default_image

4 hours ago

March 17, 2025

ललितको ६ विकेटमा पुलिसको लगातार पाँचौ जित

524 views

0 Bookmark

काठमाडौं(हाम्रो खेलकुद) – ललितनारायण राजवंशीको ६ विकेटमा साविक विजेता नेपाल पुलिस क्लब प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा लगातार पाँचौ जित हात पारेको छ ।

पुलिसले सोमवार सुदूरपश्चिम प्रदेशलाई ६१ रनले पराजित गरेको हो । १ सय ६१ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम २८.३ ओभरमा ९९ रनमा समेटियो ।

सुदूरपश्चिमका लागि शेर मल्लले ३७ बलमा ६ चौकासहित सर्वाधिक ३२ रन जोडे । मिलन बोहोरा ४३ बलमा २ चौकाको सहयोगमा २३ रन बनाए । टेक रावत १२ रनमा आउट हुँदा अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

पुलिसका लागि ललितले ७ ओभरमा १६ रन खर्चिएर ६ विकेट लिए । प्रतियोगितामा ललितको लगातार तेस्रो पटक ५ वा त्यो‌ भन्दा बढी विकेट लिएका हुन्।

यसअघि ललितले एपिएफविरुद्ध ६ तथा मधेशविरुद्ध ५ विकेट लिएका थिए । सागर ढकालले २ तथा करण केसीले १ विकेट लिए ।

त्यसअघि सिद्धार्थनगर क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको पुलिस ४७ ओभरमा १ सय ६० रनको योगफलमा समेटिएको थियो ।

पुलिसका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले ४२ बलमा ५ चौकाका साथ सर्वाधिक ४२ रन बनाए। आरिफ शेखले ६४ बलमा ५ चौका र १ छक्काको सहयोगमा ४० रन जोडे ।

सागर ढकालले ३२ बलमा २ चौकाको सहयोगमा २२ रन जोडे । दीलिप नाथ १९ र अमित श्रेष्ठ १८ रनमा आउट भए ।

सुदूरपश्चिमका लागि सौर्य श्रेष्ठले ४, भोजराज भट्टले ३, शेर मल्लले २ र हेमन्त धामीले १ विकेट लिए ।

जितसँगै पुलिस खेलेको ५ खेलमा अपराजित रहँदै अंक तालिकाको शीर्ष स्थानमा यथावत छ। सुदूरपश्चिम खेलेको ५ मध्ये ४ खेलमा पराजित हुँदै पुछारमा छ ।

सिङ्गल राउण्ड रोबिन लिगका आधारमा जारी प्रतियोगिताको शीर्ष २ टोलीबीच फाइनल हुनेछ ।

March 17, 2025

एपिएफमाथि आर्मीको जित

काठमाडौं(हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा एपिएफ क्लबलाई हराउँदै लगातार पाँचौ जित निकालेको छ । विभागीय डर्बीमा सोमवार आर्मीले एपिएफलाई ३ विकेटले पराजित गर्यो । १ सय ४२ रनको लक्ष्य आर्मीले ४२.५ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो । आर्मीको जितमा कुशल मल्लले नट आउट रहँदै सर्वाधिक ३१ […]

March 17, 2025

पिएम कप – मधेशमाथि लुम्बिनीको जित

काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा मधेश प्रदेशविरुद्ध जित निकालेको छ । सोमवार दाङमा भएको खेलमा लुम्बिनीले मधेशमाथि ८३ रनको जित हात पारेको हो । लुम्बिनीले दिएको १ सय ५९ रनको मध्यम लक्ष्य पछ्याएको मधेश २६.५ ओभरमा ७५ रनमा समेटियो । मधेशका लागि दीपेश दासले सर्वाधिक २३ रन जोडे । […]

March 17, 2025

मधेशविरुद्ध लुम्बिनीको मध्यम योगफल

काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा मधेश प्रदेशविरुद्ध मध्यम योगफल तयार गरेको छ । दाङमा जारी खेलमा लुम्बिनीले १ सय ५९ रनको मध्यम लक्ष्य तयार गरेको हो । लमही क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनी प्रदेश ४६ ओभरमा १ सय ५८ रनको मध्यम योगफलमा समेटिएको हो । लुम्बिनीका […]

Success

Thank you for your time.