2 days ago
March 19, 2025
काठमाडौं(हाम्रो खेलकुद) – सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशविरुद्ध जित हासिल गरेको छ ।
बुधवार भएको खेलमा सुदूरपश्चिमले ५ विकेटको जित हासिल गर्यो । लुम्बिनीले दिएको १ सय १७ रनको लक्ष्य सुदूरपश्चिमले ३१.१ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो ।
सुदूरपश्चिमको जितमा किरण कुमार ठगुन्नाले नट आउट रहँदै सर्वाधिक ४३ रन जोडे । उनले ४३ बलमा ४ चौका र २ छक्का प्रहार गरे । छैठौं विकेटका लागि किरण र कप्तान नारायण जोशीले ५६ रनको नट आउट विजयी साझेदारी गरे ।
कप्तान नारायण २७ बलमा ३ चौकाको सहयोगमा २५ रनमा नट आउट रहे । प्रकाश पाण्डे ४६ बलमा ३ चौकाको सहयोगमा २२ रन जोड्दै आउट भए । खडक बोहोरा ११ रनमा आउट भए ।
लुम्बिनीका लागि रमेश कुर्मीले २ तथा विप्रसन केसी, अजय चौहान र निर्मल गुरुङले समान १ विकेट लिए ।
त्यसअघि एक्स्ट्रा टेक क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनी ४४.१ ओभरमा १ सय १६ रनमा समेटिएको हो।
लुम्बिनीका लागि कप्तान देव खनालले सर्वाधिक ४१ रन जोडेका थिए । उनले ७१ बलको सामना गर्दै ४ चौका प्रहार गरे ।
प्रज्वल थापाले ५७ बलमा ३ चौकाको सहयोगमा ३० रन जोडेका थिए । लुम्बिनीका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । ८१ रनमा ३ विकेट गुमाएको लुम्बिनीले ३५रन जोड्दा बाँकी ७ विकेट गुमाएको थियो ।
लुम्बिनीलाई सस्तैमा समेट्न सुदूरपश्चिमका हेमन्त धामीले ४ तथा सौय श्रेष्ठ, शेर मल्ल र मिलन बोहोराले समान २ विकेट लिए ।
जितसँगै सुदूरपश्चिमको प्रतियोगितामा ६ खेलबाट ४ अंक भएको छ । पराजित लुम्बिनी ६ खेलमा ८ अंकका साथ तेस्रो स्थानमा यथावत छ ।
March 20, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग(आइपिएल) २०२५ मा बलरले बलमा थुक लगाउन पाउने भएका छन् । मुम्बईस्थित भारतीय क्रिकेट बोर्ड (बिसिसिआई) को मुख्यालयमा बिहीवार भएको प्रतियोगिताका निर्णयकर्ता सँगको बैठकमा अधिकांश फ्रेन्चाइज कप्तानले परिवर्तनको माग गरेपछि आइपिएलले यस्तो निर्णय गरेको हो । सबै कप्तानहरू यो विषयमा सहमत भएका छन् । आइसिसीले अपनाएको थुक प्रतिबन्ध, जुन क्रिकेटका सबै […]
March 20, 2025
काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली प्रदेशले प्रधानमन्त्री(पिएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनीविरुद्ध रोमाञ्चक जित हासिल गरेको छ । बिहीवार भएको खेलमा अर्जुन घर्ती र दीपेन्द्र रावतको अर्धशतकको सहयोगमा कर्णालीले दिएको २ सय ६ रनको लक्ष्य पछ्याएको लुम्बिनी प्रदेश ४९.४ ओभरमा २ सय रनमा समेटियो । लुम्बिनीका लागि प्रज्वल थापाले सर्वाधिक ८४ रन जोडे । उनले […]
March 20, 2025
काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता नेपाल पुलिस क्लबले प्रधानमन्त्री (पिएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार सातौं जित हासिल गरेको छ । पुलिसले बिहीवार भएको खेलमा बागमती प्रदेशलाई ९३ रन हरायो । २ सय ९८ रनको लक्ष्य पछ्याएको बागमती ४५.२ ओभरमा २ सय ४ रनमा समेटियो । बागमतीका लागि इशान पाण्डेले ९८ बलमा ६ चौकासहित […]