3 hours ago
March 17, 2025
काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा मधेश प्रदेशविरुद्ध जित निकालेको छ ।
सोमवार दाङमा भएको खेलमा लुम्बिनीले मधेशमाथि ८३ रनको जित हात पारेको हो । लुम्बिनीले दिएको १ सय ५९ रनको मध्यम लक्ष्य पछ्याएको मधेश २६.५ ओभरमा ७५ रनमा समेटियो ।
मधेशका लागि दीपेश दासले सर्वाधिक २३ रन जोडे । उनले ५९ बलको सामनामा १ चौका प्रहार गरे । हरिशंकर साह ३३ बलमा १४ रनमा आउट भए । मधेशका अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
लुम्बिनीका लागि रमेश कुर्मीले ४, विप्रेशन केसीले ३ तथा देव खनाल र अजय चौहानले समान १ विकेट लिए ।
त्यसअघि लमहीस्थित देउखुरी क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनी प्रदेश ४६ ओभरमा १ सय ५८ रनको मध्यम योगफलमा समेटिएको थियो ।
लुम्बिनीका लागि आकाश त्रिपाटीले सर्वाधिक ७३ रन जोडेका थिए । उनले १ सय २३ बलको सामना गर्दै ६ चौका र १ छक्का प्रहार गरेका थिए । कृष्ण कार्कीले ५३ बलमा १ चौका र ३ छक्काको सहयोगमा ३३ रन जोडेका थिए ।
कप्तान देव खनाल १६ रनमा आउट हुँदा अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउँन सकेनन् ।
मधेशका लागि कमल गुप्ता र विशाल पटेलले समान ३ तथा हरिशंकर साह, प्रदिप पासवान र रञ्जित कुमारले समान १ विकेट लिए ।
यो जितसँगै लुम्बिनीले ५ मध्ये ४ खेल जितेर ८ अंक जोडेको छ । पराजित मधेश को ४ मध्ये ३ खेल हारेर २ अंक रहेको छ ।
March 17, 2025
काठमाडौं(हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा एपिएफ क्लबलाई हराउँदै लगातार पाँचौ जित निकालेको छ । विभागीय डर्बीमा सोमवार आर्मीले एपिएफलाई ३ विकेटले पराजित गर्यो । १ सय ४२ रनको लक्ष्य आर्मीले ४२.५ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो । आर्मीको जितमा कुशल मल्लले नट आउट रहँदै सर्वाधिक ३१ […]
March 17, 2025
काठमाडौं(हाम्रो खेलकुद) – ललितनारायण राजवंशीको ६ विकेटमा साविक विजेता नेपाल पुलिस क्लब प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा लगातार पाँचौ जित हात पारेको छ । पुलिसले सोमवार सुदूरपश्चिम प्रदेशलाई ६१ रनले पराजित गरेको हो । १ सय ६१ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम २८.३ ओभरमा ९९ रनमा समेटियो । सुदूरपश्चिमका लागि शेर मल्लले ३७ बलमा […]
March 17, 2025
काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा मधेश प्रदेशविरुद्ध मध्यम योगफल तयार गरेको छ । दाङमा जारी खेलमा लुम्बिनीले १ सय ५९ रनको मध्यम लक्ष्य तयार गरेको हो । लमही क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनी प्रदेश ४६ ओभरमा १ सय ५८ रनको मध्यम योगफलमा समेटिएको हो । लुम्बिनीका […]