2 days ago
March 19, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग(आइपिएल) को आफ्नो पहिलो खेलमा नियमित कप्तान हार्दिक पाण्ड्याको अनुपस्थितीमा मुम्बई इन्डियन्सको कप्तानी सुर्यकुमार यादवले गर्ने भएका छन् ।
मुम्बईका मुख्य प्रशिक्षक महेला जयवर्धनेले बुधबार मुम्बईमा आयोजित पत्रकार सम्मेलनमा सुर्यकुमारले पहिलो खेलमा कप्तानी गर्ने बताएका हुन् । नियमित कप्तान हार्दिक पाण्ड्यालाई सन् २०२४ को आइपिएलको अन्तिम खेलमा स्लो ओभर रेटका कारण १ खेलको प्रतिबन्ध लागेको थियो ।
‘यो मेरो नियन्त्रण भन्दा बाहिर छ। गत वर्ष जे भयो त्यो खेलको एक हिस्सा हो । हामीले अन्तिम ओभर डेढ–दुई मिनेट ढिला बलिङ गयौं,’ हार्दिकले भने ‘त्यतिबेला मलाई यसको परिणाम थाहा थिएन । यो दुर्भाग्यपूर्ण छ, तर म प्रक्रिया अनुसार नै जानुपर्छ ।’
टी–२० आईमा सुर्यकुमार भारतको समेत कप्तान हुन् । मुम्बईको पहिलो खेल २३ मार्चमा चेन्नई सुपर किंग्ससँग चेन्नईमा हुनेछ । मुम्बई यस खेलमा हार्दिक र जसप्रित बुमराहबिना नै मैदान उत्रनेछ ।
बुमराह ढाडको चोटका कारण पहिलो खेल गुमाउने पक्का भइसकेको छ । चोटका कारण नै बुमराह जनवरीदेखि मैदानबाहिर रहेका छन् । बुमराहले अझ केही खेल गुमाउने अनुमान गरिएको छ ।
सन् २०२४ को आइपिएलको अन्तिम लिग खेलमा लखनउ सुपर जायन्ट्सविरुद्ध मुम्बईको स्लो ओभर रेटका कारण हार्दिकलाई प्रतिबन्ध लागेको थियो । यो सिजनको तेस्रो पटक यो कारण दोहोरिएकाले हार्दिकलाई लगत्तैको आइपिएलको अर्को खेलका लागि प्रतिबन्ध र ३० लाख भारु जरिवाना गरिएको थियो ।
उनी मार्च २९ मा अहमदाबादमा गुजरात टाइटन्सविरुद्ध मुम्बईको दोस्रो खेलका लागि उपलब्ध हुनेछन् । मुम्बईले पहिलो घरेलु खेल मार्च ३१ मा कोलकाता नाइट राइडर्ससँग खेल्नेछ । सन् २०२४ को आइपिएलमा मुम्बईले १४ मध्ये ४ खेलमा मात्र जित हात पारेको थियो ।
March 20, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग(आइपिएल) २०२५ मा बलरले बलमा थुक लगाउन पाउने भएका छन् । मुम्बईस्थित भारतीय क्रिकेट बोर्ड (बिसिसिआई) को मुख्यालयमा बिहीवार भएको प्रतियोगिताका निर्णयकर्ता सँगको बैठकमा अधिकांश फ्रेन्चाइज कप्तानले परिवर्तनको माग गरेपछि आइपिएलले यस्तो निर्णय गरेको हो । सबै कप्तानहरू यो विषयमा सहमत भएका छन् । आइसिसीले अपनाएको थुक प्रतिबन्ध, जुन क्रिकेटका सबै […]
March 20, 2025
काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली प्रदेशले प्रधानमन्त्री(पिएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनीविरुद्ध रोमाञ्चक जित हासिल गरेको छ । बिहीवार भएको खेलमा अर्जुन घर्ती र दीपेन्द्र रावतको अर्धशतकको सहयोगमा कर्णालीले दिएको २ सय ६ रनको लक्ष्य पछ्याएको लुम्बिनी प्रदेश ४९.४ ओभरमा २ सय रनमा समेटियो । लुम्बिनीका लागि प्रज्वल थापाले सर्वाधिक ८४ रन जोडे । उनले […]
March 20, 2025
काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता नेपाल पुलिस क्लबले प्रधानमन्त्री (पिएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार सातौं जित हासिल गरेको छ । पुलिसले बिहीवार भएको खेलमा बागमती प्रदेशलाई ९३ रन हरायो । २ सय ९८ रनको लक्ष्य पछ्याएको बागमती ४५.२ ओभरमा २ सय ४ रनमा समेटियो । बागमतीका लागि इशान पाण्डेले ९८ बलमा ६ चौकासहित […]