default_image

3 hours ago

March 18, 2025

कर्णालीले कोशीलाई हरायो

185 views

0 Bookmark

काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली प्रदेशले प्रधानमन्त्री(पिएम) कपमा पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशीविरुद्ध जित हात पारेको छ ।

मंगलवार भएको खेलमा कर्णालीले कोशीमाथि १ सय २७ रनको फराकिलो जित हासिल गरेको हो । कर्णालीले दिएको २ सय १९ रनको मध्यम लक्ष्य पछ्याएको कोशी ३५ ओभरमा ९१ रनमा समेटिएको थियो ।

कोशीका लागि ओपनर चिराग साहले सर्वाधिक २५ रन जोडे । उनले ५२ बलको सामना गर्दै ४ चौका प्रहार गरेका थिए । सकिब हक १३ र कप्तान अंकित सुवेदी १० रनमा आउट भए । कोशीका अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

कर्णालीका लागि सुनिल धमला र दीपेन्द्र रावतले समान ३, कप्तान दिवान पुनले २ तथा अनुज चुनाराले १ विकेट लिए ।

त्यसअघि एक्स्ट्रा टेक ओभलमा टस जितेर ब्याटिङ गरेको कर्णालीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय १८ रनको योगफल तयार गरेको थियो ।

कर्णालीका लागि अर्जुन घर्तीले नट आउट रहँदै सर्वाधिक ८८ रन जोडेका थिए । उनले ९५ बलको सामना गर्दै ११ चौका र २ छक्का प्रहार गरेका थिए । हिमाशुं शाहीले ७३ बलमा ४ चौका र २ छक्काको सहयोगमा ४६ रन जोडेका थिए । निश्चल रावल १२, प्रकास जैसी १८ तथा सुनिल धमला १३ रनमा आउट भएका थिए ।

कोशीका लागि विपिन महतोले ३, दिपेश कंडेल र प्रकाश कार्कीले समान २ तथा सुजन थपलिया र श्रवण किस्कुले समान १ विकेट लिए ।

जितसँगै कर्णाली ५ खेलमा दोस्रो जितका साथ अंक तालिकाको पाँचौं स्थानमा उक्लिएको छ । पराजित कोशी छैठौं खेलमा २ अंकका साथ तालिकाको पुछारमा छ ।

March 18, 2025

इशानको अलराउण्ड प्रदर्शनमा बागमतीको जित

काठमाडौं(हाम्रो खेलकुद) – इशान पाण्डेको अलराउण्ड प्रदर्शनमा बागमती प्रदेशले प्रधानमन्त्री(पिएम) कपमा पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा गण्डकीलाई पराजित गरेको छ । मंगलवार भएको खेलमा बागमतीले गण्डकी प्रदेशलाई ६९ रनले हरायाे । बागमतीले दिएको २ सय ८९ रनको लक्ष्य पछ्याएको गण्डकी ४४ ओभरमा २ सय १९ रनमा अल आउट भयो । गण्डकीका लागि वंश क्षेत्रीले सर्वाधिक […]

March 18, 2025

पाकिस्तानमाथि न्युजिल्याण्डको लगातार दोस्रो जित

एजेन्सी – घरेलु टोली न्युजिल्याण्डले पाकिस्तानमाथि लगातार दोस्रो टि ट्वान्टी आईमा पराजित भएको छ । मंगलवार भएको ५ खेलको टि ट्वान्टी आईको दोस्रो खेलमा न्युजिल्याण्डले ५ विकेटको जित हात पारेको छ । लगातार दोस्रो जितका साथ न्युजिल्याण्डले सिरिजमा २-० को जित हात पारेको पहिलो टि ट्वान्टी आईमा न्युजिल्याण्ड ९ विकेटले विजयी भएको थियो । बर्षाका […]

March 18, 2025

कोशीविरुद्ध कर्णालीको मध्यम लक्ष्य

काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली प्रदेशले प्रधानमन्त्री(पिएम) कपमा पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशीविरुद्ध मध्यम लक्ष्य बनाएको छ । कर्णालीले कोशीलाई जितका लागि २ सय १९ रनको मध्यम लक्ष्य दिएको हो । एक्स्ट्रा टेक ओभलमा टस जितेर ब्याटिङ गरेको कर्णालीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय १८ रनको योगफल तयार गर्यो । कर्णालीका लागि […]

Success

Thank you for your time.