default_image

1 day ago

March 19, 2025

लगातार ४ खेलमा ललितको ५ विकेट हल

469 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबका स्पिनर ललित नारायण राजवंशी लुम्बिनी प्रदेशमा जारी प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा प्रदर्शन अब्बल रहँदै आएको छ।

पुलिसले अहिले सम्म खेलेका सबै ६ खेलमा जित निकाल्न सफल रहँदा ललितको प्रदर्शन प्रमुख बनेको छ। उनको बलिङको जादु चलिरहेको छ। क्रिकेटमा ५ विकेट हलको महत्त्व विशेष मानिन्छ।

लेफ्ट आर्म स्पीनर ललितले एक खेलमा मात्र होइन ।‌ लगातार ४ खेलमा ५ विकेट हलको सफलता प्राप्त गरेका छन्। यस‌ किसिमको बेजोड बलिङ क्रिकेटमा विरलै देख्न पाइन्छ। जुन ललितले देखाइरहेका छन्।

राष्ट्रिय क्रिकेट टोलीका सदस्य समेत रहेका ललितले लुम्बिनी र कोशी प्रदेश विरुद्ध समान २ विकेट लिएका थिए। यसपछि एपिएफ विरुद्धको खेलमा ६ विकेट लिए। उनले त्यसमा ७.४ ओभरमा ३ मेडन सहित मात्र १८ रन दिएर ६ विकेट लिए।

उनको यो सानदार प्रदर्शन मधेश प्रदेश विरुद्धको खेलमा पनि दोहरियो। त्यो खेलमा ९.१‌ओभरमा १ मेडन सहित २८ रन खर्चेर ५ विकेट लिए।

उनको यो प्रदर्शन सुदूरपश्चिम प्रदेश विरुद्धको खेलमा पनि जारी रहयो। अझ भनौं उनको प्रदर्शन झन प्रभावशाली बन्यो। ७ ओभर बलिङ गर्दै मात्र १५ रन दिएर ६ विकेटको सफलता प्राप्त गर्यो। लगातर ३ खेलमा उनले ५ विकेट हल पूरा गरे।

५ विकेट हलमा ह्याट्रिक गरेका ललितको यो प्रदर्शन रोकिएन। उनले आज गण्डकी प्रदेश विरयद्ध पनि ५ विकेट झारे। ५ .२ ओभर बलिङ गरेका उनले २ मेडन सहित मात्र ७ रन दिएर ५ विकेट लिए। उनको आजको बलिङ फिगर क्रिकेटमा कमै देख्न पाइन्छ।

यसरी ललितको उच्च फर्म र उत्कृष्ट प्रदर्शन जारी छ। उनले ६ खेलबाट २६ विकेट लिइसकेका छन्। उनले २ खेलमा ६ विकेट, २ खेलामा ५ विकेट तथा २ खेलमा २ विकेट लिएका छन्।

यसरी जारी प्रतियोगितामा ब्याटरलाई ललितले निकै दबाब दिएका छन्। यो लोभ लाग्दो प्रदर्शनमा उनको टोलीलाई निकै फाइदा पुगेको छ। घरेलु क्रिकेटमा ललितको यो करियरकै उत्कृष्ट प्रदर्शन पनि हो।

March 20, 2025

आइपिएल २०२५ मा बलमा थुक लगाउन पाउने

एजेन्सी – इण्डियन प्रिमियर लिग(आइपिएल) २०२५ मा बलरले बलमा थुक लगाउन पाउने भएका छन् । मुम्बईस्थित भारतीय क्रिकेट बोर्ड (बिसिसिआई) को मुख्यालयमा बिहीवार भएको प्रतियोगिताका निर्णयकर्ता सँगको बैठकमा अधिकांश फ्रेन्चाइज कप्तानले परिवर्तनको माग गरेपछि आइपिएलले यस्तो निर्णय गरेको हो । सबै कप्तानहरू यो विषयमा सहमत भएका छन् । आइसिसीले अपनाएको थुक प्रतिबन्ध, जुन क्रिकेटका सबै […]

March 20, 2025

लुम्बिनीमाथि कर्णालीको रोमाञ्चक जित

काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली प्रदेशले प्रधानमन्त्री(पिएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनीविरुद्ध रोमाञ्चक जित हासिल गरेको छ । बिहीवार भएको खेलमा अर्जुन घर्ती र दीपेन्द्र रावतको अर्धशतकको सहयोगमा कर्णालीले दिएको २ सय ६ रनको लक्ष्य पछ्याएको लुम्बिनी प्रदेश ४९.४ ओभरमा २ सय रनमा समेटियो । लुम्बिनीका लागि प्रज्वल थापाले सर्वाधिक ८४ रन जोडे । उनले […]

March 20, 2025

साविक विजेता पुलिसको अपराजित यात्रा कायमै

काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता नेपाल पुलिस क्लबले प्रधानमन्त्री (पिएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार सातौं जित हासिल गरेको छ । पुलिसले बिहीवार भएको खेलमा बागमती प्रदेशलाई ९३ रन हरायो । २ सय ९८ रनको लक्ष्य पछ्याएको बागमती ४५.२ ओभरमा २ सय ४ रनमा समेटियो । बागमतीका लागि इशान पाण्डेले ९८ बलमा ६ चौकासहित […]

Success

Thank you for your time.