1 day ago
March 20, 2025
एजेन्सी – घरेलु टोली नामिबियाले दोस्रो टि ट्वान्टी आईमा क्यानडालाई हराएको छ ।
बुधवार भएको खेलमा नामिबियाले क्यानडालाई ३ विकेटले पराजित गरेको हो । जितसँगै नामिबियाले पाँच खेलको टि ट्वान्टी आई सिरिजमा १० को अग्रता लिएको छ । पहिलो टि ट्वान्टी आई वर्षाका कारण रद्द भएको थियो ।
वर्षाका कारण खेल १५ ओभरमा छोट्याईएको थियो । क्यानडाले दिएको १ सय ४६ रनको लक्ष्य नामिबियाले निर्धारित १५औं ओभरको अन्तिम बलमा ७ विकेट गुमाएर पूरा गरेको थियो ।
नामिबियाको जितमा जान निकोल लफ्टी इटनले सर्वाधिक ३६ रन जोडे । उनले २१ बलमा ६ चौका र १ छक्का प्रहार गरे । बलिङमा उत्कृष्ट प्रदर्शनका साथ प्लेयर अफ द म्याच बनेका जेजे स्मिथले १७ बलमा २ चौका र २ छक्काको सहयोगमा ३३ रन जोडे ।
निकोलस डाविन १९ बलमा ५ चौका र १ छक्काको सहयोगमा ३२ रन जोड्दै आउट भए । जान ग्रिनले ८ बलमा १ छक्काको सहयोगमा नट आउट २१ रन बनाउँदै टोलीलाई जित दिलाए ।
क्यानडाका लागि अखिल कुमारले ३, कलिम सानाले २ तथा डिलोन हेलिङ्गर र शाहिद अहमदजाईंले समान १ विकेट लिए ।
त्यसअघि नामिबिया क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको क्यानडाले निर्धारित १५ ओभरमा ८ विकेट गुमाएर १ सय ४५ रन जोडेको थियो ।
क्यानडाका लागि युवराज सर्माले सर्वाधिक ३७ रन जोडे । उनले १८ बलको सामना गरेर ३ चौका तथा ३ छक्का प्रहार गरेका थिए । डिलोन हेलिङ्गर १४ बलमा ३ छक्काको सहयोगमा २६ रनमा आउट भए ।
श्रेयस मोभ्भा २० बलमा १८ रन जोड्दै आउट हुँदा साद विन जाफरले ८ बलमा १ चौका र १ छक्काको सहयोगमा नट आउट १८ रन जोडे । कप्तान निकोलस किर्तन १६ तथा नवनित धालीवाल १४ रनमा आउट भए ।
नामिबियाका लागि रुबेन ट्रम्पलम्यानले ४, जेजे स्मिथले ३ तथा कप्तान जेहार्ड एरास्मसले १ विकेट लिए । दुई देशबिचको तेस्रो टि ट्वान्टी आई शुक्रवार रहेको छ ।
March 21, 2025
काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली नेपाल एपिएफ क्लबले सुदूरपश्चिम प्रदेशलाई प्रधानमन्त्री (पिएम) कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा हराएको छ । सुदूरपश्चिमविरुद्ध शुक्रवार एपिएफ ३ विकेटले विजयी भयो । १ सय ९२ रनको लक्ष्य एपिएफले ३६.३ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो । एपिएफका लागि सन्दीप जोराले सर्वाधिक ५१ रन जोडे । उनले ६८ बलमा ५ चौका […]
March 21, 2025
काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली प्रदेशले प्रधानमन्त्री (पिएम) कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा मधेशविरुद्ध ऐतिहासिक जित हासिल गरेको छ । कर्णालीले शुक्रवार मधेशविरुद्ध ८१ रनको ऐतिहासिक जित हात पार्यो । पिएम कपको इतिहासमा मधेशमाथि कर्णालीको पहिलो जित हो । यो जितसॅंगै कर्णालीले शीर्ष ४ को सम्भावना कायमै राखेको छ । २ सय २१ रनको लक्ष्य पछ्याएको मधेश […]
March 21, 2025
एजेन्सी – हसन नवाजको शतकमा पाहुना टोली पाकिस्तानले तेस्रो टि ट्वान्टी आईमा न्युजिल्यान्डलाई हराएको छ । पाकिस्तानले शुक्रवार ९ विकेटको जित हात पार्यो । जितसॅंगै ५ खेलको टि ट्वान्टी आई सिरिजमा पाकिस्तान २-१ मा पुर्याएको छ । २ सय ५ रनको लक्ष्य पाकिस्तानले १६ ओभरमा १ विकेट गुमाएर पूरा गर्यो । पाकिस्तानको जितमा नवाजले नट […]