1 day ago
March 19, 2025
काठमाडौं(हाम्रो खेलकुद) – प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको इतिहासमा त्रिभुवन आर्मी क्लबविरुद्ध मधेश प्रदेशले पहिलो पटक जित हासिल गरेको छ ।
बुधवार भएको खेलमा मधेशले आर्मीलाई ३ विकेटले हराउँदै ऐतिहासिक जित हात पारेको हो । मधेशले आर्मीलाई समग्रमा दोस्रो पटक र पिएम कपमा पहिलो पटक हराएको हो । सन् २०२३ मा पोखरामा भएको केपी ओली कपको फाइनलमा आर्मीलाई हराउँदै मधेश च्याम्पियन भएको थियो ।
आर्मीले दिएको २ सय १८ रनको प्रतिस्पर्धात्मक लक्ष्य मधेशले ४८ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो । मधेशको जितमा कप्तान अनिल साहले सर्वाधिक ४५ रन जोडे । उनले ४८ बलको सामना गर्दै ७ चौका प्रहार गरे ।
रुपेश सिंहले २० बलमा २ चौका र २ छक्काको सहयोगमा नट आउट ३८ रन जोडे । रुपेशले आठौं विकेटका लागि निखिल सिंहसँग मिलेर ५० रनको नट आउट विजयी साझेदारी गरे । निखिल २६ बलमा १ चौकाको सहयोगमा १४ रनमा नट आउट रहे ।
हरिशंकर साह र पवन सरार्फ समान ३७ तथा शैलेन्द्र साह १५ रनमा आउट भए । आर्मीका लागि नरेन साउदले ३ तथा सोमपाल कामी र बसिर अहमदले समान २ विकेट लिए ।
त्यसअघि लमहीस्थित देउखुरी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको आर्मीले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २ सय १७ रनको प्रतिस्पर्धात्मक योगफल तयार गरेको थियो ।
आर्मीका लागि भीम सार्कीले सर्वाधिक ८९ रन जोडेका थिए । शतक बनाउँन ११ रनले चुकेका भीमले १ सय २६ बलको सामना गर्दै ४ चौका प्रहार गरेका थिए । सन्तोष कार्की ५३ बलमा ३ चौकाको सहयोगमा ३३ रन जोड्दै आउट भए ।
विवेक यादव १६, तृत राज दास १४, कप्तान विनोद भण्डारी ११ तथा बसिर अहमद १० रनमा आउट भए । कुशल मल्ल २४ र नरेन साउद ८ रनमा नट आउट रहे ।
मधेशका लागि पवन सरार्फ, कमल गुप्ता र रुपेश सिंहले समान २ तथा रञ्जित कुमारले १ विकेट लिए । प्रतियोगितामा आर्मीले पहिलो हार बेहोरेको छ । खेलेको ५ खेलमा अपराजित रहँदै दोस्रो स्थानमा रहेको आर्मीको यस संस्करणको पहिलो हार हो । हार पछि पनि पनि आर्मी ६ खेलमा १० अंकका साथ दोस्रो स्थानमा छ ।
विजयी मधेशले पाँचौ खेलमा दोस्रो जित हात पारेको छ ।
March 20, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग(आइपिएल) २०२५ मा बलरले बलमा थुक लगाउन पाउने भएका छन् । मुम्बईस्थित भारतीय क्रिकेट बोर्ड (बिसिसिआई) को मुख्यालयमा बिहीवार भएको प्रतियोगिताका निर्णयकर्ता सँगको बैठकमा अधिकांश फ्रेन्चाइज कप्तानले परिवर्तनको माग गरेपछि आइपिएलले यस्तो निर्णय गरेको हो । सबै कप्तानहरू यो विषयमा सहमत भएका छन् । आइसिसीले अपनाएको थुक प्रतिबन्ध, जुन क्रिकेटका सबै […]
March 20, 2025
काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली प्रदेशले प्रधानमन्त्री(पिएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनीविरुद्ध रोमाञ्चक जित हासिल गरेको छ । बिहीवार भएको खेलमा अर्जुन घर्ती र दीपेन्द्र रावतको अर्धशतकको सहयोगमा कर्णालीले दिएको २ सय ६ रनको लक्ष्य पछ्याएको लुम्बिनी प्रदेश ४९.४ ओभरमा २ सय रनमा समेटियो । लुम्बिनीका लागि प्रज्वल थापाले सर्वाधिक ८४ रन जोडे । उनले […]
March 20, 2025
काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता नेपाल पुलिस क्लबले प्रधानमन्त्री (पिएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार सातौं जित हासिल गरेको छ । पुलिसले बिहीवार भएको खेलमा बागमती प्रदेशलाई ९३ रन हरायो । २ सय ९८ रनको लक्ष्य पछ्याएको बागमती ४५.२ ओभरमा २ सय ४ रनमा समेटियो । बागमतीका लागि इशान पाण्डेले ९८ बलमा ६ चौकासहित […]