3 days ago
March 20, 2025
एजेन्सी – विराट कोहलीको कप्तानीमा सन् २००८ मा भारत यु १९ च्याम्पियन बन्दा टोलीका मुख्य सदस्य रहेका तन्मय श्रीवास्तव इण्डियन प्रिमियर लिग(आइपिएल) मा अम्पाएरको भुमिकामा देखिने भएका छन् ।
भारत यु-१९ विश्वकप जित्दाका सर्वाधिक रनकर्ता रहेका श्रीवास्तव आइपिएलमा अम्पायरको भुमिकामा देखिने भएका हुन् । भारतले विश्वकप जित्दा फाइनलमा दक्षिण अफ्रिका यु-१९ विरुद्ध उनले सर्वाधिक ४६ रन बनाए थिए ।
श्रीवास्तव विश्वकप लगत्तै भएको पहिलो संस्करणको आइपिएलमा हालको पञ्जाब किंग्समा अनुबन्ध भएका थिए । उनी आइपिएल खेल्ने र अम्पायरको भुमिकामा रहने पहिलो व्यक्ति बन्नेछन् ।
उत्तर प्रदेशका पूर्व ओपनर श्रीवास्तवले सन् २०२० मा सबै खाले क्रिकेटबाट सन्न्यासको घोषणा गरेका थिए । श्रीवास्तवले ९० प्रथम श्रेणी खेलमा ४ हजार ९ सय १८ रन बनाएका छन् ।
March 22, 2025
एजेन्सी – रोयल च्यालेन्जर्स बेंगलुरुले इण्डियन प्रिमियर लिग (आइपिएल) २०२५ को पहिलो खेलमा साविक विजेता कोलकाता नाइटराइडर्सलाई हराउँदै सानदार सुरुवात गरेको छ । कोलकाताको घरेलु मैदानमा शनिवार भएको खेलमा बेंगलुरुले ७ विकेटको जित हासिल गरेको हो । १ सय ७५ रनको लक्ष्य बेंगलुरुले १६.२ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । बेंगलुरुको जितमा विराट कोहलीले […]
March 22, 2025
एजेन्सी – मध्येक्रमको ब्याटर चल्न नसक्दा इण्डियन प्रिमियर लिग(आइपिएल) २०२५ को पहिलो खेलमा कोलकाता नाइटराइडर्सले मध्यम योगफल तयार गरेको छ । घरेलु मैदानमा जारी खेलमा कोलकाताले रोयल च्यालेन्जर्स बेंगलुरुलाई १ सय ७५ रनको लक्ष्य प्रस्तुत गरेको हो । इडन गार्डेनमा टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ७४ […]
March 22, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) २०२५ को कोलकाता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बेंगलुरुबीच हुने उद्घाटन खेल वर्षाले प्रभावित पार्ने अनुमान गरिएको छ । कोलकातामा वर्षा भएकाले कारण खेल हुनेमा शंका उत्पन्न भएको हो । तर, मध्याह्नतिर, घाम लागेकोले खेल हुनेमा केही आशा कायमै राखेको छ । यद्यपि, दिनको अधिकांश समय बादल मडारिएको र […]