2 hours ago
March 19, 2025
काठमाडौं(हाम्रो खेलकुद) – भीम सार्कीको शतकबाट चुक्दा प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले मधेश प्रदेशलाई प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ ।
दाङमा जारी खेलमा आर्मीले मधेशलाई २ सय १८ रनको प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ । लमहीमा रहेको देउखुरी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको आर्मीले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २ सय १७ रनको प्रतिस्पर्धात्मक योगफल तयार गर्यो ।
आर्मीका लागि भीमले सर्वाधिक ८९ रन जोडे । शतक बनाउँन ११ रनले चुकेका भीमले १ सय २६ बलको सामना गर्दै ४ चौका प्रहार गरे । सन्तोष कार्की ५३ बलमा ३ चौकाको सहयोगमा ३३ रन जोड्दै आउट भए ।
विवेक यादव १६, तृत राज दास १४, कप्तान विनोद भण्डारी ११ तथा बसिर अहमद १० रनमा आउट भए । कुशल मल्ल २४ र नरेन साउद ८ रनमा नट आउट रहे ।
मधेशका लागि पवन सरार्फ, कमल गुप्ता र रुपेश सिंहले समान २ तथा रञ्जित कुमारले १ विकेट लिए । आर्मी खेले ५ खेलमा अपराजित रहँदै दोस्रो स्थानमा छ । मधेश ४ खेलमा १ खेल जित्दै सातौं स्थानमा छ ।
March 19, 2025
काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेश प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशविरुद्ध कम रनमै अल आउट भएको छ । भैरहवामा जारी खेलमा लुम्बिनी प्रदेश १ सय १६ रनमै अलआउट भएको हो । एक्स्ट्रा टेक क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनी ४४.१ ओभरमा १ सय १६ रनमा समेटिएको हो । लुम्बिनीका लागि […]
March 19, 2025
काठमाडौं(हाम्रो खेलकुद) – स्पिनर ललितनारायण राजवंशीको ५ विकेट तथा कप्तान दीपेन्द्रसिंह ऐरीको विष्फोटक अर्धशतकको सहयोगमा प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले लगातार छैठौं जित हात पारेको छ । साविक विजेता पुलिसले बुधवार गण्डकी प्रदेशलाई ७ विकेटले हरायो । ९३ रनको लक्ष्य पुलिसले १६ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । […]
March 18, 2025
काठमाडौं(हाम्रो खेलकुद) – इशान पाण्डेको अलराउण्ड प्रदर्शनमा बागमती प्रदेशले प्रधानमन्त्री(पिएम) कपमा पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा गण्डकीलाई पराजित गरेको छ । मंगलवार भएको खेलमा बागमतीले गण्डकी प्रदेशलाई ६९ रनले हरायाे । बागमतीले दिएको २ सय ८९ रनको लक्ष्य पछ्याएको गण्डकी ४४ ओभरमा २ सय १९ रनमा अल आउट भयो । गण्डकीका लागि वंश क्षेत्रीले सर्वाधिक […]