19 hours ago
March 17, 2025
हिमाल खरेल,मेचीनगर
पेनोरिस ११ ले इन्डो–नेपाल टि ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ ।
आज भएको फाइनलमा थन्डर्स ११ लाई ७ विकेटले पराजित गर्दै पेनोरिस ११ च्याम्पियन बनेको हो ।
मेचीनगर ४ बाहुनडाँगीस्थित सरस्वती माविको खेल मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको थन्डर्सले २० ओभरमा ९ विकेटको क्षतिमा ९१ रन मात्र बनाउन सक्यो ।
थन्डर्सका लागि रोहित राजवंशीले ३५ बलमा १९ , आयुष न्यौपानेले १४ र आशिक राना मगरले १३ रन बनाए । अन्य ब्याटरले दोहोरो अंक जोड्न सकेनन् । थन्डर्सका दुईजना ब्याटर शून्यमा आउट भए ।
बलिङतर्फ पेनोरिसका राकेश रोय, सुनिल घोष, बोनोमली रोय र आचरल प्रधानले समान २ र सन्दिप प्रसादले १ विकेट लिए ।
९२ रनको सामान्य लक्ष्य पाएको पेनोरिस ११ ले ९.५ ओभरमा ३ विकेटको क्षतिमा जित निकालेको थियो । पेनोरिसका ओपनरद्वय शुभांकर देवनाथले अर्धशतकीय इनिङ खेलेका थिए ।
शुभांकर २४ बलमा ५२ रन जोडे । कञ्चन उप्रेतीले १५ रन बनाए । थन्डर्सका शिव राजवंशीले २ र विराट डाँगीले १ विकेट लिए ।
विजेता पेनोरिस–११ ले ५० हजारसहित ट्रफी र दोस्रो टोलीले थन्डर्स–११ ले ३० हजार रुपैयाँ प्राप्त गर्यो ।
पेनोरिसका शुभांकर देवनाथ फाइनल अफ दि म्याच घोषित भए । उनले १ हजार रुपैयाँ र मायाको चिनो प्राप्त गरे ।
प्रतियोगितामा ७ विकेट तथा ७८ रन बनाएका थन्डर्सका रोहित राजवंशी प्लेयर अफ द सिरिज घोषित भए । उनले ५ हजार रुपैयाँसहित ट्रफी हात पारे ।
समापन कार्यक्रममा पूर्वीगर्जन डटकमका सम्पादक प्रविण अधिकारीलाई सम्मान गरिएको छ ।
साना किसान कृषि सहकारी संस्था बाहुनडाँगीको प्रायोजन रहेको प्रतियोगिता सम्पन्न गर्न विद्या विकास एकाडेमी बाहुनडाँगी जेसिजलगायतको सहयोग रहेको थियो ।
March 18, 2025
एजेन्सी – घरेलु टोली न्युजिल्याण्डले पाकिस्तानमाथि लगातार दोस्रो टि ट्वान्टी आईमा पराजित भएको छ । मंगलवार भएको ५ खेलको टि ट्वान्टी आईको दोस्रो खेलमा न्युजिल्याण्डले ५ विकेटको जित हात पारेको छ । लगातार दोस्रो जितका साथ न्युजिल्याण्डले सिरिजमा २-० को जित हात पारेको पहिलो टि ट्वान्टी आईमा न्युजिल्याण्ड ९ विकेटले विजयी भएको थियो । बर्षाका […]
March 18, 2025
काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली प्रदेशले प्रधानमन्त्री(पिएम) कपमा पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशीविरुद्ध मध्यम लक्ष्य बनाएको छ । कर्णालीले कोशीलाई जितका लागि २ सय १९ रनको मध्यम लक्ष्य दिएको हो । एक्स्ट्रा टेक ओभलमा टस जितेर ब्याटिङ गरेको कर्णालीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय १८ रनको योगफल तयार गर्यो । कर्णालीका लागि […]
March 18, 2025
काठमाडौं(हाम्रो खेलकुद) – बागमती प्रदेशले प्रधानमन्त्री(पिएम) कपमा पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा गण्डकीविरुद्ध वलियो योगफल तयार गरेको छ । बागमतीले गण्डकी प्रदेशविरुद्ध २ सय ८८ रनको बलियो योगफल तयार गरेको हो । सिद्धार्थ क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको बागमतीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ८८ रनको योगफल तयार गर्यो । […]