इण्डियन प्रिमियर लिग(आइपिएल) २०२५ मा बलरले बलमा थुक लगाउन पाउने भएका छन् । मुम्बईस्थित भारतीय क्रिकेट बोर्ड (बिसिसिआई) को मुख्यालयमा बिहीवार भएको प्रतियोगिताका निर्णयकर्ता सँगको बैठकमा अधिकांश फ्रेन्चाइज कप्तानले परिवर्तनको माग गरेपछि आइपिएलले यस्तो निर्णय गरेको हो । सबै कप्तानहरू यो विषयमा सहमत भएका छन् । आइसिसीले अपनाएको थुक प्रतिबन्ध, जुन क्रिकेटका सबै […]

March 20, 2025

लुम्बिनीमाथि कर्णालीको रोमाञ्चक जित

काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली प्रदेशले प्रधानमन्त्री(पिएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनीविरुद्ध रोमाञ्चक जित हासिल गरेको छ । बिहीवार भएको खेलमा अर्जुन घर्ती र दीपेन्द्र रावतको अर्धशतकको सहयोगमा कर्णालीले दिएको २ सय ६ रनको लक्ष्य पछ्याएको लुम्बिनी प्रदेश ४९.४ ओभरमा २ सय रनमा समेटियो । लुम्बिनीका लागि प्रज्वल थापाले सर्वाधिक ८४ रन जोडे । उनले […]

March 20, 2025

साविक विजेता पुलिसको अपराजित यात्रा कायमै

काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता नेपाल पुलिस क्लबले प्रधानमन्त्री (पिएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार सातौं जित हासिल गरेको छ । पुलिसले बिहीवार भएको खेलमा बागमती प्रदेशलाई ९३ रन हरायो । २ सय ९८ रनको लक्ष्य पछ्याएको बागमती ४५.२ ओभरमा २ सय ४ रनमा समेटियो । बागमतीका लागि इशान पाण्डेले ९८ बलमा ६ चौकासहित […]

Success

Thank you for your time.