6 hours ago
March 18, 2025
काठमाडौं(हाम्रो खेलकुद) – बागमती प्रदेशले प्रधानमन्त्री(पिएम) कपमा पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा गण्डकीविरुद्ध वलियो योगफल तयार गरेको छ ।
बागमतीले गण्डकी प्रदेशविरुद्ध २ सय ८८ रनको बलियो योगफल तयार गरेको हो । सिद्धार्थ क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको बागमतीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ८८ रनको योगफल तयार गर्यो ।
बागमतीका लागि ओपनर इशान पाण्डेले सर्वाधिक ६९ रन बनाए । उनले ८२ बलमा ६ चौका प्रहार गरे । दोस्रो विकेटका लागि शुभ कंसाकारसँग इशानले ९० रनको महत्वपुर्ण साझेदारी गरेका थिए । शुभ ५१ बलमा ९ चौकाको सहयोगमा ५२ रनमा आउट भए ।
विपिन आचार्य ४२ बलमा ७ चौका र २ छक्काको सहयोगमा ६३ रन जोड्दै नट आउट रहे । नवौं विकेटका लागि विपिनले रिजन ढकालसँग मिलेर नट आउट ७६ रनको महत्वपुर्ण साझेदारी गरे । रिजन २४ बलमा ३ चौकाको सहयोगमा २३ रनमा नट आउट रहे ।
विवेक राना मगर ३७ बलमा ४ चौका र २ छक्काको सहयोगमा ३४ रन बनाउँदै आउट भए । कप्तान पृथु बास्कोटा १६ तथा ओपनर आशुतोष घिरैया १४ रनमा आउट भए ।
गण्डकीका लागि अर्जुन कुमालले ४ तथा विपिन खत्री र सुवास भण्डारीले समान २ विकेट लिए । गण्डकी र बागमती समान ४ खेलमा १ जित र ३ हारमा रहेको छ । दुवै टोली यस खेलमा दोस्रो जितको खोजीमा रहेका छन् ।
March 18, 2025
काठमाडौं(हाम्रो खेलकुद) – इशान पाण्डेको अलराउण्ड प्रदर्शनमा बागमती प्रदेशले प्रधानमन्त्री(पिएम) कपमा पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा गण्डकीलाई पराजित गरेको छ । मंगलवार भएको खेलमा बागमतीले गण्डकी प्रदेशलाई ६९ रनले हरायाे । बागमतीले दिएको २ सय ८९ रनको लक्ष्य पछ्याएको गण्डकी ४४ ओभरमा २ सय १९ रनमा अल आउट भयो । गण्डकीका लागि वंश क्षेत्रीले सर्वाधिक […]
March 18, 2025
काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली प्रदेशले प्रधानमन्त्री(पिएम) कपमा पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशीविरुद्ध जित हात पारेको छ । मंगलवार भएको खेलमा कर्णालीले कोशीमाथि १ सय २७ रनको फराकिलो जित हासिल गरेको हो । कर्णालीले दिएको २ सय १९ रनको मध्यम लक्ष्य पछ्याएको कोशी ३५ ओभरमा ९१ रनमा समेटिएको थियो । कोशीका लागि ओपनर चिराग साहले […]
March 18, 2025
एजेन्सी – घरेलु टोली न्युजिल्याण्डले पाकिस्तानमाथि लगातार दोस्रो टि ट्वान्टी आईमा पराजित भएको छ । मंगलवार भएको ५ खेलको टि ट्वान्टी आईको दोस्रो खेलमा न्युजिल्याण्डले ५ विकेटको जित हात पारेको छ । लगातार दोस्रो जितका साथ न्युजिल्याण्डले सिरिजमा २-० को जित हात पारेको पहिलो टि ट्वान्टी आईमा न्युजिल्याण्ड ९ विकेटले विजयी भएको थियो । बर्षाका […]