3 hours ago
March 18, 2025
एजेन्सी – घरेलु टोली न्युजिल्याण्डले पाकिस्तानमाथि लगातार दोस्रो टि ट्वान्टी आईमा पराजित भएको छ ।
मंगलवार भएको ५ खेलको टि ट्वान्टी आईको दोस्रो खेलमा न्युजिल्याण्डले ५ विकेटको जित हात पारेको छ । लगातार दोस्रो जितका साथ न्युजिल्याण्डले सिरिजमा २-० को जित हात पारेको पहिलो टि ट्वान्टी आईमा न्युजिल्याण्ड ९ विकेटले विजयी भएको थियो ।
बर्षाका कारण खेल १५ ओभरमा छोट्याइएको थियो । पाकिस्तानले दिएको १ सय ३६ रनको लक्ष्य न्युजिल्याण्डले १३.१ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । न्युजिल्याण्डका लागि टिम साइफर्टले सर्वाधिक ४५ रन जोडे । उनले २२ बलको सामना गर्दै ३ चौका र ५ छक्का प्रहार गरे ।
फिना एलेनले १६ बलमा १ चौका र ५ छक्काको सहयोगमा ३८ रन जोडे । मिचेल हायले १६ बलमा १ चौका र १ छक्काको सहयोगमा २१ रन जोडे । ड्यारियल मिचेल १४ रनमा आउट भए ।
पाकिस्तानका लागि हरिस रउफले २ तथा जहादद खान, मोहमम्द अलि र खुसदिल शाहले समान १ विकेट लिए ।
त्यसअघि दुनेदिनस्थित युनिभर्सिटी ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको पाकिस्तानले निर्धारित १५ ओभरमा ९ विकेट गुमाएर १ सय ३५ रन जोडेको थियो ।
पाकिस्तानका लागि सलमान आगाले सर्वाधिक ४६ रन जोडे । उनले २८ बलको सामना गर्दै ४ चौका र ३ छक्का प्रहार गरे । सादाब खानले १४ बलमा २ चौका र २ छक्काको सहयोगमा २४ रन जोडे । शाहिन शाह अफ्रिदी १४ बलमा २ चौका र १ छक्काको साथ २२ रनमा नट आउट रहे ।
इफान खान, मोहम्मद हरिस र अब्दुल समाद समान ११ रनमा आउट भए । न्युजिल्याण्डका लागि ज्याकोब डफी, जिम्मी निशम, इश सोडी र बेन सेयर्सले समान २ विकेट लिए ।
दुई देशबीचको तेस्रो टि ट्वान्टी आई शुक्रवार रहेको छ ।
March 18, 2025
काठमाडौं(हाम्रो खेलकुद) – इशान पाण्डेको अलराउण्ड प्रदर्शनमा बागमती प्रदेशले प्रधानमन्त्री(पिएम) कपमा पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा गण्डकीलाई पराजित गरेको छ । मंगलवार भएको खेलमा बागमतीले गण्डकी प्रदेशलाई ६९ रनले हरायाे । बागमतीले दिएको २ सय ८९ रनको लक्ष्य पछ्याएको गण्डकी ४४ ओभरमा २ सय १९ रनमा अल आउट भयो । गण्डकीका लागि वंश क्षेत्रीले सर्वाधिक […]
March 18, 2025
काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली प्रदेशले प्रधानमन्त्री(पिएम) कपमा पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशीविरुद्ध जित हात पारेको छ । मंगलवार भएको खेलमा कर्णालीले कोशीमाथि १ सय २७ रनको फराकिलो जित हासिल गरेको हो । कर्णालीले दिएको २ सय १९ रनको मध्यम लक्ष्य पछ्याएको कोशी ३५ ओभरमा ९१ रनमा समेटिएको थियो । कोशीका लागि ओपनर चिराग साहले […]
March 18, 2025
काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली प्रदेशले प्रधानमन्त्री(पिएम) कपमा पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशीविरुद्ध मध्यम लक्ष्य बनाएको छ । कर्णालीले कोशीलाई जितका लागि २ सय १९ रनको मध्यम लक्ष्य दिएको हो । एक्स्ट्रा टेक ओभलमा टस जितेर ब्याटिङ गरेको कर्णालीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय १८ रनको योगफल तयार गर्यो । कर्णालीका लागि […]